गैरआवासीय नेपाली संघको सञ्जाल ९० देशमा विस्तार
०५ फागुन २०८१
•
२ मिनेट पाठ
गैरआवासीय नेपाली संघको सञ्जाल ९० देशमा विस्तार
सन् २००३ मा विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र पुँजीलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यसहित स्थापित गैरआवासीय नेपाली संघको सञ्जाल ९० देशमा विस्तार भएको छ।




गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार सोलोभेनिया, माल्दोवा र क्रोएशियाका राष्ट्रिय समन्वय समितिहरू थपिएपछि संघको सञ्जाल ९० देशमा पुगेको हो। जोशीका अनुसार यसअघि गठन भएको गैरआवासीय नेपाली संघ रोमानियाको पुनर्गठन गरेर सक्रिय पारिएको छ।

गैरआवासीय नेपाली संघ युरोप संयोजक चिरञ्जीवी खड्काले संघले युरोप क्षेत्रमा मात्र ४ वटा राष्ट्रिय समितिहरू थपेर २९ देशमा नयाँ शाखा स्थापना गरिएको बताए।

खड्काका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) सोलोभेनियाको अध्यक्षमा विरमान श्रेष्ठ चयन भएका छन्। ९ सदस्यीय राष्ट्रिय समितिमा उपाध्यक्षमा गुनाखर गैरे, महासचिवमा एकेश महर्जन, सहसचिवमा श्रीकृष्ण रानाभाट, कोषाध्यक्षमा श्रीकृष्णबहादुर थापा, सहकोषाध्यक्षमा बद्री ढुंगाना, सदस्यहरूमा गिता बस्नेत, ध्रुव नारायण घिमिरे र कमल बस्नेत चयन भएका छन्।

यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्दोवाको अध्यक्ष गिरीस उप्रेती चयन भएका छन्। उपाध्यक्षमा एकता क्षेत्री, महासचिवमा द्रोणप्रसाद पौडेल, सचिवमा गृस्मा उप्रेती, कोषाध्यक्षमा मुकेश वेलवासे, सदस्यहरूमा सूर्यबहादुर खड्का, मानबहादुर परियार, रस्सु शाह, मधुशुधन पौडेल, रामलाल न्यौपाने तोकिएका छन्। यस्तै, एनआरएनए माल्दोवाको सल्लाहकारको रूपमा दुर्गा उप्रेती मनोनीत भएका छन्।

महासचिव जोशीका अनुसार यसअघि स्थापना भएको गैरआवासीय नेपाली संघ रोमानियालाई पुनर्गठन गरिएको छ।

पुनर्गठित समितिको अध्यक्षमा सुरेन्द्र गौतम, उपाध्यक्षमा माया तामाङ्ग, फुसाङ्ग तामाङ्ग, महासचिवमा युवराज लामिछाने, सचिवमा लक्ष्मण गिरी, लाम्का पेन्जिङ्ग लामा, कोषाध्यक्षमा कविर श्रेष्ठ, सहकोषाध्यक्षमा सुजता नेसुर, युवा संयोजक प्रकाश श्रेष्ठ, महिला संयोजक कुमारी जिरेल, सदस्यहरू कुमारी जिरेल, आकाश घले, दीपेश कोइराला, नेत्रबहादुर बस्नेत, शंकर भण्डारी र ओविराम केसी मनोनित भएका छन्।

यस्तै, संघको क्रोएशिया राष्ट्रिय समितिको संयोजकमा गम्भीरनाथ योगी, सदस्यहरूमा कमला राई, प्रमिला तामाङ्ग, गंगा राई, जुनुमाया बन्जङ्ग, सुकबहादुर तामाङ्ग, विष्णु बिसी, विष्णुभक्त बिक, दीपकबहादुर चन्द र विकास राई मनोनीत भएका छन्।

खड्काका अनुसार गैरआवासीय नेपाली संघ सोलोभाकिया राष्ट्रिय समितिको संयोजकमा जयप्रसाद सिवाकोटोलाई प्रस्ताव गरिएको छ। यसैबीच, संघको नवगठित राष्ट्रिय समितिका पदाधिकारीहरूले आइतबार संघका अध्यक्ष डा. बद्री केसीसमक्ष सपथ ग्रहण गरेका छन्।
अर्को समाचार
एमआइएसमार्फत् एनआरएनएमा ७७ हजार सदस्यता स्वीकृत
०२ साउन २०८२
•
१ मिनेट पाठ
एमआइएसमार्फत् एनआरएनएमा ७७ हजार सदस्यता स्वीकृत
गैरआवासीय नेपाली संघको २०२५–२०२७ कार्यकालका लागि झण्डै ७७ हजार सदस्य स्वीकृत भएका छन् ।




संघको एमआइएस प्रणाली अनुसार शुक्रबारसम्म कुल ७६ हजार ९३७ सदस्यता स्वीकृत भएको संघकी सञ्चार तथा वैदेशिक रोजगार अधिकृत ईन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् । उनका अनुसार ३ हजार ३६७ नयाँ सदस्यता आवेदनहरू स्वीकृत प्रक्रियामा छन्।

क्षेत्रगत रूपमा सबैभन्दा धेरै एसिया प्यासिफिक क्षेत्रबाट २२ हजार २७९ सदस्य स्वीकृत भएका छन्। यस्तै अमेरिकाज क्षेत्रबाट १६ हजार ७६२, ओसियानिया क्षेत्रबाट १६ हजार ५३८, युरोप क्षेत्रबाट १० हजार ९६९, मध्यपूर्वबाट ९ हजार ६५३ र अफ्रिका क्षेत्रबाट ७३५ सदस्य स्वीकृत भएको घिमिरेले बताइन् । देशगतरुपमा भने सबैभन्दा धेरै जापानबाट १८ हजार ३८१, अष्ट्रेलियाबाट १५ हजार ५५१ र अमेरिकाबाट १० हजार ९९४ जनाले सदस्यता लिएका छन्।

हालसम्म ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू एमआईएसमा आबद्ध भइसकेको र ५७ परिषद्हरूलाई सदस्यता स्वीकृति दिने प्रशासनिक पहुँच प्रदान गरिएको घिमिरेले जानकारी दिइन् ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस