आन्तरिक पर्यटकको चहपहल बढ्दै गरेको गोरखाको भच्चेकमा अर्को नयाँ गन्तव्य थपिएको छ। अजिरकोटको नम्की होमस्टे, सिरानडाँडामा पर्ने हिउँले आन्तरिक पर्यटकको चाप बढेको त्यहाँ अब अजिरकोट मन्दिर नयाँ गन्तव्य हुने भएको छ। सिरानडाँडा सम्म सडक कालोपत्रे भएयता आन्तरिक पर्यटकको चाप बढेको हो।
वडा नम्बर ३ भच्चेकमा अजिरकोट मन्दिर निर्माण भएको छ। गाउँपालिकाको दुई करोड ८६ लाखको लागतमा मन्दिर निर्माण भएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए।
‘मन्दिर त बन्यो, अझै त्यहाँ केही पूर्वाधार बनाउन र मन्दिर संरक्षणका लागि ३० लाख बजेट आवश्यक पर्छ’, अध्यक्ष देवकोटाले भने। रामसागर सचेत जेभीले २०७७ फागुन २६ गते सम्झौता गरेर निर्माण थालेको थियो। २०७९ साउनमा सक्नुपर्ने काम पूरा हुन सकेन। अहिले म्याद थप भएर काम भइरहेको र छिट्टै पूरा हुने उनले बताए।
अजिरकोट मन्दिर त्यस क्षेत्रका सर्वसाधारणको आस्थाको धरोहर भएकाले संरक्षण गर्न धेरै बजेट खर्च गरिएको अध्यक्ष देवकोटाले बताए। ‘यहाँ अजिरकोट गढी छ, यहाँको पुरानो ऐतिहासिक सम्पदाको संरक्षण गर्ने स्थानीय सरकारको दायित्व पनि हो’, अध्यक्ष देवकोटाले भन,े ‘पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नका लागि पनि हामीले मन्दिर संरक्षण गरेका हौँ, नयाँ निर्माण गरेका हौँ।’
मन्दिर सँगै चौतारो, मन्दिर वरपर पाटी, बस्ने ठाउँ, पुजाआज गर्दा बत्ती बाल्ने पाला राखेर चिटिक्क बनाइएको छ। दुईवटा मन्दिर छ। एउटा कालिका र अर्को गोरखनाथ। गोरखा सदरमुकाममा रहेको गोरखकाली मन्दिर र गोरखान मन्दिरसँग त्यहाँको मन्दिरको संम्बन्ध रहेको बताईन्छ।
अजिरकोट डाँडामा मन्दिर रहेकाले त्यहाँबाट समथर फाँट, हिमालहरु राम्रोसँग देख्न सकिन्छ। मन्दिर सम्म जाने ढुङ्गा बिछ्याइएको बाटो, छेउमा राखिएको रेलिङ, ठाउँठाउँमा काठको फड्के र चौतारो निकै मनमोहक छ। भच्चेक जाने कालोपत्रे सडकबाट हिँड्दै जाँदा करिब २० मिनेटमा पुग्न सकिने अजिरकोट मन्दिर छेउसम्म गाडी जाने कच्ची सडक पनि छ। त्यहाँ पुगेपछि देखिने दृश्यले जो कोहीको थकान छिनमै मेटाउँछ।
मन्दिर नजिकै रहेको ठूलो चउर, छेउछाउमा रहेका खुल्ला ठाउँ निकै लोभलाग्दो छ। गुराँस फुल्ने सिजनमा त्यहाँ जाने आन्तरिक पर्यटक धेरै हुन्छन्। अजिरकोट मन्दिरको प्रचार प्रसार, त्यस वरपर अन्य पर्यटक भुल्ने संरचना, वनभोज स्थलको रुपमा विकास गर्ने र बत्ती पानीको राम्रो व्यवस्था हुने हो भने धेरै पर्यटक भुलाउन सकिने अजिरकोट ३ का पूर्व वडा अध्यक्ष तयराज गुरुङ बताउँछन्।
मन्दिर वरपर गोलघर, बस्ने ठाउँहरु, शौचालय पनि निर्माण गरिएको छ। चैते दशैँ र विजयादशमीको अष्टमीमा त्यहाँ भक्तजनको विशेष भिड हुने गर्छ। मन्दिर निर्माणको काम एक महिना भित्र सक्ने निर्माण व्यवसायी हर्क गुरुङले बताए। ‘९५ प्रतिशत काम सकिएको छ, केही छुटपुट काम पूरा गर्दैछौँ’, उनले भने। सम्झौता अनुसारको काम सकिए पनि केही भने अझै त्यहाँ काम बाँकी हुने उनले बताए। ‘थप बजेट सहित नगरी नहुने केही काम छ, तत्काल गर्न सकियो भने मन्दिर र त्यो ठाउँलाई आकर्षक गन्तब्य बनाउन सकिन्छ’, गुरुङले भने।
अजिरकोट मन्दिरमा मनोकांक्षा पूरा होस् भनेर भाकल गर्ने, पुजापाठ गर्न भक्तजन जाने गर्छन्। त्यस क्षेत्रको विश्वासको एउटा धरोहरको रुपमा अजिरकोट मन्दिर रहेको स्थानीय युद अधिकारीले बताए।