नौ महिनादेखि दुई नेपाली युक्रेनको जेलमा
१२ माघ २०८१
•
२ मिनेट पाठ
नौ महिनादेखि दुई नेपाली युक्रेनको जेलमा
दलालको प्रलोभनमा परेर युक्रेन पुगेका दुई नेपालीहरू विगत ९ महिनादेखि त्यहाँको जेलमा बस्न बाध्य भएका छन्।




नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेहरथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका छन्।

'राम्रो कमाइ हुन्छ भनेर भारतीय एजेन्टको कुरा विश्वास गरेर नयाँ दिल्लीबाट यहाँ आएका थियौं, तर यहाँ सोचे जस्तो भएन। तीन महिनाको भिसा सकिएपछि भिसा थप्न गएका बेला हामी सेनाको कब्जामा परेका छौं र अहिले जेलभित्र छौं,' फुर्वा शेर्पाले शुक्रबार नागरिक न्यूजसँग भने। उनीहरूले भारतीय एजेन्टलाई टिकटक मार्फत भेटेका थिए।

सो डिटेन्सन केन्द्रमा हाल दुई जनामा मात्र नेपाली रहेका छन्। उनीहरूले कालो बन्द कोठामा विहान पाउरोटी र साँझ पाउरोटीको भरमा जीवन बिताइरहेका छन्।

उनले आफूहरूको उद्धारको लागि नेपाली दूतावास जर्मनी र रूससँग पटक-पटक बिन्ती गरे पनि नेपाल सरकारको तर्फबाट कुनै सुनुवाइ नभएको गुनासो गरे।

यता जर्मनीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयाँलले नेपाली दूतावासको तर्फबाट गर्न सकिने सबै प्रयास गरिएको दाबी गरेका छन्।

'उनीहरूलाई माल्दोवाको ट्रान्जिट भिसामा मात्र बाहिर निकाल्न सकिन्छ, तर उनीहरू अहिले अनडोक्युमेन्टेड (भिसा सकिएको) अवस्थामा रहेका कारण कानूनी रूपमा ट्रान्जिट भिसा मिलाउन अप्ठ्यारो छ,' उपप्रमुख फुयाँलले भने।

उनले युक्रेनस्थित आईएमओ, बोर्डर प्रहरी, अध्यायन विभाग र युक्रेनका लागि श्रीलंकन अनरीकाउन्सिलरको समन्वयमा उद्धारको प्रयास जारी रहेको पनि जानकारी दिए।

'हामीले युक्रेनको सरकारी निकायसँग १० औं पटक पत्राचार गरेका छौं। उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउन नेपाली दूतावास बर्लिन र मस्कोले समन्वय गरेर काम गरिरहेका छन्। छिट्टै सकारात्मक नतिजा आउनेमा हामी विश्वस्त छौं,' फुयाँलले थपे।

शेर साम्बो शेर्पाले नेपालमा एक छोरी र श्रीमतीलाई छाडेर युक्रेन आएको अवस्थामा छिट्टै नेपाल फर्कंने वातावरण बनाइदिन नेपाल सरकारसँग अनुरोध गरेका छन्।

अर्को समाचार
एनआरएनए महाधिवेशनका लागि सदस्यता अभियान तीव्र
१४ असार २०८२
•
१ मिनेट पाठ
एनआरएनए महाधिवेशनका लागि सदस्यता अभियान तीव्र
जुलाई महिनामा हुने एनआरएनए राष्ट्रिय अधिवेशन तथा अक्टोबरमा आयोजना हुने १२औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि सदस्यता वितरण अभियान तीव्र गतिमा अघि बढिरहेको छ।




अघिल्लो अधिवेशनमाझैँ यसपटक पनि ६२ देशमा सदस्यता वितरण अभियान सञ्चालनमा छ। हालको प्रतिकूल परिस्थितिका बाबजुद हालसम्म ६० हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिइसकेका छन्। अमेरिका, कतार, मलेसिया, युएईजस्ता देशहरूमा सदस्यता वितरण अभियान हालै मात्र सुरु भएकाले यसपटक पनि करिब पहिले कै संख्यामा ९७ हजार सदस्यता पुग्नेमा आशावादी रहेको एनआरएनएले जनाएको छ।

एनआरएनएका अनुसार जापान, अष्ट्रेलिया, क्यानाडा, आयरल्यान्ड र न्यूजिल्याण्डजस्ता देशहरूमा (जहाँ सदस्यता वितरण प्रक्रिया बन्द भइसकेको छ) पहिलेको तुलनामा बढी सदस्यता बनेका छन्। साउदी अरेबिया र बेलायत (यूके) ले अघिल्लो सदस्य संख्याको हाराहारीमा सदस्यता हासिल गरेका छन्। यस्तै, करिब २५०० नेपाली बसोबास गर्ने आयरल्यान्डमा ५० प्रतिशतभन्दा बढी नेपालीहरू (१४०० जना) ले एनआरएनएको सदस्यताका लागि आवेदन दिएका छन्।

सदस्यता नलिएकाहरूले आफ्नो मोबाइल फोनमा SMART NRNA एप डाउनलोड गरी आजै सदस्यताको लागि आवेदन दिन सक्ने छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस