संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अगाडि बढाउन दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सरकारले बनाएको सिफारिस समितिमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिबद्धतापछि मात्रै सदस्य पठाइने भएको छ।
विशेष अदालतले सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणमा कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जनालाई दोषी ठहराउँदै ५ जनालाई सफाई दिएको छ।
सगरमाथालगायत हिमाल चढ्ने क्रममा फोहोर थुप्रिरहेको खबर आइरहेका बेला सर्वोच्च अदालतले आरोहीलाई नै सरसफाइका लागि जिम्मेवार बनाउन सरकारका नाममा परमादेश जारी गरेको छ।