नेपाली सिनेमा क्षेत्रमा कैयौँ गुनासो छ। करोडौँ लगानी लगाएर बनाएका चलचित्र लाखमा सीमित भएका हुन्छन्। वर्षमा कमै यस्ता चलचित्र छन्, जसले आफ्नो लगानी सुरक्षित गर्न सकेको छ। निर्माताको लगानी यहाँ सुरक्षित देखिँदैन।
यही मध्य कलाकारको एक गुनासो छ, ‘एक तर्फ कलाकार राष्ट्रको गहना हो भनिने गरिन्छ। तर हामीलाई राष्ट्रको तर्फबाट कुनै पनि सेवा सुविधा छैन।’ नेपालमा कलाकारहरूको लागि राज्य स्तरबाट दिइने सेवा सुविधाको अवस्था वास्तवमै निकै कमजोर छ। कलाकारहरूलाई ‘राष्ट्रको गहना’ भनिएता पनि व्यवहारिक रूपमा उनीहरूको पेसागत सुरक्षा, वृद्ध भत्ता, स्वास्थ्य बिमा जस्ता सुविधाहरू अझै व्यवस्थित हुन सकेको छैन। दशक अगाडी कलाकारहरूलाई सरकारले ‘सेलिब्रेटी कार्ड’ त दिइयो तर यो एउटा सजाउनका लागि मात्र सीमित भएको छ। किन भने यो कार्डबाट कलाकारहरूले कुनै प्रकारको सेवा सुविधा नपाएको गुनासो छ। कलाकारहरू ‘सेलिब्रेटी कार्ड’ मै सीमित भएका छन्।
यही अवस्थालाई लिएर केही महिना अगाडि अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारहरूलाई भ्यानिटी भ्यानको खाँचो भएकाले लगानीको लागि पहल गर्न सो समयका सूचना तथा सञ्जाल प्रविधि मन्त्री जगदीश खरेलसँग आग्रह गरेकी थिइन्। शाहको अनुसार एक म्युजिक भिडियो छायाङ्कन क्रममा भारतबाट नेपाल आएका महिला कलाकारलाई शौचालयको समस्या भएपछि आफूहरूले आजको लागि भ्यानिटी भ्यान छैन भनेर ढाँटेको प्रसंग सुनाएकी थिइन् ।विशेष गरी चलचित्र छायाङ्कनमा सक्रिय महिला कलाकारलाई शौच लगायतका कार्यमा असजिलो भइरहेको बताउँदै उनले तालुकदार मन्त्रालयका मन्त्रीसँग कुरा राखेकी थिइन्।
यस्ता गुनासोहरू प्रायः सिनेनगरिमा सुनिने गरिन्छ। कलाकार जितु नेपालले समेत कैयौँ अन्तर्वार्तामा कालकारले भोग्नु परेको कैयौँ आर्थिक कथा सुरक्षाका चुनौतीहरूबारे कुरा गर्दै आएका छन्।
यही सन्दर्भमा अर्को भन्नु पर्दा हालै चलचित्र ‘जदौ’ को विशेष प्रदर्शनमा सांसद खगेन्द्र सुनारले अभिनेत्री रिचा शर्माको गुनासोलाई मिडियामा बताए। ‘हामी चलचित्र सिनेमा हलसम्म चल्न जेलसम्म मात्र हिरो हिरोइन हुन्छौँ त्यसपछि हामीलाई सोधिन्न’।
यी नै विषयलाई नागरीकर्मीले काठमाडौंकि मेयर सुनिता डंगोललाई प्रश्न गरियो।
कलाकारलाई राष्ट्रको गहना भनिन्छ, तर अर्को तर्फ यो भनाइ कुनै सेवा सुविधामा देखिँदैन, कलाकार कतै छायामा परेको पनि गुनासो सुनिन्छ नि?
यही एउटा कारण हो जसका लागि हामी फिल्म क्षेत्रका विभिन्न पुस्ताबिचको सहकार्यलाई प्रोत्साहन गरिरहेका छौँ। सँगसँगै साँचिनै कलाकार राष्ट्रका लागि गहना हुन्। हामीले जति सक्दो उहाँहरूको सम्मान गर्ने र सकेसम्म उहाँहरूको कार्यमा सहजीकरण गरिदिने हामी सबैको दायित्व हो। त्यस कारणले पनि काठमाडौं महानगरपालिकाले काठमाडौं फिल्म फेस्टिभल गर्नुको महत्त्वपूर्ण पाटो हो।