पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि संस्थापन इतरबाट सभापतिका आकांक्षीहरू एकअर्कालाई आफ्नो पक्षमा पार्न कार्यवाहक सभापति र प्रधानमन्त्रीजस्ता पदको लोभ देखाउन लागि परेका छन्।
मुलुक संघीयतामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। प्रदेशको परिणामले केन्द्रीय महाधिवेशन र नयाँ नेतृत्व चयनमा प्रभावित गर्ने भएकाले दुवै पक्षका नेताहरू टिम निर्माण गरेर प्रतिस्पर...
कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ...
नेपाली कांग्रेस र बिपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त र आदर्शका साथै अहिलेको सन्दर्भमा कांग्रेस कहाँ छ भन्ने केही हदसम्म जानकारी लिन पुस्तक सान्दर्भिक हुनेछ।
‘अहिलेसम्मको अवस्था हेर्दा देउवा नै आगामी महाधिवेशनबाट सभापति हुने देखिन्छ,’ केन्द्रीय सदस्य मीन विकले भने, ‘संस्थापन इतरका नेताहरू गठबन्धन कसरतमा हुनुहुन्छ। त्यो हेर्न बाँकी नै छ तर अहिलेसम्मको तयारी...
देउवाविरुद्ध सहज जित निकाल्न र सबैले स्वीकार्य नेतृत्व आफू भएको जिकिर गर्दै पौडेलले शेखरलाई उपसभापतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। तीन तहको निर्वाचनपछि पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव...
संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्थ...
एकअर्काका कमजोरीलाई नजिकबाट नियालेका दुवै नेता त्यसमै टेकेर आआफ्नो आवश्यकता एकअर्कालाई महसुस गराउने रणनीतिमा रहेको विश्लेषण गर्दै एक नेताले भने, ‘तर त्यो दुवैका लागि आत्मघाती हुन्छ।’