आज शुक्रवारदेखि २०८३, २०८४ को चालु आर्थिक वर्ष सुरु भएको छ। गत चालु आर्थिक वर्षमा विभिन्न चलचित्र सिनेमा घरमा प्रदर्शनमा आयो जहाँ धेरैलाई आफ्नो लगानी समेत उठाउन धौ धौ पर्न गयो भने कमैले आफ्नो लगानी सुरक्षित पारे। चालु आर्थिक वर्षमा ३० भन्दा बढी चलचित्र प्रदर्शनमा आए पनि कमै ले आफ्नो लगानी सुरक्षित पारे। यी हुन् चालु आर्थिक वर्षका पाँच नेपाली चलचित्र जुन व्यापारिक हिसाबले सफल भएका छन्।
‘परान’
दीपक प्रसाद आचार्य ९काकु० निर्देशित चलचित्र ‘परान’ ले गत चालु आर्थिक वर्षको सर्वाधिक कमाउने चलचित्रको रुपमा स्थापित भएको छ। गत कार्तिक १४ गतेदेखि प्रदर्शनमा रहेको नीर शाह मुख्य भूमिकामा थिए। नेपाली समाजसँग मिल्दो जुल्दो कथावस्तु भएकै कारण दर्शकले यसलाई सुपरहिट बनाए। प्रदर्शनको सुरुवादमा सुस्ताएको व्यापार दर्शकको ‘वर्ड अफ माउथ’ ले यसलाई सुपरहिट बनायो। उक्त चलचित्रले घरेलु बक्स अफिसमा १७ करोड ७४ लाख ८४ हजारको व्यापार गरेर नेपालकै सर्वाधिक चलचित्र बन्यो। यसमा वरिष्ठ कलाकार नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, सीमा काफ्ले, पुष्पराज ओझा, दमन रुपाखेती, सुब्रतराज आचार्य, यमन श्रेष्ठ, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।
‘आ बाट आमा’
पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘आ बाट आमा’ ले राम्रो व्यापार गर्यो। माघ १६ देखि प्रदर्शनमा आएको चलचित्रले १३ करोड २० लाखको व्यापार गर्यो। जस कारण यसले नेपालको सर्वाधिक कमाउने चलचित्रको १२ औँ नम्बरमा पर्न गयो। चन्द्र पन्तको कथा तथा निर्देशनमा रहेको चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित विष्ट, बेगम नेपाली, रचना गौतमलगायत कलाकारको मुख्य भूमिका छ।
‘जेरी अन टप’
अनमोल केसीको मुख्य भूमिका रहेको सगरमाथा आरोहण तथा त्रिकोणात्मक प्रेम कथामा अधारित चलचित्र ‘जेरी अन टप’। उक्त चलचित्रको व्यापार राम्रो रह्यो। चलचित्र विकास बोर्डको बक्स अफिस विवरणको अनुसार यसले १२ करोड २८ लाखको व्यापार गर्यो। असोज ३१ देखि प्रदर्शनमा रहेको चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन्। भने यसमा जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीको अभिनय छ।
‘लालीबजार’
कैयौँ कानुनी चुनौती पार गरेर वैशाख २५ देखि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले नेपालमा यसले नौ करोड ३१ को व्यापार गर्यो। वादी पृष्ठभुमिमा रहेर बनाएको आमा छोरीको कथालाई यम थापाले निर्देशन गरेका थिए। भने यसमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डेलगायतको अभिनय छ ।
‘मोहर’
पल शाह को मुख्य भूमिका रहेको चलचित्र ‘मोहर’ ले व्यवसायिक रुपले राम्रो व्यापार गर्न सफल भयो। साउन २३ देखि प्रदर्शनमा रहेको चलचित्र मोहरले पाँच करोड ८६ लाखको व्यापार गरेको थियो। भन चलचित्रलाई ओम प्रतीकले लेखन तथा निर्देशन गरेका हुन् भने मुख्य भूमिकामा पल शाह, नीति शाह, र बेनिशा हमाल रहेका छन्