बन्दाबन्दीमा स्वदेश फर्कनेमा वाग्मती प्रदेशका बढी
३१ साउन २०७७
•
२ मिनेट पाठ
बन्दाबन्दीमा स्वदेश फर्कनेमा वाग्मती प्रदेशका बढी
कोभिड–१९ का कारण नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको अवस्थामा सबैभन्दा बढी वाग्मती प्रदेशका नागरिक स्वदेश फर्केका छन् । यही साउन ३० गतेसम्म स्वदेश फर्किएका ५१ हजार ४४१ मध्ये १४ हजार २५७ वाग्मती प्रदेशका रहेका कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ । 




त्यसैगरी प्रदेश नं १ का १० हजार ८८३, प्रदेश नं ५ का आठ हजार ५९८, प्रदेश नं २ का आठ हजार ५०६, गण्डकी प्रदेशका छ हजार ७०१, सुदूरपश्चिम प्रदेशका एक हजार ३१९ र कर्णाली प्रदेशका एक हजार १७७ जना स्वदेश फर्केका हुन् । सो अवधिमा विभिन्न ३० मुलुकबाट नेपाली स्वदेश फर्किएको तथ्याङ्क छ । संयुक्त अरब इमिरेट्स (युएई)बाट हालसम्म सबैभन्दा बढी १४ हजार ३१४ नागरिक स्वदेश फिरेका छन् । 

त्यस्तै साउदी अरेबियाबाट सात हजार ८१७, मलेशियाबाट सात हजार ६४२, कुवेतबाट छ हजार ३२९, कतारबाट छ हजार १९१, बहराइनबाट ९८०, दक्षिण कोरियाबाट ९६७, अष्ट्रेलियाबाट ९४३, ओमानबाट ८११ र माल्दिभ्सबाट ७०९ जना स्वदेश फर्केका सिसिएमसीले जनाएको छ । यो तथ्यांक कोभिड–१९ महामारीपछि भारतबाहेक तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएकाको हो । कोरोना भाइरसका कारण भारतबाट फर्कनेको तथ्यांक यकिन छैन । 

सरकारले गत जेठ २३ गतेदेखि चार्टर्ड उडानमार्फत विदेशमा अलपत्र परेका नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी स्वदेश फर्कन दिने निर्णय गरेको थियो । साउनमा तीन हजारले लिए श्रम स्वीकृति साउन महिनायता झण्डै तीन हजारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यही साउन १ गतेदेखि बिहीबारसम्म १५३ महिला र दुई हजार ७५८ पुरुषसहित दुई हजार ९११ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहाचालले जनाएको छ । 

सो अवधिमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) का लागि एक हजार ३१६ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । यस्तै कतार ७०२, मलेशिया ३०९, साउदी अरेबिया २४८, कुवेत ९९, जापान ५३ र बहराइनका लागि ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कोभिड–१९ ले विश्वव्यापी महामारीको रूप लिएसँगै सरकारले गत चैतदेखि श्रम स्वीकृति दिन बन्द गरेको थियो । सरकारले गत असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो । रासस
अर्को समाचार
पोखराबाट भारतीय सहरसम्म उडानको पहल गरिदिन व्यावसायीको आग्रह
११ साउन २०८२
•
२ मिनेट पाठ
पोखराबाट भारतीय सहरसम्म उडानको पहल गरिदिन व्यावसायीको आग्रह
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि पर्यटन व्यावसायीले सरकारको पुनः ध्यानाकर्षण गराएका छन्। होटल संघ पोखराको टोलीले हालैमात्र प्रधानमन्त्री सहित अर्थमन्त्री र युएईका राजदूतलाई भेटेर नियमित उडानका लागि पहल गरिदिन आग्रह गरेको हो।  




प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म सिधा उडानको पहलका लागि अनुरोध गरेका हुन। पोखराबाट भारतीय सहरमा सिधा हवाई उडान संचालन गर्न सकिए ठूलो संख्यामा भारतीय पाहुना सिधै पोखरा आउने व्यावसायीको भनाई छ।  

‘प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरसम्म सिधा उडानको पहल आवश्यक छ,’ व्यावसायीले भनेका छन, ‘सिधा उडान संचालन भएमा यसले पर्यटनमा राहत मिल्नेछ।’

यसैगरी अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालनका लागि आफ्ले सक्दो पहल गर्ने अर्थमन्त्री पौडेलले बताएको होटल संघका केन्द्रिय सदस्य एवं होटल संघ पोखराका सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए।

चालु बजेटमा व्यवस्था गरिएको पर्यटन क्षेत्रलाई अन्य उद्योग सरहको सुविधाको व्यवस्थालाई कार्यान्वयन तहमा पुर्याउन समेत अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको पराजुलीले जानकारी दिए। यसैगरी संघको टोलीले काठमाडौंस्थित संयुक्त अरव इमिरेट्स् (युएई) का राजदूत अब्दुल्ला सइद मुवारकसँग भेट गरी पोखराबाट दुवईसम्म सिधा हवाई सम्पर्कका लागि पहल गरिदिन आग्रह गरेको थियो।

सो अवसरमा राजदूत अब्दुल्लाले पोखरा–दुवई उडानका लागि आफूले फ्लाई दुवईसँग प्रस्ताव राख्ने आश्वासन दिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। पोखराको पर्यटन प्रवद्र्धन गर्ने र दुबईबाट पोखराको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने विषयमा समेत राजदूत सकारात्मक रहेको अध्यक्ष सुवेदीले बताए।  

पछिल्लो केही समयदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दु् र ल्हासासम्म उडान भएका छन। तर, चिनियाँ सहरबाहेक पोखराबाट अन्यत्रका कुनैपनि अन्तर्राष्ट्रिय सहरलाई पोखराले सिधा हवाई उडानमार्फत जोड्न सकेको छैन। पर्यटन व्यावसायीले पोखराबाट भारतका विभिन्न सहरमा उडानका लागि बारम्बार सरकारी पदाधिकारीलाई गुहार्दै आएका छन।

अर्थमन्त्रीसँग भेटको क्रममा पोखरा–नयाँपुल सुरुङमार्ग शिलान्यास हुने क्रममा रहेको जानकारी मन्त्री पौडेलले संघको टोलीलाई गराएको संघका अध्यक्ष सुवेदीले जानकारी दिए। उक्त मार्गको डीपीआर तयार भइसकेको र चालु बजेटमा केही रकम समेत छुट्टिएको जानकारी पौडेलले गराएको अध्यक्ष सुवेदीले बताए। नारायणगढ बुटवल सडक स्तरोन्नतीको अन्तिम चरणमा रहेको पोखरा मुग्लिन सडकको निर्माण कार्यलाई तिव्रता दिन पनि मन्त्री पौडेलसँग संघको टोलीले आग्रह गरेको थियो।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस