गतिलो कानून नबन्दा देश रित्तिने अवस्था आयोः एनआरएनए अध्यक्ष डा.केसी
११ भदौ २०८१
•
३ मिनेट पाठ
गतिलो कानून नबन्दा देश रित्तिने अवस्था आयोः एनआरएनए अध्यक्ष डा.केसी
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको सम्पत्ति सम्बन्धी अधिकारबारे प्रष्ट कानुन नबन्दा देशै रित्तिने अवस्थामा पुगेको बताएका छन्।




डा. केसीले गैरआवासीय नेपाली संघ यूकेद्वारा सोमवार अल्डरशटमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपालीहरुको सम्पत्ति सुरक्षामा जोड दिए।

डा. केसीले भने, ‘आफु जन्मेको गाउँ, त्यो खरले छाएको घरमा ताल्चा लगाएर आफ्नो जन्मस्थल छोडेर विदेश बस्न आउने रहर छैन्। रहर नहुँदा नहुँदै पनि विदेशी नागरिकता लिए पछि नेपालको कानून अनुसार हाम्रो सम्पत्ति गैरकानूनी हुने अवस्था आउँदा हाम्रा पहाड, धरान, धनकुटा रित्तिए। हामी आफ्नो जन्मस्थलमा फर्किन चाहन्छौं, त्यसको लागि हाम्रो सम्पत्ति कानून अनुसार सुरक्षित हनु पर्छ।’

डा.केसीले गत वर्षदेखि कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताले गैरआवासीय नेपालीहरुको  सम्पत्तिको सुरक्षा गरेको दावी गरे।

उनले बेलायतमा रहेका भूपूगोर्खाहरुको हक र हितको लागि गैरआवासीय नेपाली संघले आवाज उठाउदै आएको बताए। उनले भूपूगोर्खाहरुको समान पेन्सन र अधिकारको आन्दोलनको मागलाई बेलायत र नेपालका प्रधानमन्त्रीबीच प्रत्यक्ष वार्ता मार्फत सम्बोधन गर्न माग गरे।

उनले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्न सके मात्र गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धी विवादको अन्त्य हुने बताए।

उनले गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई सर्वोच्च अदालतको पछिल्लो फैसलाले आधिकारिक रुपमा काम गर्ने बाटो खोलिदिएको उल्लेख गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संस्था ठूलो बन्दै गए पछि सबै पक्षलाई संगै लिएर हिँड्न असम्भव जस्तै हुने धारणा राखे।

उनले भने, ‘यो संस्थामा सबै जाति, सबै विचारधारा, सबै जाति र दोस्रो पुस्ता लगायत सबैलाई एउटै थलोमा लिएर हिड्न असम्भव जस्तै छ। सबैलाई एकै पटक लिएर संस्था अघि बढ्न खोज्दा विवाद हुनु स्वाभाविक हो, तर गैरआवासीय नेपाली संघ नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको छ। यो एउटै छ।’

उनले गैरआवासीय नेपाली संघभित्र एकता कायम राख्न  संघका सबै पूर्वअध्यक्षहरु एउटै ठाउँमा उभिन आग्रह गरे।

कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि कार्यवाहक राजदूत रोशन खनालले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीचको सहकार्यबाट मात्र देशको समृद्धि सम्भव रहेको बताइन्। उनले नेपाली दूतावास लण्डन गैरआवासीय नेपालीहरुसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबिद्धता जनाइन्।

संघका अर्का उपाध्यक्ष रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई ओझेलमा पार्ने प्रयासलाई सर्वोच्च अदालतको हालैको फैसलाले असफल पारिदिएको बताए। उनले हितकाजी गुरुङ्ग अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ यूकेनै  एकमात्र आधिकारिक एनआरएनए भएको  बताउँदै कुनै पनि दुविधामा नपर्न आग्रह गरे।

एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षमा अयोजित कार्यक्रममा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, गैरआवासीय नेपाली संघका सल्लाहकार सूर्य गुरुङ, संघकी सचिव टिका गुरुङ, एनआरएनए  यूरोप उपसंयोजक रोर्वट लिम्बु, प्रवक्ता फडिन्द्र पन्त, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

महासचिव गोविन्द खरेलले संचालन गरेको सार्वजनिक सुनुवाईमा सयपत्री परिवारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।
अर्को समाचार
बेलायतमा हराएका सचिन सकुशल फर्किए
१२ मंसिर २०८१
•
१ मिनेट पाठ
बेलायतमा हराएका सचिन सकुशल फर्किए
लन्डन बेलायतमा गत आठ दिनदेखि हराइरहेका नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन्। बिस्टलमा संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार बेलुका सचिन आफ्नो डेरामा फर्किएको जानकारी दिए।




यसअघि, सचिनले ब्रिस्टल प्रहरीमा बयान दिएका थिए, तर कसरी हराए र कसरी भेटिए भन्ने बारे प्रहरीले केही जानकारी दिएको छैन।  

सचिन भट्टराई उच्च शिक्षा अध्ययनका लागि दुई महिना पहिले मात्र बेलायत आएका थिए। युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत २४ वर्षीय सचिन १६ नोभेम्बर शनिबार बेलुकीदेखि सम्पर्कविहीन भएका थिए। उनी स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए।  

सचिनका पिता शशीकान्त भट्टराईले ब्रिटिश प्रहरी, नेपाली दूतावास, र बेलायतस्थित नेपाली समुदायलाई खोजीमा सहयोग र चासो देखाएकोमा धन्यवाद दिएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस