म्याग्दीको मुहार फेर्ने ठूला १९ योजना अलपत्र परेका छन्। संघीय र प्रदेश सरकारको गौरवका योजना सहित १९ योजनाको म्याद सकिए पनि निर्माण कम्पनीले आवश्यक जनशक्ति र निर्माण उपकरण परिचालन गर्न नसक्दा लामो समयदेखि थलिएका छन्।
भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक, बेनी–बागलुङ सडक, पश्चिम म्याग्दी हुदै रुकुम जोड्ने मध्यपहाडी राजमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना सडक, ५० शय्याको बेनी अस्पताल लगायत सडक, शिक्षा, पक्की पुल, खानेपानी, जलविद्युत सहितका ठूला योजना अलपत्र अवस्थामा छन्। अन्तरजिल्ला, जिल्लाभित्रको पालिकास्तरमा निर्माणधीन योजनालाई समयमै सम्पन्न गर्ने लिखित र मौखिक प्रतिबद्धता जनाएका ठेकेदार नै अहिले सम्पर्कमा नभएपछि योजना लथालिङ भएको छ।
निर्माण व्यवसायीलाई राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनको अघोषित संरक्षणमा रहेका ठेकेदारले तत्काल काममा फर्किने संकेत समेत दिएका छैनन्। म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका ८ वटा रहेको गण्डकी प्रदेश सरकारका माननीय उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले बताए। ‘अलपत्र परेका योजनाहरु मात्रै सम्पन्न भएपनि जिल्लाको मुहार फरक देखिन्छ,‘अब कस्सिएर रोकिएका योजनालाई गति दिनुपर्ने अवस्था छ’ मन्त्री जुग्जालीले भने।
शनिबार पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले अलपत्र विकास निर्माणका योजनालाई राजनीतिक दल, प्रदेश र संघीय प्रतिनिधि सहितको टोलीले दबाबमूलक कार्यक्रम आवश्यक रहेको बताए। अलपत्र परेका योजनामा ८ वटा सडक नै छन्। जिल्लाका मुख्य सडक नै अलपत्र अवस्थामा र अन्य योजनाहरु समेत विभिन्न बाहनामा रोखिएको विषयमा प्रदेशसभा सदस्य हरि भण्डारीले समेत शुक्रबार प्रदेशसभामा ध्यानर्कषण गराएका थिए। त्यस्तै प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले संघीय मन्त्रालय अन्तरगतका अधुरा र अलपत्र योजना एकबर्षभित्र पूर्णता दिन तत्कालै पहल आवश्यक रहेको बताए।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...