जुम्लामा चिसोका कारण दूध उत्पादनमा कमी आएको छ। हरेक वर्षको मंसिर महिना देखि फागुनको अन्तिमसम्म गाई-भैंसी पालक किसानले दुधबाट आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।
दिनप्रतिदिन चिसो बढ्दै जाँदा गाई, भैँसीलाई स्याहार नपुगेको किसानहरु बताउँछन्। अन्य गाइवस्तुलाई पनि स्याहार गर्न कठिनाई हुँदा जुम्लाका पशुपालक किसानहरु चिन्तित छन्। ‘न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ।’, जुम्लाको गुठिचौर गाउँपालिका-४ दशौदीकी मायादेवी पाण्डे भन्छिन्, ‘यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न।’
आफ्ना गोठका दुईवटा भैँसी, एक गाई र स–साना पाडापाडी बाच्छाबाच्छीले पराल र पुरानो जौँ गहुँको भुसबाहेक खानेकुरा अरु देख्न नपाएको उनले बताइन्। उनले भनिन्, ‘असोज र कार्तिक महिनामा दैनिकी ८ लिटर सम्म दूध हुन्थ्यो, अहिले ४ लिटर सम्म पुग्न पनि धौधौ हुन्छ, मंसिर महिना बाट चिसोले दुध ह्वात्तै घटेको छ,भैँसी, गाई पनि झुरिँदै गएका छन्।’
चैत महिनाको आगमन पछि फेरि दुध बढ्दै जानेमा उनीहरु ढुक्क छन्। सुख्खा घाँस, दाना पनि राम्रो नपाइने,चिसो पानी चिसो, चरनको अभावले पशुपालनमा समस्या आएको यहाँका किसानहरु बताउँछन्। अहिले यहाँ एक पाथी दानाको मूल्य ७० रुपैयाँ र सुख्खा घाँस एक लडाको ५० रुपैयाँ पर्छ।
पाण्डेले अहिले मासिक १० हजार ८ सय रुपैयाँसम्म कमाइ हुने बताइन्। कात्तिक र असोजमा करिब साढे २१ हजार सम्म पुग्ने उनको भनाइ छ। घर खर्च लत्ताकपडा छोराछोरीको पढाइ दुध बेचेर चलाउँछिन्। उनी सधैंभरि दुई घण्टाको बाटो हिँडेर जुम्ला बजारमा दूध बेच्न आउँछिन्। सदरमुकामको हस्तना डेरीमा उनले दुध पुर्याउँछिन्। दुध प्रति लिटर ९० रुपैयाँमा दिने गरेको उनले बताइन्।
चिसोका कारण अहिले सबैभन्दा बढी बजारमा दुधको माग हुने गरेको छ। सदरमुकाममा चिया पसल गर्दै आएका भिम बहादुर भण्डारी दूध चिया खानेहरु धेरै आउने गरेको बताउँछन्। ‘दूध पुग्दैन, चिसोले गर्दा दुधको चिया खानेको भिड हुन्छ।’, उनले भने।
जुम्लामा ५ वटा डेरी संचालनमा छन्। तर बिहान ६ बजे देखि लाइनमा बसेपनि दुध पाइँदैन। अहिले जुम्ला बजारको डेरीमा १ सय रुपैयाँ प्रतिलिटर दुध पाइन्छ।