चम्पावती हाईड्रोपावर लिमिटेडले प्रवद्र्धन गरिरहेको ‘चेपे ए’ जलविद्युत आयोजनामा काम गर्न सुरक्षा ‘थ्रेट’ रहेको निर्माण कम्पनीले जनाएको छ। शनिबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कम्पनीका अध्यक्ष हरिराम पराजुलीले भने ‘अहिले काम गर्ने बतावरण छैन, जिउ ज्यानकै सुरक्षा खतरा छ, मलाई त ज्यान मार्ने सम्मको ‘टार्गेट’ छ।’
गोरखा र लमजुङको सिमानामा बन्न लागेको ‘चेपे ए’ आयोजनाले राईनास नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्मको आठ सय ५० हेक्टर जमिनमा सिंचाई असुविधा हुने भन्दै स्थानीय आन्दोलित छन्। आन्दोलनरत स्थानीयले मंसिर २४ गते आयोजनाको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। त्यसयता आयोजनाले काम बन्द गरेको छ। ‘काम कहिलेबाट सुरु गर्ने भन्ने यकिन छैन’ आयोजनाका अध्यक्ष पराजुलीले भने।
सिंचाईको नहर भन्दा तल आयोजनाले विद्युतगृहको पानी झारेपछि नहरमा पानी नचढ्ने र आठ सय ५० हेक्टर जमिन खुख्खा हुने दावी स्थानीयको छ। आयोजनाले भने प्राविधिक दृष्टिकोणले सबै ठिक रहेको र नहर भन्दा माथि नै पानी झर्ने दावी गरेको छ। ‘प्राविधिक कुरा उहाँहरुले मान्नुपर्छ, हामी सिंचाई आयोजना भन्दामाथि पानी झर्छ भन्नेमा विश्वस्त छौँ’ आयोजनाका अध्यक्ष हरिराम पराजुलीले भने।
स्थानीयले प्राविधिक पक्षलाई बेवास्था गरेर पटक–पटकको बार्ता, छलफलमा आफ्नो माग मात्रै तेर्साउने गरेको बताए। शनिवार कार्यालय तोडफोड, आगजनीपछि आयोजनाले आठ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ। उक्त घटनापछि ३३ करोड ४० लाख बरावरको क्षती भएको चम्पावती हाईड्रोपावर लिमिटेडका अध्यक्ष पराजुलीले बताए।
उक्त घटनाले जलविद्युत क्षेत्रमा लगानीगर्ने लगानीकर्ता एवं सरोकारवालाहरुमा नकारात्मक असर परेको दावी गरिएको छ। संचालक समितिले एक बिज्ञप्ती जारी गर्दै आयोजना क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभुतीको पनि माग गरेको अर्का संचालक दुर्गा श्रेष्ठले बताए।
आयोजनाका अध्यक्ष पराजुलीले स्थानीयले अहिले भनेजस्तो सिंचाई आयोजनामा पानी नगए सरकारले विद्युत नै खरिद नगर्ने बताए। ‘जसरीपनि अयोजना असफल बनाउने उद्देश्य केही स्थानीयको छ’ उनले भने। भनेको ठाउँमा पानी खसेन भने आयोजना बन्द गर्न तयार रहेको उनले बताए। साथै उनले केही ब्यक्तिको निजी स्वार्थका कारण आयोजनामाथि आक्रमण भएको दावी गरे।
आयोजना प्राविधिक दृष्टिकोणले सही रहेको दावी गरिरहेको छ भने स्थानीयले सामाजिक मुद्धामा आयोजना ध्यान नदिई लामोसमयदेखि सिंचाई गर्दै आएको खेत सुकाउन खोजेको दावी गरेको छ। यस विषयमा बिवाद हुँदा आगजनी र तोडफोड भएको थियो। आयोजनाको काम कसरी अघि बढ्छ भन्ने अन्यौल थपिएको छ।
एक अर्व ३२ करोड लागतमा उक्त आयोजना दुई वर्षअघिदेखि निर्माण सुरु भएको हो। छ महिना भित्र सम्पन्न गर्ने उद्देश्य रहेपनि अब काममा अन्यौल भएको संचालक समितिले जनाएको छ।