कोहलपुरमै एक किलो बन्दाको १५० रूपैयाँ
०२ मंसिर २०७९
•
३ मिनेट पाठ
कोहलपुरमै एक किलो बन्दाको १५० रूपैयाँ
गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुइँचो देखियो। अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो। तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए। तरकारीमा मोलमोलाई पनि उस्तै थियो। अन्य ठाउँको तरकारी बजारमा भन्दा यहाँको मूल्य असामान्य थियो। सिजनमा पनि  तरकारीको मूल्य बढाइएको भन्दै उपभोक्ता कराइरहेका थिए।




व्यापारीले भने टाढाबाट ल्याउनुपरेको र आफूले पनि महँगोमा किन्नुपरेको जवाफ दिइरहेका थिए। ‘हामीले पनि किनेरै बेच्ने हो। १० रूपैयाँ नाफा नखाएर कसरी व्यापार गर्नु’, व्यापारी विनिता गिरीले भने, ‘हाम्रो घर टाढा हो, यता बसेर व्यापार गरेका हौँ। हामीले उत्पादन गरेका होइनौँ। किनेको मूल्यमा पाँच/दश रूपैयाँ नाफा त खानै पर्‍यो नि!’

उनका अनुसार तरकारी ओसारपसार गर्ने व्यापारीबाट बिहान ४ बजे नै कोहलपुर चोकबाट यहाँका व्यापारीले तरकारी किनेर ल्याउँछन्। त्यसैबाट थोरै फाइदा खाएर बेच्ने गरेको उनले बताए। कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्ट पनि सोही दिन कोहलपुरको तरकारी बजार पुगेका थिए। उनी अन्य तरकारीको भन्दा बन्दाको मूल्यमै चकित परे। ‘सिजनअनुसार सबै ठाउँमा१०÷२० रुपैयाँ पर्ने बन्दाको कोहलपुरमा १५० भन्यो’, उनले भने, ‘कोहलपुर गएको मौकामा कृषि बजारस्थल पुगेँ, निकै अस्तव्यस्त देखियो। मूल्य सोधेँ, बन्दाको प्रतिकेजी १५० रुपैयाँ। गलत सुनेकी भनेर फेरि सोधेँ, १५० रुपैयाँ। अर्को स्टलमा सोधेँ, १५० नै। म त ट्वाँ परेँ।’

प्रमुख विष्टले बन्दाको प्रतिकेजी १५० अहिलेसम्म नसुनेकै मूल्य भएको बताए। ‘अरू ठाउँमा हेर्दा बन्दाको मूल्य निकै फरक भएको देखिन्छ’ उनले भने, ‘बझाङको बुखखोरीकै कुरा गर्ने हो भने पनि बन्दाको दर प्रतिकेजी १२ रुपैयाँ छ। बित्थडचिरको आनन्दपुरमा १५ रुपैयाँ, मुस्याखान बैतडीमा १० रुपैयाँ, खोड्पे बैतडीमा १४ रुपैयाँ, अनारखोली डडेल्धुरामा १५ रुपैयाँ, धनगढीको दुवै हाटबजारमा ७० रुपैयाँ, सुर्खेतको पहाडी गाउँ हर्रेमा ९० रूपैयाँ प्रतिकेजी बन्दाको मूल्य छ तर, कोहलपुरमा भने यति महँगो १

कोहलपुरमा सिजनअनुसार नै यति महँगो तरकारी हुनु विचौलियाका नजर परेको प्रमुख विष्टले बताए। ‘म त अचम्ममा परेँ’, उनले भने, ‘मलाई लाग्यो कि हरेक ठाउँमा उत्पादन भइरहेको तरकारीबाट कृषकले मूल्य कति पाउने रहेछन् रु उपभोक्ताले कति पाए र विचौलियाले कति खाने रहेछन् भन्ने लाग्यो।’  

