विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय भएको छ। आज बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो।
प्रधानसेनापति प्रभुराम शर्मालेले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुत मार्गको सुरु र अन्तिम बिन्दुमा देखिएको जग्गाको विवाद समाधान गरिदिन अनुरोध गरेका छन्।
सर्वोच्च अदालतले एनसेलविरुद्ध परेको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले एनसेललाई शेयर बिक्री गर्न दिनुको कारण सोधेको हो।