व्यापारीको मृत्यु घटनाले जटिल मोड लिँदै
१६ मंसिर २०७९
•
१ मिनेट पाठ
व्यापारीको मृत्यु घटनाले जटिल मोड लिँदै
गत सोमबार बिहान पखः भ्रमणमा निस्केका गरुडाका व्यापारीको रहस्यमय तरिकाले मृत्यु भएको घटनाले जटिल मोड लिन थालेको छ। घटना भएको पाँच दिन बितिसक्दा पनि प्रहरीले घटनाबारे केही पनि बताउन नसक्दा स्थानीय व्यापारीहरु आक्रोशित बनेका हुन्।  




आक्रोशित व्यापारीहरुले लगातार गरुडा बजार बन्द गरिरहेका छन्। पाँच दिनमा स्थानीय व्यापारीहरुले तीन दिन सडक तथा व्यवसाय बन्द गरेका हुन भने शुक्रबार पनि स्थानीय व्यावसायीहरुले सडक तथा व्यवसाय बन्द गरी प्रदर्शन गरेका हुन्।  

व्यासायीहरुले घटनाबारे छिटै अनुसन्धान हुनुपर्ने र सत्यतथ्य बाहिर आउनु पर्ने माग उनीहरूले गरेका छन्। स्थानीय प्रहरीले घटनाको अनुसन्धानमा लापरवाही गर्दै आलटाल गरिरहेको भन्दै स्थानीयले बाहिरको टोलीले अनुसन्धान गर्नुपर्ने माग पनि गरेका छन्।

घटनाको उचित छानबिन हुनुपर्ने माग गर्दै स्थानीय व्यावसायीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले प्रहरीलाई अनुसन्धानको लागि कम्तीमा एक हप्ताको समय दिन व्यावसायीहरुसित भनेका छन्। व्यावसायीहरुले पाँच दिनको समय भनेकोमा प्रजिअ शाहीले पाँच दिनभित्र सम्भव नहुने हुँदा कम्तीमा एक हप्ताको समय दिन भनेका हुन्।

यसैबिच घटनाबारे बुझ्न मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजि महम्मद मसाउद खाँले गरुडा पुगेर जानकारी लिएका छन्। इलाका प्रहरी कार्यालय गरुडामा पुगेर डिआइजि खाँले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई निर्देशन दिएका छन्।
अर्को समाचार
आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?
२५ पौष २०८०
•
२ मिनेट पाठ
आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?
आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्। मंगलबार साँझसम्म रौतहटका तीन पालिकाका विभिन्न कार्यालयमा जनप्रतिनिधिले तालाबन्दी गरिसकेका छन्।




रौतहटका कटहरिया र गरुडा नगरपालिका कार्यालयमा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन्। जनताका सेवाका लागि भने निर्वाचित जनप्रतिनिधि आपसमै तानातान गर्दै धमाधम तालाबन्दी गर्न थालेका छन्।

रौतहटको गरुडामा गत शुक्रबारदेखि र कटहरियामा सोमबारदेखि ताला लगाइएको छ। दुवै पालिकामा तालाबन्दीको नेतृत्व उपप्रमुखले गरेका छन्। यसैगरी मंगलवारदेखि वृन्दावन नगरपालिकाको सातवटा वडा कार्यालयमा वडाध्यक्षहरूले नै तालाबन्दी गरेका छन्। वृन्दावन नगरपालिकामा पनि नगर प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द छ।

गरुडा नगरपालिकाका नगर उपप्रमुख पुनम चौधरी र कटहरिया नगरपालिकामा उपप्रमुख रीतादेवी यादवको अगुवाइमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकाको मूल ढोकामै तालाबन्दी गरेपछि दुई पालिकाका सम्पूर्ण कामकाज ठप्प भएको छ। नगरपालिकामा तालाबन्दी गरिएपछि सेवाग्राही मर्कामा परेका छन्।

नगरसभाको निर्णय सार्वजनिक गर्नुपर्ने, आर्थिक २०७९÷८० को खर्च विवरण कार्यपालिका बैठकमा पेस गर्नुपर्ने, करारका कर्मचारी खारेज गर्नुपर्ने, उपप्रमुख र वडाध्यक्षका हक अधिकार दिनुपर्नेलगायतका माग गर्दै गरुडा नगर उपप्रमुख चौधरी र वडाध्यक्षहरूले नगरपालिका कार्यालयमा ताला लगाएका हुन्।

यसैगरी कटहरिया नगर उपप्रमुख रीतादेवी यादवले नगरपालिका प्रमुख अजय प्रकाश जयसवालको हैकमवादी प्रवृत्तिले नगरपालिकामा भ्रष्टाचार मौलाएको भन्दै आठबुँदे शर्त राखेर नपामा तालाबन्दी गरिएको बताएकी छन्।

नगरपालिकामा नगर प्रमुख जयसवालले नियम र कानुनको कुनै वास्ता नगरी एकलौटी गर्ने गरेको आरोप उपप्रमुख यादवको छ। कार्यपालिकाको बैठक बोलाएर पनि सबै नगर प्रमुख जयसवाल आफू फरार हुने गरेको आरोप पनि वडाध्यक्षहरूको रहेको छ।

चालु आर्थिक वर्षको सबै हिसाबकिताब सार्वजनिक गर्नुपर्ने, करारका कर्मचारीको यथार्थ विवरण र तिनको तलब भत्ताका बारेमा कार्यपालिकालाई जानकारी गराउनुपर्ने, संघ तथा प्रदेश सरकारबाट प्राप्त बजेटका बारेमा कार्यपालिकालाई जानकारी गराउनुपर्ने जस्ता आधारभूत माग कटहरिया नगरपालिका जनप्रतिनिधिले राखेका छन्।

यसैगरी वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालय सञ्चालन गर्न कठिनाइ भएको, सर्वसाधारणको काम गर्नुपर्ने अत्यावश्यक स्टेसनरी सामान पनि उपलब्ध हुन छाडेको र नगर प्रमुखको स्वेच्छाचारिताले आजित भएको कारण देखाउँदै नौ वडा भएको वृन्दावन नगरपालिकाका सातवटा वडा कार्यालयमा वडाध्यक्षहरूले नै ताला लगाएका छन्।

नगर प्रमुख विनोद कुर्मीले हैकमवादी प्रवृत्ति देखाएका कारण वृन्दावनमा कोही पनि प्रमुख प्रशासकीय अधिकृत आउन नचाहेको वडाध्यक्षहरूको दाबी छ। नगर प्रमुख कुर्मीले आफन्तलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाएर नगर पालिकामा भाँडभैलो मच्चाउन खोजेको आरोप वडाध्यक्षहरूको रहेको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४५ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस