प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस–एमालेले दुईतिहाइ मत संख्याको बलमा संविधान संशोधन गरेर साना दलहरूको अस्तित्व मेटाउन खोजेको अभिव्यक्ति दिएका छन्।
तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतले परामादेश जारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताको कमान्ड सम्हालेका...
संसदको प्रक्रिया सकिएलगत्तै कांग्रेस–एमालेको संसदीय दलका नेताहरूले समर्थन दिएको पत्रसहित राष्ट्रपति कार्यालयमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको असार २३ गते चार महिना पुग्यो। चार महिनापछि उनी सरकारबाट बाहिरिने निश्चितजस्तै भएको छ।
संघीय सरकारमा आएको उलटपलटसँगै प्रदेश सरकारमा त्यसको असर देखा परिसकेको छ। संघीय सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेपछि प्रदेश सरकारमा पनि त्यहीअनुसार सरकार गठनका लागि प्रक्रिया सुरु भएको...