यही विषयमा बुझ्न खोज्दा एक पटक मन्त्रीसँगै व्यापारीको हात हालाहालको अवस्था सिर्जना भएको सङ्केत गर्दै प्रमुख विष्टले भने, ‘हुन त तत्कालीन कृषिमन्त्री घनश्याम भूसालले कालीमाटी कृषि बजारमा यही प्रसङ्गमा बुझ्न खोज्दा झण्डै हातपात भएन। सुरक्षा व्यवस्था कडा भएकै कारण त्यसबखत घटना बाहिर आएन। त्यसैले मैले पनि व्यापारीसँग थप बुझ्न चाहिन।’

व्यापारी विनोद जिसीले भने बन्दाको मूल्य आफूले रु १३० देखि १४० मा खरिद गरेको बताए। सिजनअनुसार नै बन्दाको मूल्य यसपटक बढेको उनको भनाइ थियो। ‘कोहलपुरमा बेसिजनमा त यो मूल्य ठीकै हो। यसपटक भने निकै बढेको छ। कृषकले नै बढी लिएकोर , ढुवानी गर्दा महँगो परेको भनेर हामीलाई बेच्छन्। हामीले पनि रु १०÷१२ त नाफा खानु प¥यो।’ व्यापारी जिसीले भने।

अहिले राजधानीको सबैभन्दा ठूलो कृषि बजार कालीमाटीमा पनि बन्दाको मूल्य सय रुपैयाँको आसपास छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठका अनुसार कालीमाटीमा सिजनअनुसार तरकारीको मूल्य धेरै बढेको छैन। ‘अहिले बन्दाको थोक मूल्यसमेत ८०/९० रुपैयाँ छ।’ अन्य सिजनल तरकारीको मूल्य पनि धेरै नबढेको उनले बताए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कृषि बजारको अधिकार स्थानीय तहलाई दिएको छ। कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल स्थानीय सरकारले नै बजारीकरण गर्नुपर्ने र कृषकलाई उचित मूल्य दिलाउनुपर्ने ऐनमा उल्लेख छ तर सुदूरपश्चिम, कर्णालीबाट कोहलपुर जाने तरकारीको मूल्य कृषकको हातमा सस्तो हुँदा पनि कोहलपुरका उपभोक्ता भने निकै मारमा परेको गुनासो बढेको  छ।
अर्को समाचार
किसानको फसल 'घुइँयाको भाउ'
०२ जेष्ठ २०७८
•
५ मिनेट पाठ
किसानको फसल 'घुइँयाको भाउ'
केरा बिक्न छोडेपछि भैँसीलाई खुवाउँदै गौरीगंगा–४ राजीपुरकी किसान टीका भण्डारी । तस्बिरः पुष्पराज/नागरिक
वसन्ते तरकारी खेती गरेर राम्रो उत्पादन लिउँला सोचेका किसानको फसलको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। चलनचल्तीको भाषामा समाजमा सबैभन्दा सस्तो र हेँलाका रुपमा पिँडालुलाई ‘घुइँयाको भाउ’ भाउ भनेर सम्बोधन गरिँदै आएको छ। हो, अहिले त्यही पिँडालु (घुइँयाको भाउ) भन्दा पनि सस्तो मूल्यमा किसानले तरकारीको मूल्य तोक्दा समेत बिक्न छोडेको छ।  




गत वर्षको कोरोनाको कहरमा घाटा व्यहोरेका किसानले यस वर्ष मुनाफा कमाउने उद्देश्यका साथ पुनः माघ–फागुनमा वसन्ते तरकारी खेती थालेका थिए। वसन्ते तरकारी खेती गरेका उनीहरुको फसल चैत अन्तिमदेखि दिन थालेपछि हौसिएका किसान पुनः जिल्ला प्रशासनले जिल्लभर निषेधाज्ञा जारी गरेपछि निरास भएका हुन्।  

नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा निषेधाज्ञा भएपछि आफूहरुको फसलले मूल्य नपाएको बताउँदै मौरीफाँटाका किसान हरिप्रसाद ओझाले भने,‘कोरोनाले पुनः निषेधाज्ञा हुने वित्तिकै हाम्रो फसल ‘घुइँयाको घाउ’मा पनि बेचिन छोड्यो।’ तरकारीको बीऊ बिजन खरिद गरेको, बाली लगाएको सिँचाइ गरेको, गोडमेल गरेको, मलखाद हालेको सबै जोडेर आउने मूल्य पनि तरकारी बेच्दा नपाइने गरेको उनले दुखेसो सुनाए। ‘तरकारी लगाउँदादेखि फलाउँदासम्म परेको लागत पनि नउठ्ने भयो,’ उनले भने,‘तरकारीको खपतै घट्यो, थोकमा किन्ने पसलेले पनि एकदमै सस्तोमा र थोरै परिणाममा किन्दा हाम्रो उत्पादन कुहिनुका साथै बारीमै बिग्रने अवस्थामा पुगेको छ।’ 

निषेधाज्ञा अघि बारीबाटै खुर्सानी ८०, करेला ८०, काँक्रा ३०, लौका ३०, भिण्डी ८०, बोडी ८० रुपैयाँका दरले बिक्री भएको बताउँदै उनले भने,‘अहिले त्यही तरकारीको मूल्य आधा भन्दा बढी मूल्य घट्दा पनि किनिदिने कोही छैन।’ तरकारीको मिहिनेत जोड्दा आउने लागत मूल्य भन्दा पनि कम मूल्यमा बेच्दा समेत कसैले नकिनिदिएको उनी बताउँछन्।  

वर्षाैदेखि तरकारी खेती गर्दै आएकी गौरीगंगा नगरपालिका–४ राजीपुरकी टीका भण्डारीले पनि यसपालि तरकारीको मूल्य पाएकी छैनन्। उनले मूल्य नपाउँदा १० कठ्ठा जमिनमा लगाएको तरकारी बाली बारीमै कुहिन थालेको बताइन्। ‘सस्तोमा बेच्न खोज्दा पनि बेचिन छाडेको छ,’ उनले भनिन्,‘तरकारीले मूल्य नपाएपछि बारीमै कुहिन थालेको छ।’ उनले तरकारी खेतीसँगै १५ कठ्ठा जमिनमा केरी खेती पनि गरेकी छिन्।

केराले राम्रो फसल दिएको छ। अहिलेको समयमा केराले राम्रै मूल्य पाउने गरेको छ। तर, उनले बारीबाटै २५ रुपैयाँ दर्जनका हिसाबले केरा बेच्न खोज्दा पनि बेचिएन। ‘२५ रुपैयाँ दर्जनका हिसाबले केरा बेच्न खोजे बेचिएन,’ उनले भनिन्,‘केरा नबेचिँदा भैँसीलाई खुवाउने गरेको छु।’ उनको बारीमा करिब ५ सय घरी उत्पादन भएका छन्। उत्पादनले बजार नपाएको भन्दै उनी निरास छिन्।  

ओझा र भण्डारी मात्रै हैनन्, अहिले बसन्ते तरकारी खेती गरेका सबै किसान मारमा परेका छन्। उनीहरुको फसलले मूल्य पाएकै छैन। सस्तोमा फसल बेच्न खोज्दा पनि नबेचिएको गुनासो यहाँका किसानले गर्न थालेका छन्। धनगढी उपमहानगरपालिका–१७, पथ्थरीका किसान चेतराम चौधरीले पनि यसपालि बारीमा लटरम्म फलेका टमाटर, खुर्सानी, काँक्रा, तरभुजले उनले सोचे अनुसारको मूल्य नपाउँदा सपना चकनाचुर पारिदिएको छ। वर्षौदेखि तरकारी खेती गर्दै आएका उनी अघिल्ला वर्षहरुमा बारीबाटै ५० रुपैयाँ प्रति केजीमा टमाटर बेचेको सम्झँदै भने,‘गत वर्ष यसै समयमा र यसपालि पनि यसै समयमा कोरोनाका कारण भएको निषेधाज्ञाले बारीमै १५ रुपैयाँ केजीमा पनि टमाटर बेचिन छोड्यो।’ तरकारीमा मूल्य भने जति घटाउँदा पनि कसैले नकिनिदिएको दुखेसो पोख्दै उनले भने,‘घुइँयाकै भाउमा लैजाऊ भन्दा पनि कोही थोक पसलेले तरकारी नै उठाइ दिँदैनन्।’  

