अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीको फ्राङ्कफर्टमा गत आइतबार बसन्त पञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै एक भव्य साहित्यिक समारोहको आयोजना गरेको छ।
अनेसास जर्मनी च्याप्टर अध्यक्ष सुजाता घिमिरे राउतको सभापतित्वमा आयोजित उक्त समारोहमा प्रमुख अतिथिका रूपमा जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपखेतीको उपस्थिति रहेको थियो।
विशेष वक्ताका रूपमा एनआरएनका संस्थापक तथा नियात्राकार जीवा लामिछाने र अनेसासका केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईको सहभागिता रहेको उक्त कार्यक्रममा सयौंको संख्यामा नेपाली साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको प्रमुख संयोजन प्रतिक्षा पोख्रेलले गरेकी थिइन् भने खड्ग न्यौपाने, गौरब तिवारी र सीमा ढुंगानाबाट कार्यक्रम सञ्चालन गरिएको थियो।
समारोहमा बेल्जियम, नेदरल्याण्डलगायतका छिमेकी मुलुकहरूबाट समेत साहित्यकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बेल्जियमबाट साहित्यकारहरू क्रमशः पञ्चम अधिकारी, ब्रम्हदत्त वाग्ले, अनेसास बेल्जियम च्याप्टर महासचिव गोपाल दाहाल र जर्मनीबाट सागर फुयाल, लिलाराज कार्की, शिशिर परियार, मनोजकुमार यादव, सौरभ कर्ण, दिनेश प्रधान, यज्ञ अधिकारी, कृतन गौतम, सुमन सिम्खडा, हरि हुमागाईं, अजित खड्का, ईनेशराज सुवेदी, बाबुराम भण्डारी, मनोजबाबु पनेरु, कपिल अर्याल, लुकास लुईटेल, रविकिरण काफ्ले, सञ्जय पौडेल, विमल रानाभाट लगायत दर्जनौं कवि तथा साहित्यकारहरूले आफ्नो रचना वाचन गरेका थिए। समारोहमा कपिल अर्यालबाट पुस्तक चर्चा तथा सुवास सापकोटाबाट नेपाली साहित्य केन्द्रित हाजिरी जवाफ प्रतियोगिताको संयोजन गरिएको थियो। कार्यक्रमको सहजीकरण महासचिव रमण जैसेरी, एलिजा हुमागाँई, गणेश गजुरेल र निरज सोडारीले गरेका थिए।
लामो समयदेखि जर्मनीमा रही नेपाली साहित्य र समुदायलाई योगदान पुर्याएको बापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान गरिएको थियो। साथै, कार्यक्रमलाई महत्वपूर्ण सहयोग पुर्याउने होटल ट्रिप ईनका तर्फबाट "एनआरएनए" का पूर्व अध्यक्ष कुमार पन्तलाई कदर पत्रबाट सम्मान गरिएको थियो भने राजदूतबाट विशेष सहयोगी तथा रचना वाचन गर्ने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। उक्त कार्यक्रमको आयोजनाबाट प्रवासमा नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुगेको विश्वास आयोजक र सहभागीहरूले व्यक्त गरेका थिए।
समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना "नेपाली हामी रहौंला कहाँ नेपालै नरहे..." मा स्थानीय कलाकारहरूले सामूहिक साङ्गीतिक प्रस्तुति गरेका थिए।
जुलाई महिनामा हुने एनआरएनए राष्ट्रिय अधिवेशन तथा अक्टोबरमा आयोजना हुने १२औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि सदस्यता वितरण अभियान तीव्र गतिमा अघि बढिरहेको छ।
अघिल्लो अधिवेशनमाझैँ यसपटक पनि ६२ देशमा सदस्यता वितरण अभियान सञ्चालनमा छ। हालको प्रतिकूल परिस्थितिका बाबजुद हालसम्म ६० हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिइसकेका छन्। अमेरिका, कतार, मलेसिया, युएईजस्ता देशहरूमा सदस्यता वितरण अभियान हालै मात्र सुरु भएकाले यसपटक पनि करिब पहिले कै संख्यामा ९७ हजार सदस्यता पुग्नेमा आशावादी रहेको एनआरएनएले जनाएको छ।
एनआरएनएका अनुसार जापान, अष्ट्रेलिया, क्यानाडा, आयरल्यान्ड र न्यूजिल्याण्डजस्ता देशहरूमा (जहाँ सदस्यता वितरण प्रक्रिया बन्द भइसकेको छ) पहिलेको तुलनामा बढी सदस्यता बनेका छन्। साउदी अरेबिया र बेलायत (यूके) ले अघिल्लो सदस्य संख्याको हाराहारीमा सदस्यता हासिल गरेका छन्। यस्तै, करिब २५०० नेपाली बसोबास गर्ने आयरल्यान्डमा ५० प्रतिशतभन्दा बढी नेपालीहरू (१४०० जना) ले एनआरएनएको सदस्यताका लागि आवेदन दिएका छन्।
सदस्यता नलिएकाहरूले आफ्नो मोबाइल फोनमा SMART NRNA एप डाउनलोड गरी आजै सदस्यताको लागि आवेदन दिन सक्ने छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...