परियारले आफुलाई प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भएको बताई ठगि गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी गंगाबहादुर थापाले बताए।
बागलुङमा राम्रो जनमत भएको नेपाली काँग्रेसले प्रतिनिधिसभाका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ राजमो र क्षेत्र नम्बर २ माओवादी केन्द्रलाई जिम्मा लगाएर चार वटै प्रदेश सभा सदस्यमा उम्मेदवार उठाएको थियो।
बागलुङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुन सुरु भएको छ। प्रारम्भी परिणाम अनुसार बागलुङ क्षेत्र नम्बर १ मा एमालेका सूर्य पाठक र क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका देबेन्...