जेठ २७ गते हुने कपिलवस्तु जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस र एमालेले दुई अलग अलग गठबन्धनम बनाएका चुनावमा होमिएका छन्। जिससको निर्वाचनमा कांग्रेस र एमाले गठबन्धबीच नै प्रतिस्पर्धा हुने भएको हो...
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित पोखरीमा डुबेर एक पुरूषको मृत्यु भएको छ। छारे रोगबाट ग्रसित स्थानीय ४७ वर्षीय सत्य नारायण पासी ( भुलुवा ) आइतबार राति गाउ नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो...
कपिलवस्तुको कृषनगर नगरपालिकाको सबैभन्दा विकट गाउँ सिसिंहवामा २८ करोड लागतको सडक निर्माण सुरु भएको छ। कृष्णनगरको सिर्सिहवा–वालानगर–झुलनियामा साढे ७ किलो मिटर लम्बाईको पक्की सडक निर्माण सुरु भएको हो।
कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएका छन्। गत वैशाख ३० को निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो।