११ वर्षमा भेरी बबईको निर्माण ५९ प्रतिशत मात्रै
२३ माघ २०७९
•
४ मिनेट पाठ
११ वर्षमा भेरी बबईको निर्माण ५९ प्रतिशत मात्रै
सरकारले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सेवा उपलब्ध गराउने भन्दै अघि सारेको भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजना अघि सारेको ११ वर्ष बितिसक्यो। सरकारी लक्ष्य अनुसार यो योजना चालु आर्थिक वर्ष २०७९/८० भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो। चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा पनि यो आयोजनाको समष्टिगत भौतिक प्रगति भने ५९.१० प्रतिशत मात्रै सकिएको छ।




सरकारले बहुवर्षे योजना अन्तर्गत राखे पनि यो आयोजना तोकिएको समयभित्र निर्माण सम्पन्न नहुँदा कृषक तोकिएको समयसीमाभित्र प्रतिफल प्राप्त गर्नबाट बञ्चित भएका छन्। अर्काेतर्फ कृषिजन्य उत्पादन पनि बढाउन सकिएको छैन।  

सरकारले ०६८/६९ मा भेरी बबई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गर्दै १० वर्षभित्रै अर्थात् ०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य राखेको थियो। सो सिँचाइ आयोजनाबाट बाह्रै महिना सिँचाइ सेवा उपलब्ध गराउन भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा खसालिने योजनासहित सुरु गरेको थियोे।  

अहिलेसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ५९.१० प्रतिशत मात्रै रहेको छ। यसबाट ४६.८ मेगावाट बिजुली पनि उत्पादन गर्ने लक्ष्य छ। सरकारले यो आयोजनाको लागि ३३ अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान गरेको छ। हालसम्म यो आयोजनामा १४ अर्ब ३३ करोड रूपैयाँ खर्च भइसकेको छ। आयोजनाले सार्वजनिक गरेको दोस्रो त्रैमासिक प्रतिवेदन अनुुसार चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य ५९.१० प्रतिशत सकिएको छ।

चालु आवको पुस मसान्तसम्मको अवधिमा वित्तीय प्रगति १४ अर्ब ३३ करोड अर्थात् ४३.१७ प्रतिशत खर्च भएको छ। राष्ट्रिय योजना आयोगको प्रतिवदनले समयमै श्रोत व्यवस्थापन नहुँदा निर्माण व्यवसायीको योजना र कार्यक्रम तालिकाबीच सामञ्जस्यता नभएको औंल्याएको छ। ‘यस किसिमका आयोजनामा ठूला यन्त्र, उपकरणको प्रयोग गर्नुपर्ने हुँदा सोको व्यवस्थापन तथा पैठारीमा समय लागेको छ,’ सो प्रतिवेदनमा भनिएको छ, ‘सार्वजनिक निर्माणमा खरिद ऐन, नियमावली तथा अन्य प्रशासनिक जटिलता र दक्ष प्राविधिक जनशक्तिको अभाव देखिएको छ।’ आयोगको प्रतिवेदनमा जग्गा प्राप्तिमा स्थानीय समस्या तथा प्रक्रियागत जटिलता रहेको साथै ऐलानी जग्गाको सन्दर्भमा स्पष्ट नीति तथा कार्यविधिको अभाव भएको कारणले पनि जटिलता थपिँदै आइरहेको जनाएको छ। भेरी कोरिडोर सिँचाइ विकास आयोजनातर्फ भने ५३ प्रतिशत भौतिक प्रगति भएको छ। भेरी कोरिडोरतर्फको हालसम्मको समष्टिगत खर्च भने एक अर्ब २७ करोड अर्थात् ३५.३० प्रतिशत भएको छ। सरकारले भेरीबबई सिँचाइ आयोजनाको लागि चालु आर्थिक वर्षमा एक अर्ब ९४ करोड ९१ लाख बजेट विनियोजन गरिएको छ। आयोजनाले चालु आवको ६ महिनाको अवधिमा भने २७ करोड १९ लाख अर्थात् १३.९५ प्रतिशत मात्रै विनियोजित बजेटको खर्च गरेको छ। आयोजनाले चालु आवको ६ महिनाको अवधिमा भने १९.५४ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ। भेरी कोरिडोर सिँचाइ विकास आयोजनातर्फ भने चालु आवमा ३० करोड ३ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। सो अवधिमा कोरिडोरतर्फ भने ४ करोड ७१ लाख रूपैयाँ अर्थात् १५.७ प्रतिशत मात्रै बजेट खर्च भएको छ।  

चालु आवको ६ महिनाको अवधिमा कोरिडोरतर्फको भौतिक प्रगतितर्फ २६.३८ प्रतिशत भएको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स, पावरहाउस तथा सर्ज साफ्ट निर्माणको काम ४२ प्रतिशत मात्रै भएको छ। ठेक्का सम्झौता अनुसार यो संरचना निर्माणको काम २०८० साल साउन २९ गतेभित्र निर्माण सम्पन्न भइसक्नु पर्नेथियो। कोभिड १९ र ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालको कारणले यो संरचनाको भौतिक प्रगति निकै नाजुक हुन पुगेको देखिन्छ। हेडवक्र्सतर्फको संरचना निर्माणमा हालसम्म दुई अर्ब ४५ करोड रूपैयाँ खर्च भएको छ। सो संरचना निर्माणको ठेक्का भने ग्वाङडोङ युवाङटेयरिङ–रमण जेभीले निर्माणमा आलटाल गर्दै आइरहेको छ । ग्वाङडोङ युवाङटेयरिङ–रमण जेभीले ठेक्का सम्झौता अनुसार यो आयोजनाको निर्माण आगामी २०८० साउन २९ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ।  

ठेकेदार कम्पनीले तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्ने सम्भावना देखिदैँन। ठेकेदार कम्पनीले भने भ्याटबाहेक ६ अर्ब १६ करोड ५२ लाख ५५ हजारमा ठेक्का पाएको थियो। भेरीबबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले हेडवक्र्स, पावरहाउस तथा सर्ज साफ्टको निर्माणको काम ४२ प्रतिशत मात्रै भएको बताए। ‘निर्माण कम्पनीले अपेक्षित गतिमा काम गर्न सकिरहेको छैन,’ उनले भने ‘ठेक्का सम्झौता अनुसार काम हुन सकेको छैन।’ सिनियर डिभिजनल इन्जिनियर सुवेदीले आयोजनाको समष्टिगत भौतिक प्रगति ५९.१० प्रतिशत मात्रै भएको बताए। यो आयोजनाको कार्यालय ०६८÷६९ देखि नै स्थापना भएको हो तर आयोजना निर्माणको काम भने ०७१/७२ सालदेखि मात्रै भएको हो,’। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस