पार्टीमा युवाको आकर्षण बढाउन भन्दै १४औं महाधिवेशनमा क्रियाशील सदस्यता बढाएर दोब्बर बनाएकै हो । २०७९ को निर्वाचनमा सात लाख ५४ हजार मत गुमाएर २७ लाख १५ हजार दुई सय २५ अर्थात् २५.७१ मत मात्र पाएको थियो ।
तल्लो तहमा केन्द्रबाट पठाइएको ६ लाख क्रियाशील सदस्यता फाराममध्ये चार लाखमा सिरियल नम्बर नभएका कारण फेरि पठाउनुपर्दा तोकिएको मितिमा महाधिवेशन नहुने र कम्तीमा एक महिना पर सर्ने निकट स्रोतको दाबी छ।
अन्यथा संक्रमणकाललाई छोट्याउन छोटो समयका लागि संसद् पुनःस्थापना गरेर संविधान संशोधनसहित सर्वपक्षीय सरकार गठन गरे निर्वाचनमा पुग्नु अर्को बाटो हुन सक्छ ।
भदौ २४ पछि फेरिएको अवस्थामा कांग्रेस र तिनका नेतालाई फेरि जीवनोपयोगी मह बनाउने मौरीको भूमिकामा खोजेका थिए । तर कांग्रेसको भूमिका उस्तै देखिएजस्तो लागे पनि मौरी र झिँगाको भूमिकामा फरक छ । कांग्रेस अहिल...