बालीनालीमा विषादी: ध्यान दिनुपर्ने विषय
३० जेष्ठ २०७७
•
५ मिनेट पाठ
बालीनालीमा विषादी: ध्यान दिनुपर्ने विषय

अस्मिता न्यौपाने

किसानले खेतबारीमा लगाउने विभिन्न बालीनाली सुरक्षाका लागि शत्रुजीवविरुद्ध प्रयोग गर्ने रासायनिक वस्तुलाई सामान्यतः विषादी भनिन्छ । यसरी विषादी प्रयोग गर्दा मानव स्वास्थ्ययलगायत वातावरणमा पर्ने असर विकराल छन् । तरकारी र फलफूलमा जथाभावी विषादी प्रयोगले किसान र उपभोक्ताको स्वास्थ्यमा घातक जोखिम बढाएको छ । विषादी अवशेष धेरै रहेका फलफूल र तरकारी बजारमा आइरहँदा सहरी क्षेत्रका उपभोक्ताको स्वास्थ्ययमा बढी जोखिम थपिँदै गएको छ । व्यावसायिक खेतीको विकास सँगसँगै  खाद्यान्न तथा तरकारीमा प्रयोग गरिने विषादीको मात्रा पनि बढ्दै गएको छ ।  




विषादी प्रयोग गर्दा प्रत्यक्ष असर पर्ने भए पनि अधिकतर किसान यसबारे अनभिज्ञ छन् । उनीहरू बालीमा विषादी छर्दा हात–मुख र छालालगायत शरीरका भाग छोप्न लुगा, मास्क, चस्मा आदि लगाउँदैनन् ।
 

सबै किसिमका रासायनिक विषादीले स्वास्थ्यमा नकारात्मक असर पार्ने भए पनि धेरैजसो किसानलाई विषादीका किसिम, प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कता र त्यसले निम्त्याउन सक्ने हानिबारे जानकारी कमै  भएको पाइन्छ । सन् २०१५ मा प्रकाशित एक रिपोर्टका अनुसार १५ वर्षको तथ्यांक हेर्दा विषादीको आयात ७ गुणाले बढेको छ । २०१८÷१९ मा मात्र  नेपालमा ६३५ मेट्रिक टन विषादी आयात र प्रतिहेक्टर ३९६ ग्राम खपत भएको थियो । फलफूल तथा तरकारी टिप्ने समय नजिक आइसक्दा पनि विषादी प्रयोग गर्ने  र  टिपिसकेपछि समेत  ताजा देखाउन विभिन्न किसिमका  हानिकारक रासायनिक वस्तुको प्रयोग भएको पाइन्छ ।  

विभिन्न अध्ययनअनुसार  नेपालमा ५० प्रतिशतभन्दा बढी किसानलाई विषादीको सुरक्षित  प्रयोग कसरी गर्ने भन्नेबारे थाहै छैन । तरकारी र फलफूलमा विषादी आवश्यक भए पनि सही रूपमा प्रयोग नगर्दा खतरा बढेको हो । विश्वका अन्य देशका तुलनामा विषादी प्रयोगको मात्रा नेपालमा कम भए पनि व्यवस्थित नहुँदा किसान तथा उपभोक्ताको स्वास्थ्ययमा प्रत्यक्ष असर परेको हो ।

विषादी प्रयोग गर्दा प्रत्यक्ष असर पर्ने भए पनि अधिकतर किसान यसबारे अनभिज्ञ छन् । उनीहरू बालीमा विषादी छर्दा हात–मुख र छालालगायत शरीरका भाग छोप्न लुगा, मास्क, चस्मा आदि लगाउँदैनन् ।  धेरै किसानलाई विषादी प्रयोग गर्दा हुने हानिबारे ज्ञान नहुँदा क्यान्सरजस्ता खतरनाक रोगको सिकार बन्ने गरेका छन् । यस्तै विषादीका कारण कतिपय पन्छी पनि लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समय अस्पतालमा क्यान्सरका बिरामीको संख्या बढ्दै गएको चिकित्सक बताउँछन् । बालबालिकामा रगत तथा छालाको क्यान्सर हुने गरेको भेटिएको छ । विषादी प्रयोगका कारण महिलालाई क्यान्सर हुने, गर्भपतन हुन सक्ने, बच्चा अपांग तथा सुस्त मनस्थितिको बन्नेलगायत खतरा हुने गरेको विज्ञ बताउँछन् ।

विषादी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

१) विषादीको सही मात्रा कति हो राम्रोसँग बुझेर त्यहीअनुसार उचित मात्रा पानीमा मिसाएर प्रयोग गर्ने ।

२) विषादी खरिद गर्दा एग्रोभेट, बिक्रेता तथा विज्ञमार्फत सम्पूर्ण जानकारी लिएर मात्र खरिद गर्ने ।  

३) विषादीको खतराका आधारमा बट्टामा हरियो, पहेंलो, नीलो र रातो गरी ४ रङ अंकित गरिएका हुन्छन् । हामीले सकेसम्म हरियो चिह्न भएको विषादी प्रयोग गर्नुपर्छ र रातो रङअंकित विषादी सबैभन्दा खतरा हुने भएकाले सकेसम्म प्रयोग नगर्ने ।  

४) विषादी प्रयोग गर्दा टोपी, चस्मा, मास्क, पञ्जा र  पूरा शरीर ढाक्ने  कपडा लगाउनुपर्छ । मास्क नभएका खण्डमा कुनै कपडा मुख र नाक छोप्ने गरी बेर्ने ।  

५) विषादीलाई नांगो हातले छुन हुँदैन र विषादी राख्ने मेसिन अथवा भाडा नचुहिने र सुरक्षित हुनपर्छ ।

६) विषादी छरिसकेपछि साबुन–पानीले राम्रोसँग नुहाउनुपर्छ र विषादी छर्दा लगाएका कपडा पनि साबुन–पानीले राम्रोसँग धुनुपर्छ ।

७) विषादी छरिसकेपछि मेसिन तथा भाँडालाई पानीले राम्रोसँग सफा गर्नाका  साथै त्यो भाँडा पखालेको पानीलाई जथाभावी नफाली उचित व्यवस्थापन गर्नुपर्छ ।

८) विषादी प्रयोग गरेपछि तरकारी तथा फलफूल निश्चित समयसम्म पर्खिएर मात्र टिप्नुपर्छ र विषादी छरेको केही दिनसम्म ती वस्तु टिपेर बजारमा बेच्न हुँदैन ।

९) बचेको खण्डमा विषादीलाई राम्रोसँग बन्द गरेर बालबालिकाले नभेट्ने ठाउँमा सुरक्षितसाथ  राख्नुपर्छ ।

उपभोक्ताले ध्यान दिनुपर्ने कुरा

१) बजारबाट तरकारी वा फलफूल खरिद गर्दा राम्रोसँग बुझेर हेर्दा  ठूलो, हरियो, आकर्षकभन्दा पनि सानो, खुम्रिएको, कम विषादी प्रयोग भएजस्तो देखिनेलाई प्राथमिकता दिने ।  

२) तरकारी वा फलफूल किनेर घरमा ल्याइसकेपछि त्यसलाई तातोपानीमा १५–२० मिनेटसम्म डुबाएर राख्ने अनि राम्रोसँग पखालेर मात्र प्रयोग गर्ने.

३) एक चम्चा नुन अथवा भिनेगर  १ लिटर पानीमा राख्ने र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी वा फलफूललाई डुबाएर राख्ने अनि  पखालेर मात्र खाने ।  

४) धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने भएकाले तरकारी वा फलफूलको बोक्रा छोडाएर प्रयोग गर्ने ।

५) बेमौसमी फलफूल र तरकारीमा अलि बढी विषादी प्रयोग हुने भनेकाले सकेसम्म त्यस्ता तरकारी र फलफूललाइ प्राथमिकता नदिने ।

घरेलु विषादी

घरेलु विषादी गाउँमा पाइने सयपत्री, टिमुर, असुरो, हात्तीबार, सिमली, लसुन, अकबरे खुर्सानी, तीतेपाती, सुर्ती, बकाइनो, गोदावरी फूल, बोझो, सिस्नुलगायत वनस्पतिको मिश्रणबाट बनाउन सकिन्छ । यी सबै वनस्पतिलाई टुक्र्याएर एउटा ड्रममा खाँद्नुपर्छ र १ महिनासम्म हावा नछिर्ने गरी राखेर तयार भएको विषादी जति नै गहुँत फिट्नुपर्छ । विषादीलाई १ भागमा २० भाग पानी हालेर प्रयोग गर्नुपर्छ ।  

यसरी बालीनालीमा छर्नाले लाही, झुसिलकीरा, भाइरस, काँक्रो, फर्सीको धुले, ढुसी रोग, पात बटार्ने रोग आदि रोकथाम गर्न सकिन्छ । त्यसैगरी बिरुवाको फेदमा फुको खरानी छर्ने अथवा पानीमा खरानी घोलेर छर्ने गरेमा शंखेकीरा काट्नेकीराजस्ता किरा नियन्त्रण गर्न सकिन्छ । एक भाडा पानीमा साबुन हालेर उमाल्ने, अनि त्यसमा चिसो पानी मिसाएर बनेको झोल विषादीका रूपमा  प्रयोग गर्न सकिन्छ । त्यसैगरी बजारमा पाइने विभिन्न किसिमका कीरा चप्काउनी र मार्ने  पासाको प्रयोगबाट पनि कीरा नियन्त्रण गर्न सकिन्छ ।  
अर्को समाचार
ढोरपाटनमा व्यापक हिमपात
११ फागुन २०८०
•
१ मिनेट पाठ
ढोरपाटनमा व्यापक हिमपात
बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ। हिमपात बिहीबार रातिदेखि भएको हो। हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ।




हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन्। हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिए।

हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ। बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउँछन्। यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ।

‘बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन’, अदैले भने, ‘एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मङ्सिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ।’

गत मङ्सिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो। तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन्।

ढोरपाटनसँगै बागलुङको उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन्। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए। हिमपातले जनजीवनमा सामान्य असर परेको उनले बताए। –रासस
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस