नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’
१० साउन २०८२
•
७ मिनेट पाठ
नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’
फल्चा/पाटी र सत्तलहरू काठमाडौं उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचनामध्ये पर्छन्। बटुवा, पाहुनाहरूलाई आराम गर्न बनाइएका यी संरचना अहिले बस्तीको सौन्दर्यका रूपमा रहेका छन्। पुराना बस्तीमा जमघट र विशेषगरी जेष्ठ नागरिकलाई साथीभाइ भेटघाट गर्ने सामाजिक स्थानको परिचय पनि हुन गएको छ।




पानी पर्दा ओत लाग्ने, थकाइ लाग्दा आराम गर्ने र नगरका भजन तथा जात्रामा फल्चाको प्रयोग हुन्छ। फल्चा काठमाडौं उपत्यकाको नगर विकासको उत्कृष्ट संरचना बनेको छ। नेवाः शैलीको बस्तीमा नगरभित्र र बाहिर फल्चा जताततै पाइन्छन्। अझ पहिलाका व्यापारिक मार्गहरूमा केही दुरीमा फल्चासँगै लोहहिती/ढुंगेधारा समेत भेटिन्छन्।

बटुवालाई थकान मेट्न फल्चा र प्यास मेट्न हिटीको व्यवस्था गरिएको थियो। नगरभित्र भने फल्चासँग हिटी, खुला स्थान, मन्दिर, चैत्य र पोखरीसमेत हुन्छन्। सिचु फल्चा, ज्याख्व फल्चा, लोह फल्चा, न्याट्टे फल्चा, बिडोल फल्चा, लान्चा फल्चा, वर्केपली आदि भक्तपुरका केही फल्चाका नाम हुन्।

कतिपय फल्चा संरक्षणको अभावमा र भूकम्पमा भत्केपछि पुनर्निर्माण नगरिएका कारण लोप भएर गए। विशेषगरी शाह र राणाकालमा यसको संवर्धन र प्रवर्धन हुन सकेन। नयाँ त बनाइएन नै, पुराना मल्लकालीन फल्चासमेत मासिए। बरु भक्तपुर नगरपालिकाले झन्डै लोप भइसकेका फल्चालाई पुनर्जीवन दिन थालेको छ। उदाहरणका रूपमा वंशगोपाल फल्चा, साकोलान, तचपालको फल्चा आदि।

इतिहास र अभिलेखमा पाटी

पाँचौं शताब्दीभन्दा अगाडि बनेको काष्ठमण्डपले लिच्छविकालदेखि नै पाहुना राख्ने सार्वजनिक भवन बनाउने प्रचलन रहेको देखाउँछ। हुन त फल्चा निर्माण धेरै अगाडिदेखि सुरु गरिएको हुनुपर्छ। तर हाल बाँकी रहेका फल्चाका शिलालेख हेर्ने हो भने अधिकांश मल्लकालीन समयमा नै बनेको देखिन्छ। त्यस समयका शिलालेखहरू अध्ययन गर्दा अधिकांश फल्चा सर्वसाधारणले नै बनाएको देखिन्छ।

कीर्ति राख्ने र धर्म कमाउने उद्देश्य रहेको भए तापनि सर्वसाधारणलाई खुला राखिने हुँदा यो सामाजिक र लौकिक कार्य नै देखिन्छ। ने.सं. ७५१ मा बनाइएको सूर्यमढी, भक्तपुरको एक पाटी तचपा टोलका विषमसिंह दर्शनधारीले बनाएका हुन् (राष्ट्रिय अभिलेखालय, २०८०)। यस अभिलेखले पाटी बनाउने मान्छे माथिल्लो वर्ग नै हुनुपर्छ भन्ने रहेनछ भनेर समेत देखाउँछ।

त्यस्तै अर्को भक्तपुरकै जेलाँ टोलमा रहेको एक पाटीको अभिलेख पनि विशेष नै छ। यस अभिलेखमा ने.सं. ८२९ मा टोलनायक र पञ्च भलादमी मिलेर यो पाटी जिर्णोद्धार गरिएको कुरा उल्लेख छ (राष्ट्रिय अभिलेखालय, २०८०)। यस अभिलेखमा नेपाल संवत्लाई साख्वा संवत् भनी कुँदिएको छ। जसले शंखधर साख्वा (सर्वसाधारण व्यापारी)ले नेपाल संवत् बनाएको हो कि होइन भन्ने शंकालाई निवारण गर्न मद्दत गर्छ।

फल्चाको बनावट

नेवाः वास्तुकलामा बिजोर संख्यालाई शुभ मानिएजस्तै फल्चाको कवल पनि प्रायः बिजोरमै निर्माण गरिन्छ। छक्व (एक कवल), स्वक्व (तीन कवल), ङाक्व (पाँच कवल) र न्हेक्व (सात कवल) फल्चाहरू अधिकांश देख्न पाइन्छ। सत्तलको तलको खुला फल्चाका रूपमा लायकु÷दरबार क्षेत्रका संरचनामा धेरै कवल छन्। तर फल्चा नै भनेर बनाइएकोमा वर्गाकारमा सोह्रखुट्टे र लामोमा नौकवलसम्म भएको फल्चा पाइन्छन्।

कहींकतै दुई कवल (जोर) मात्र भएका फल्चा पनि भेटिन्छन्। ती अत्यन्तै नगन्य छन्। चौडाइमा निकै कम करिब डेढ/ दुई फिटको मात्र भएकाले टौमढीको जंगम मठको पाटीलाई सबैभन्दा सानो फल्चा भन्ने गरिन्छ। मल्लकालीन शैलीका फल्चामा सबैभन्दा बढी प्रचलित तीन कवलवाला फल्चा हो।

यी फल्चा सहरी बाटाको दिशा हेरी कतातिर मोहडा बनाउने निर्धारण गरिन्छ। थोरै फल्चामा मात्र चारैतिर खुला हुन्छ। बढी प्रचलित तीन कवलवाला फल्चामा चौडाइतर्फ एक कवल मात्रै हुन्छ। अवस्था हेरी यसका छाना एक, दुई, तीन वा चार पाखे निर्माण गरिन्छ। कवलका आधारमा धेरै प्रकारका फल्चा छन् भने भक्तपुरको पुरानो नगरभित्र र बाहिर बनाउने हिसाबले तीन प्रकारका फल्चा हुन्छन्। त्यतिबेला देश भन्नाले नगरभित्र बनाउने फल्चा, पाली फल्चा (आफ्नै घरमुनि गाँसिएकै) र सहरबाहिर बनाउने पलीफल्चा आदि हुन्।

प्रकार्यगत हिसाबमा देशबाहिर बनाइने फल्चामा ढुंगा बिछ्याइएका हुन्थे। नगरभित्रका फल्चामा भने काठ नै बिछ्याइन्थे। अरू बनोटउस्तै भए तापनि नगरबाहिरका फल्चामा एउटा कोठाजस्तै छुट्याएर गारो लगाइएका हुन्थे।

यसरी नगरबाहिरका फल्चालाई पली फल्चा भनिन्थ्यो। यसको उद्देश्य/ प्रकार्य पहिला हिँडेर जाने समयमा बास बस्नुपरेमा प्रयोग गर्नु थियो। त्यस्तै खाना पकाएर खानुपरे पनि आगोले असर नगरोस् भनी ढुंगा नै बिछ्याइन्थे।

संरचनागत रूपमा हेर्दा फल्चालाई तीन भागमा विभाजन गर्न सकिन्छ। ती जमिन तहको गारोको भाग (प्लिन्थ लेभलसम्म), बिचको थांः (थाम) हरू हुने भाग र माथिल्लो छानाको भाग हो। यीबाहेक जग र पेटीको भाग पनि यसका अंग नै हुन्‌। जमिन तहको गारोको भागमा पेटी, नागो, न्हेकंलोह र बिचको गारो हुन्छ।

पहिलेपहिले मुनिको ओसमाथि नआओस् वा गारोभित्रको भागमा हावा आवतजावतका लागि गारोमा प्वाल/ग्वाखंप्वाःवा एकातिरको गारो नबनाई खुला राखिन्थ्यो। अहिले भने गारो र लाकांसीको बिचमा थोरै (१ इन्च जति) अन्तर राख्ने गरिन्छ।

गारोको भागको माथिल्लो तहमा फल्चामा लाकांसी (नेपाल भाषाको शब्द ‘लाकां’को अर्थ जुत्ता र ‘सीः’को अर्थ काठ) र पली फल्चामा ढुंगाको लहर बिछ्याइन्छ। यो भागको उचाइ मान्छे बस्न मिल्ने गरी राखिन्छ। तीनमध्ये बिचको भागमा थांहरू र गारोको संयोजन हुने गर्छ। प्रायः तीनतिर खुला र एकातिर गारो लगाइन्छ। थांहरूलाई मुनि बिछ्याइएको लाकांसीमाथि ठड्याइन्छ। जोर्नी बाहिरबाट देखिँदैन तर लाकांसीमा सानो प्वाल बनाई थांमा अलिकति निकालिएको काठको भाग छिराएर ठड्याइन्छ।

यसमाथि मेथ हुन्छ र त्यसमाथि निल जोडिन्छ। थांहरूमा निकै सादादेखि पूरा बुट्टा पनि हालिएको हुन्छ। पूरा लम्बाइमा बुट्टा हालिएका थाम कमै भेटिन्छन् भने तीन भागको एक भाग जति बुट्टा हालिएका थामहरू थुप्रै भेटिन्छन्। यही भागमा फल्चाको प्रयोग गरिन्छ। त्यसैले फल्चाको बिचमा काठ र पली फल्चामा ढुंगा बिछ्याइन्छ।

तेस्रो र महत्त्वपूर्ण भाग छानो हो। यो प्राविधिक रूपमा पनि मिलाउन गाह्रो भाग हो। यसमा बाहिर झिंगटी देखिए पनि भित्र पूरै काठको संरचना हुन्छ। जसले झिँगटीको भार थाम्छ र यहाँ बस्नेलाई घाम, पानीले बचाउँछ। सिकर्मीले जति मेहनत गरेर सही संरचना बनाउँछ, त्यति नै डकर्मीलाई झिँगटी बिछ्याउँदा उबडखाबड हुँदैन। छाना जति उत्कृष्ट भयो, फल्चाको आयु उति नै बढ्छ। किनकि फल्चाको मुख्य समस्या नै भूकम्पमा यो भाग गह्रौं भएर भत्कने र पानी पर्दा उबडखाबडमा पानी जमेर चुहिने हो।

जमेको पानी बिस्तारै भित्र भित्र फैलिन्छ। यसले माटो र काठको संरचनालाई बिगार्छ। छानाको संरचना नेवाः घरको छानाजस्तै हुन्छ। यसमा निल, थां, टोनसी, मुसीं, सिपुबालाको संयोजन रहन्छ। नगरभित्रका कुनै फल्चामा यो भागमा पनि चारैतिर गारो लगाई अलिकति उचाइ बढाइन्छ। जहाँ भजनका सामान भण्डारण गर्न प्रयोग गरिन्छ। काठमाडौं उपत्यकामै फल्चाको विकासक्रमसँगै यो शैली पनि उद्‌भव भएको हुनुपर्छ।

सम्पदा निर्माणमा पनि कमिसनकै खेल

चाँगुनारायण नगरपालिकाको भर्खरै सकिएको फल्चामा नाम नबताउने सर्तमा एक निर्माणकर्मीले कमिसनको खेलबारे बताए। पहिले उनी आधुनिक ढलानघर नै बनाउँथे। अहिले परम्परागत काम पनि फेसनजस्तै चलेकाले केही वर्षदेखि उनी यस कार्यमा संलग्न रहेका थिए। यही क्रममा सोही फल्चा बनाउने प्रस्ताव उनलाई आयो। उनले आफ्नो अनुभवका आधारमा प्रस्ताव स्विकारे। तर बाइस लाखको बिलमा सही गरेर सम्पूर्ण लागतसहितको बाह्र लाख मात्र भुक्तानी पाए। ‘किन त्यस्तो गर्नुपर्‍यो?’ भनी सोध्दा ‘नभए काम पाउनै सकिँदैन’ भन्ने जवाफ दिए। यसरी लागतभन्दा झन्डै आधा भुक्तानी पाएपछि निर्माण सामग्री र श्रममा गुणस्तर कसरी कायम होला?

यही प्रश्न गर्ने खालको एक तस्बिर (महर्जन, २०८२) आजकल भाइरल भइरहेको छ। जसमा भक्तपुरमा बनेको फल्चाको लागत १२ लाख र काठमाडौंमा हाल बस बिसौनीका रूपमा बन्दै गरेको फल्चाको लागत ३१ लाख भनी देखाइएको छ।

अढाई गुणा लागत बढेपछि प्रश्न उठ्नु स्वाभाविक नै हो। यसरी प्रश्न उठेपछि दुवैको लागतअनुमान तुलना गर्नेपर्छ। काठमाडौंको दर रेटमा ज्यामीको ज्याला, निर्माण सामग्रीको मूल्य नै बढी छ कि? वा गुणस्तरीय सामग्री पो प्रयोग भयो कि? यता भक्तपुरको निर्माण सामग्री पनि एउटै गुणस्तरको हो कि होइन ? हुन त भक्तपुरमा कतिपय सामाजिक संरचना वा सम्पदाको कार्यमा जनसहभागिता (श्रमदान) हुने गर्छ। तर त्यसको समेत मूल्याङ्कन गरेपछि लागत अढाई गुणा बढ्छ कि बढ्दैन? अब स्थानीयले आफैंले लागतमा मात्र नभई गुणस्तर, टिकाउपन, अनुकूलतामा पनि नियाल्दै जानुपर्छ।

स्थानीयको सहभागिताले लगानी घट्छ र कामको जाँच भई गुणस्तर बढ्छ। त्यसैले सामाजिक सञ्जालमा मात्र प्रश्न उठाउने होइन, आफैं उपभोक्ता समिति गठन गरी निःस्वार्थ कार्य गर्न पनि  अघि सर्नुपर्छ।

यसरी हाम्रा परम्परागत र सामाजिक संरचनामा स्थानीयले नै अपनत्व बनाउनुपर्छ। हेरचाह र मर्मत/जिर्णोद्धार गर्नुपर्छ र कमिसनको खेलबाट जोगाउनुपर्छ। फल्चा हाम्रो समाजलाई मात्र नभई हरेक अन्जान बटुवा र पर्यटकलाई समेत ओट दिने संरचना भएकाले नयाँ बस्तीमा समेत बनाइनुपर्छ। बरु नयाँ बस्तीमा थप सुविधा दिने र किफायती हिसाबले बनाउन सकिन्छ।
अर्को समाचार
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१० साउन २०८२
•
१ मिनेट पाठ
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१) मुक्तक




गर्मीले खोलाको पानी सुक्छ भने म के गरौं

आफैंमाथि छिटा पारी थुक्छ भने म के गरौं

गर्ने पनि आफैं, भन्ने बाटो बनाउने नि आफैं

ठगलाई ठगभन्दा मन दुख्छ भने म के गरौं?

२) मुक्तक

बाँझो नराखौं देशको भूमि उब्जाउनु अनाज

बेरोजगारीलाई दिनुपर्छ स्वदेशमै कामकाज

विदेशी भूमिमा पसिना बगाएर हुन्न समृद्धि,

सुखी उनै दलाल होलान् हुन्छ बाँकी नाराज।

३) मुक्तक

उहिले घनघोर वनजङ्गल बसोबास गर्थे शेर

जङ्गलको राजा भनेर थर्काउँदै पेट भर्थे शेर

ठूलो भाग खोज्दा खोरमा जाकिएको बेला

खाइपाइ आएको सम्झिएर जिल्ल पर्थे शेर।

४) मुक्तक

जनताको आवास जल्दा कता लुक्यौ तिमी

दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी

गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार -

अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस