युद्धमा 'पराजित' मिडिया!
२९ वैशाख २०८२
•
३ मिनेट पाठ
युद्धमा 'पराजित' मिडिया!
युद्धमा कोही विजेता बन्दैन। तर ‘युद्ध विराम’मा सबै विजयी बन्न सक्छन्। भारत र पाकिस्तानबिच आइतबारबाट भएको युद्धविरामसंगै सर्वत्र खुसीयाली छाएको छ। आज बुद्ध पूर्णिमाको दिन, उनीहरू वार्तामा बस्दै छन्। शान्तितर्फ मोडिँदै गएको युद्धविरामसंगै केही मिडिया भने पराजित मानसिकतामा पुगेका छन्।




युद्धको समाचारलाई उत्सवको रूपमा लिएर हल्ला फैलाउँदै आएका कतिपय सञ्चारमाध्यम अचानक भएको युद्धविरामसंगै कसरी युटर्न लिने भन्ने अन्योलमा परेका छन्। युद्धको समाचारमा आफ्नै देशका जनताले समेत नपत्याउने गरी हल्ला मच्चाएका ती मिडियाले युद्ध विरामको सुन्दर तस्बिरलाई समेत बिगार्ने दुष्प्रयास गर्देछन्। त्यो युद्ध थियो या थिएन। त्यसको आफ्नै व्याख्या होला। तर भारत–पाकिस्तान सीमाको दुवै तर्फबाट फैलाइएको गलत सूचनाको आक्रमणले यसलाई युद्ध जस्तै महसुस गरायो। झुटा शब्दहरूद्वारा प्रहार गरिएका ती समाचार मिसाइल आक्रमणभन्दा खतरनाक थिए।

युद्धलाई उत्सवजस्तै मानेर होहल्ला फैलाउँदै आएका कतिपय भारतीय तथा पकास्तिानी सञ्चारमाध्यम अचानक भएको युद्धविरामसंगै कसरी युटर्न लिने भन्ने अन्योलमा परेका छन्। युद्धको समाचारमा आफ्नै देशका जनताले समेत नपत्याउने गरी हल्ला मच्चाएका मिडियाले युद्ध विरामको सुन्दर तस्बिरलाई समेत बिगार्ने दुष्प्रयास गर्देछन्।
हल्लाको भरमा आएका कतिपय रिपोर्टिङले युद्ध झनै भड्काउने अवस्था समेत आएको बताउँदै यसले समग्र पत्रकारितालाई नै समस्यामा पारेको कतिपयको बुझाइ छ। 'गोदी मिडिया'को झुट युद्ध भन्दै प्रसिद्ध भारतीय पत्रकार रविश कुमारले पत्रकारिताको कुरूप रूप सम्झाए। भारतले आतंकवादीलाई प्रहार गरेको तर युद्ध नगरेको गरेको बताउँदै 'गोदी मिडिया'ले आफ्नै पाराले त्यसलाई युद्ध बनाएको सुनाए। उनले मिडियाले नचाहिने दावा गरेकाले समग्रतामा विश्वसनीयता गुमेको बताए। 'गोदी मिडिया'ले छाडेको भ्रम कसैले पनि नपत्याएको समेत उनले दाबी गरे। 

‘भारतले कराची कब्जा गरेको भए, सरकारले त्यसको रिपोर्ट गर्थ्यो,’ एउटा उदाहरण दिँदै रविशकुमार भन्छन्, ‘तर भारतीय मिडिया आफैँले त्यस्तो अफवाह फैलाए।’

मिडियाले फैलाएको अफवाहले नागरिक समेत निराश छन्। ‘गोदी मिडियाले टिआरपीको चक्करमा देशलाई युद्धमा झोकिदियो,’ सामाजिक सञ्जालमा अजय कुमार लेख्छन्, ‘त्यसैले युद्धविराम उनीहरूलाई मन परेको छैन।'

पाकिस्तानी मिडियाको अवस्था पनि झनै खराब देखियो। भारतीय मिडियाले फैलाएको झुटको विवरण दिँदै गर्दा उनीहरू अर्को झुट बोलिरहेका देखिन्थे। धेरै जहाज खसालेको, भारतलाई धेरै नोक्सान पुगेको लगायतका प्रमाणहीन खबर स्वय‌ं पाकिस्तानीले पनि पत्याएको देखिएन। केही भने झुटा समाचारमै रमाउँदै सेयर गर्दे थिए।

भारतमा आक्रमण भएका कुरा पाकिस्तानी मिडियाले भन्थे भने पाकिस्तानमा आक्रमण भएको कुरा भारतीय मिडियाले। समाचारको कुनै सत्य तथ्य श्रोत हुँदैनथ्यो। कहिले कराची कब्जामा भन्ने समाचार आउँथ्यो तर कहिले पन्जाब ध्वस्त भन्ने खबर आउँथ्यो।

युद्धमा हरेक कुरा जायज हुन्छ। तर युद्ध भड्काउने कुरा जायज हुँदैन। किनकि युद्धमा कोही विजेता बन्दैनन्। मानवता पराजित हुन्छ।
मिडियाको फैलाएको भ्रममा नेताहरू समेत परेका देखिए। पाकिस्तानी विदेश मन्त्रीले विदेशी सञ्चार माध्यममा पाकिस्तानले जहाज खसालेको कुराको प्रमाण के छ भनेर सोध्दा, सोसल मिडिया हेर्नुस् न भनेको कुराले हल्ला कुन हदसम्म फैलिएको थियो भन्ने प्रमाणित गर्छ।

भारत र पाकिस्तान तनाव बढ्दै गर्दा दुवै देशका मिडियाको पारो चढेको थियो। मिसाइलभन्दा तेज गतिले चलेको तर नियन्त्रणभन्दा बाहिर गएको उनीहरूको आवाज कुनै भयानक युद्धभन्दा कम थिएन। युद्धमा हरेक कुरा जायज हुन्छ।  तर युद्ध भड्काउने कुरा जायज हुँदैन। किनकि युद्धमा कोही विजेता बन्दैनन्। सबै पराजित हुन्छन्। यस पटकको युद्ध विराममा  दुवै देश विजयी बन्दै छन्। तर युद्ध भड्काउन खोज्ने मिडिया सर्वत्र पराजित बन्न पुगेको छ।
अर्को समाचार
बालेन-ओली घोचपेचले ततायो सामाजिक सञ्जाल
०७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
बालेन-ओली घोचपेचले ततायो सामाजिक सञ्जाल
नेपाली राजनीतिमा एकअर्कालाई घोचपेच गर्ने चलन पुरानो हो। तर, प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन साहबिचको घोचपेचले धेरैको ध्यान तानेको छ।




तीन वर्षअघि बालेनलाई ओलीले बालकोट निवासमा बोलाएर तबला उपहार दिएका थिए। सङ्गीतप्रेमी बालेनले त्यो तबला कति बजाए, सुनिएको छैन। तर, सामाजिक सञ्जालमार्फत उनले बजाएको ‘तबला’ भने टाढासम्म सुनिएको छ।

यो घोचपेचको पछिल्लो आवाज आइतबार रातिदेखि सुनिन थालेको हो। सिंहदरबारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा बालेन नगएपछि ओलीले सोमबार उनलाई खोज्दै ‘फेरि नआए नाम काट्ने’ भने। 

यो भनाइ सार्वजनिक भएलगत्तै बालेनको फेसबुक स्टाटस आयो। उनले ओलीलाई ‘भ्रष्टाचारी’को आरोप लगाउँदै लेखे, ‘सरी, केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम।’ उनले थपे, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा सबै पार्टी एकजुट भएर भ्रष्टाचारी जोगाउँछन्, त्यसको नेताको कार्यक्रममा म जानुपर्छ?’

यो स्टाटस सामाजिक सञ्जालमा तुरुन्तै भाइरल भयो। सर्वसाधारणदेखि नेतासम्मका टिप्पणीले पनि ध्यान खिच्यो। कतिपयले प्रधानमन्त्री सिस्टमको हिस्सा भएकोले उनले बोलाउँदा जानुपर्ने तर्क गरे, भने कतिपयले मन नपरे राजाले बोलाए पनि नजानुपर्ने बताए।

नेपाली कांग्रेसका पूर्वनेता जयप्रकाश आनन्दले पूर्वप्रधानमन्त्रीहरूले राजाको हरेक कार्यक्रममा नगएको उदाहरण दिँदै ओलीलाई सानातिना कुरामा नअल्झिन सुझाए। उनले लेखे, ‘गिरिजाप्रसाद कोइराला धेरैपटक प्रधानमन्त्री भए, तर अपवादबाहेक दसैंको टीका थाप्न दरबार गएनन्।’ 

त्यस्तै, मातृकाप्रसाद कोइराला पनि टीका थाप्न विराटनगर वा बानेश्वर गए, तर नारायणहिटी नटेके। उनले थपे, ‘टीका थाप्न नआएको भनेर राजा वा उनका माध्यमबाट कहिल्यै अवज्ञाको आरोप लगाइएन।’ उनले सुझाए, ‘प्रिय कमरेड ओली, सानातिना कुरामा नअल्झिनुस्, अगाडि बढ्नुपर्ने बाटोमा ध्यान दिनुस्।’

कतिपयले भने ओलीको भनाइलाई समर्थन गरे। रमेश अर्यालले सामाजिक सञ्जालमा लेखे, ‘प्रधानमन्त्री भएर होइन, यो सिस्टमको कुरा हो। पदमा रहँदा मन लागे पनि नलागे पनि नैतिक जिम्मेवारी हुन्छ।’

ओली र बालेनको यो घोचपेच पहिलो होइन। ओलीले बोलाएका सिंहदरबारका विभिन्न बैठकमा बालेन पटकपटक अनुपस्थित भए। महानगरका कामकारबाहीमा पनि ओलीले उनलाई निशाना बनाए। एमालेले उपमेयर सुनिता डंगोललाई अगाडि सारेर महानगरमा प्रभाव जमाउन खोजेको र बालेनले ओलीलाई गाली गरेर सामाजिक सञ्जालमा चर्चा कमाउन खोजेको भन्दै पटकपटक विवाद भएको छ।

एक वर्षअघि पनि बालेनले ओलीलाई निशाना बनाएर कडा टिप्पणी गरेका थिए। न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ सडक बनाउन लागेको भन्दै उनले ओलीमाथि आरोप लगाए। उनले फेसबुकमा लेखे, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुस्, केपी ओली।’ उनले थपे, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र जग्गा दिलाउँछौं भन्नुभएछ। गिरिबन्धुको नीतिगत घोटालामा तपाईंको संलग्नता बिना पात पनि हल्लिँदैन।’

बालेनले गिरिबन्धुमा पीडितको बैना समयमै फिर्ता गर्न चेतावनी दिँदै लेखे, ‘कोही नयाँ आएर फाइल पल्टाउन सक्छ। हुन त, पहिले पनि जेल बस्नुभएको हो। धन्यवाद।’

यो घोचपेचको सुरुवात सम्भवतः सुकुम्बासी बस्तीको विषयबाट भएको थियो। चुनाव जितेलगत्तै ओलीबाट तबला पाएका बालेनले तीन वर्षअघि सुकुम्बासी बस्तीको विषयमा पहिलोपटक टिप्पणी गरे। उनले सुकुम्बासीहरूलाई ओलीको भोटबैंक मात्र भएको भन्दै व्यङ्ग्य गरे। ओलीले थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद देखाएको बताएपछि बालेनले जवाफ दिए, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरियो। त्यहाँ अशक्त र बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजरले सत्ताको उन्माद देखाइयो।’

बालेनले लेखे, ‘दुईतिहाइको सरकारको प्रधानमन्त्री हुनुभयो, तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन? सुकुम्बासी तपाईंका लागि भोटबैंक मात्रै भए। तिनलाई गुठी आन्दोलनजस्ता स्वार्थविपरीतका कुरामा प्रयोग गर्नुभयो।’

यो घोचपेचलाई कतिपयले रमाइलो मानेका छन् भने कतिपयले गम्भीर रूपमा लिएका छन्। सुनिल लामाले सामाजिक सञ्जालमा लेखे, ‘प्रधानमन्त्री र मेयरबिचको यो स्तरको घोचपेच राम्रो होइन। यसले दुवैलाई अगाडि बढाउँदैन, बरु मुलुकलाई पछाडि धकेल्छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस