वरिष्ठ बलिउड अभिनेता नसीरुद्दीन शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन्। उनले सन् २०२० मा धानमन्त्रीले कोभिड महामारीका बेला लकडाउन घोषणा गरेको तरिकाप्रति असन्तुष्टी व्यक्त गरेका छन्।
हालै नसीरुद्दीन शाह ‘ट्रस्ट इन द टाइम अफ क्राइसिस’ नामक पुस्तकको कार्यक्रममा सहभागी भएका थिए। उक्त कार्यक्रममा उनले कोभिड–१९ महामारीसँग जुध्न नरेन्द्र मोदी नेतृत्वको सरकारले अपनाएको कार्यशैलीको कडा आलोचना गरे।
उनले मार्च २०२० मा अचानक घोषणा गरिएको देशव्यापी लकडाउनका क्रममा सरकार र प्रशासनले सर्वसाधारणप्रति उदासीन व्यवहार गरेको आरोप लगाए।
उनले भनेका थिए, ‘यदि मैले यसमा केही थप्नुपर्यो भने, उनीहरूको व्यवहार यस्तो देखिन्छ कि उनीहरूलाई जनताको के हुन्छ भन्ने कुनै वास्ता छैन। उनीहरूबाट कुनै सहयोगको अपेक्षा नगर्नुहोस्। म त आफ्नो दाह्री र कपाल बढाउने योजनामा छु।’
आफ्नो कुराकानीका क्रममा नसीरुद्दीन शाहले कोभिड महामारीको समयमा अग्रपङ्क्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीहरूको खुलेर प्रशंसा गरेका छन्।
शाहका अनुसार महामारीका क्रममा चिकित्सकहरूले भोगेका कठिनाइ र पीडाबारे सुन्नु जानकारीमूलक हुनुका साथै निकै भावुक बनाउने खालको थियो।
उनले भविष्यमा सार्वजनिक स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्था आएमा त्यसको सामना गर्न पूर्ण रूपमा फरक नेतृत्व क्षमता र समाधान आवश्यक पर्ने चेतावनीसमेत दिएका छन्।
केही समयअघि नसीरुद्दीन शाहको अर्को बयानले पनि राजनीतिक क्षेत्रमा चर्चा र विवाद सिर्जना गरेको थियो।
उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालयका ती विद्यार्थीहरूलाई समर्थन गरेका थिए, जो आफ्नो विद्यार्थी सङ्घ पुनःस्थापना गर्न माग गर्दै आन्दोलन गरिरहेका थिए।
शाहले उक्त भिडियोमा ‘दिमागी नक्सल’ लेखिएको ब्याज लगाएका थिए। यसमार्फत उनले केन्द्रको भाजपा सरकारको आलोचना गरेका थिए।