कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकी गर्भवती महिला शंकास्पद अवस्थमा मृत फेला परेकी छिन् । ७ महिनाको गर्भवती १८ वर्षिया अनिता बानिया घरमा मृत अवस्थामा फेला परेकी हुन ।
कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा कोरोना संक्रमित पुष्टी भएकाहरुसंग सम्पर्कमा रहेको ब्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ रोकिएको छ । एकातिर नयाँ निर्देशिका अनुसार लक्षण नदेखिएका संक्रमितलाई बिना पिसिआर जा...
कपिलवस्तु कारागारमा सोमबारदेखि नेपाली सेना खटिएका छन् । कार्यालयको बाहय सुरक्षा जिम्मा दिने गरी सेना खटिएका हुन । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कारागारको सुरक्षाको जिम्मा सेनालाई दिईएको हो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ का १५ वर्षिय एक किशोरको खोलामा डुबेर मृत्यु भएको छ । आईतवार बिहान १० बजेतिर सुरही खोलामा विजय आरखको डुबेर मृत्यु भएको हो ।
कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको रकम पारदर्शी गर्नु, परीक्षणको दायरा बढाउनु पर्ने पर्नेलगायत मागहरू राखेर कपिलवस्तुको पूर्व पश्चिम राजमार्ग अन्र्तगत जितपुरमा शान्तिपुर्णरुपमा बिरोध प्रदर्शन गरिएक...
कपिलवस्तुको बुद्धुभुमी नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिला मृत अवस्थमा फेला परेकी छन् । गत जेठ २४ गतेबाट हराएकी सोही वडा फत्तेपुरकी ५५ वर्षिया पवित्रा थापाको शव सडेगलेको अवस्थामा फेला परेको हो ।
बैक म्यानेजर समेत कोरोना संक्रमित भए पछि तौलिहावा स्थित राष्ट्रिय बाणिज्य बैक अनिश्तिकालका लागि बन्द गरिएको छ । आईतबार बैक मेनेजरमा कोरोना संक्रमित भएको पुष्टी भएको थियो ।
कपिलवस्तुमा कोभिड-१९ थप १७ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४ सय ३१ पुगेको छ । बिहीवार दिउँसो १२ जना संक्रमित थपिएकोमा साँझ थप १७ जनामा कोरोना देखिएको हो । साँझ देखिएको १७...
कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा संक्रमितको संख्या ४१४ पुगेको छ । थपिएका संक्रमितमा दुई पालिकाका तथा एक महिला र ११ पुरुष हुन् ।