गौरीगंगाका फूलराम चौधरीले काँक्रा र खुर्सानी खेती गरेका छन्। काँक्राले अघिल्लो वर्ष राम्रो बजार पाएको भन्दै हौसिएका उनी यसपालि भने निरास बनाएको भन्दै चिन्ता गर्न थालेका छन्। ‘अघिल्लो वर्ष राम्रै आम्दानी दिएको थियो,’ उनले भने,‘तर, यसपालि भने बजार नै पाइएको छैन, के गर्ने होला।’ काँक्रा बारीमै पहेँलो हुन थालेको बताउँदै उनले भने,‘पहेँलो काँक्रा बिक्री नहुने भएकाले गाई, गोरुलाई खुवाउन थालेको छु।’ सस्तो मूल्यमा बेच्न खोज्दा पनि कसैले पनि खरिद गरिदिन नमानेको बताउँदै उनले भने,‘लकडाउनका कारण व्यवसायी बारीसम्म पुग्न नसक्दा सबैभन्दा बढी मारमा हामी किसान परेका छौँ।’ गाउँमा अधिकांश किसानले व्यवसायिक तरकारी खेती गरेको बताउँदै उनले भने,‘हामीले व्यवसायिक तरकारी खेती गर्‍यौँ, तर यसपालि भने व्यवसायिक तरकारी खेतीले डुबायो।’

व्यवसायिक रुपमा तरकारी खेती गरेका किसानले समयमा तरकारी बेच्न नपाउँदा बारीमै कुहिने अवस्थामा पुगेको बताउँदै अगुवा किसान रमेश भाटले भने,‘लकडाउनका कारण सबै किसानको अवस्था उस्तै छ।’ सरकारले व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका किसानलाई मध्यनजर गर्दै उनीहरुलाई तरकारी बेचबिखनका लागि सहज वातावरण बनाइदिन आग्रह गरिरहेको बताए। ‘हामीले व्यवसायिक किसानको समस्यालाई मध्यनजर गर्दै प्रशासन तथा सम्बन्धित स्थानीय तहका कृषि केन्द्र र जनप्रतिनिधिलाई सहज वातावरण बनाइदिन आग्रह गरेका छौँ,’ उनले भने,‘तरकारीका थोक बिक्रेतालाई किसानको बारीसम्म पुग्ने वातावरण मिलाउन र थोक बिक्रेतालाई खुद्रा बिक्रेतासम्म पनि पहुँच बनाउन सकिए, किसानले बारीमै तरकारी कुहेको देख्न पाउँदैन थे।’

गत वर्षको कोरोना कहरका बेला बसन्ते तरकारी बालीलाई प्रशासन कार्यालय, प्रहरी कार्यालय र कृषि निर्देशनालयको सहकार्यमा सहजीकरण गरेको पाठ सिक्दै यसपालि पनि केही व्यवस्था राज्यले गर्नुपर्ने सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशी बताउँछन्। उनले भने,‘किसानले उत्पादन गरेको तरकारीले अहिले मूल्य पाउनै छोडेको छ।’ किसानले ५० प्रतिशत भन्दा पनि कममा तरकारीको मूल्य तोक्दा समेत किनिदिने व्यवसायी नै नभेटिएको बताउँदै भने,‘अहिले थोक व्यापारीले आफ्नो मूल्यमा किसानको फसल किन्न खोजेका छन्, थोक व्यापारीको मूल्यमा नदिए किसानले बारीमै तरकारी कुहाउनु पर्ने बाध्यता छ।’ 

थोक व्यापारीलाई किसानको बारीसम्म र आम उपभोक्तासम्म सहज पहुँचको व्यवस्था सरकारले गरिदिएको भए किसानले सस्तोमा तरकारी बेच्नु पर्ने बाध्यता हट्ने उनी बताउँछन्। ‘स्थानीय तथा प्रदेश सरकारले महामारीका बेला किसानको उत्पादनलाई व्यवस्थित गरेर उपभोक्तासम्मको पहुँच बनाइदिने तथा केही नयाँ नीति ल्याएर उत्पादन खरिद र बिक्रीवितरण गराउने व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस