अभिनेत्री प्रियांका कार्कीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘मास्टर्नी’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ। चलचित्र ‘मास्टर्नी’ ले कार्कीको अपेक्षा अनुसार व्यापार भने गर्न सकेको छैन। जसको कैयौँ करण रह्यो।
भदौ ५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘मास्टर्नी’ ले आफ्नो प्रदर्शनको दश दिनमा जम्मा ३९ लाख ५२ हजारको व्यापार गरेको छ। जुन कार्कीको अपेक्षा भन्दा बाहिर रह्यो। प्रदर्शन अघि नै चलचित्रलाई लिएर उत्साहित रहेकी कार्की चलचित्रको कथा वस्तुमा कैयौँ विवाद तथा आरोप गरेपछि यसको व्यापारमा पनि असर परेको छ। चलचित्र विकास बोर्ड अनुसार ‘मास्टर्नी’ लाई प्रदर्शनको दश दिनमा एगाह्र हजार नौ सय ९६ ले हेरेका छन्।
यी कारण रह्यो ‘मास्टर्नी’ को बक्स अफिस कमजोर रहनुको। सुरुमा चलचित्रको नाम। सुरुमा सुन्दा पढाइसँग सम्बन्धित रहेको दर्शक , श्रोताको अनुमान रह्यो, जुन पछि गएर विपरीत हुन पुग्यो। अर्को सबैभन्दा ठुलो कारणको रूपमा मानिने ‘मास्टर्नी’ को प्रमोशनल गीत ‘म्याथ सिक्ने भए’ यो द्धिअर्थी गीत निकै विवादित बन्न पुग्यो। दुर्गेश थापाले उपाहार स्वरुप कार्कीलाई लिएको यो गीतले छोटो समयमै भाइरल भयो। यो द्धिअर्थी गीतले एक दिनमा एक दश लाख भन्दा बढीले हेरे। यसलाई लिएर समग्र शिक्षण पेसा तथा महिला शिक्षकको मर्यादामा गम्भीर आँच पुर्याएको भन्दै शिक्षकहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको थियो।साथै संघले गीतलाई तत्काल बन्द गर्न माग गरेको थियो। ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ,’ महासंघको विज्ञप्तिमा उल्लेख थियो।
अर्को ‘मास्टर्नी’ माथि लागेको गम्भीर आरोप भने मलायलम चलचित्र ‘दृश्यम’ को कथावस्तु चोरेको भनेर। हुन पनि हो, चलचित्र ‘दृश्यम’ र ‘मास्टर्नी’ क्राइम तथा मलड मिस्ट्री जनरामा केन्द्रित चलचित्र हो। यसको कथावस्तु धेरै हदसम्म मेल खान जान्छ। जसकारण ‘दृश्यम’ हेरेका दर्शकलाई लाग्यो ‘यो दृश्यमबाट चोरेको हो’, दर्शक आफू ठगिएको महसुस भए। यो पनि ठुलो कारण रह्यो कार्कीको चलचित्रको बक्स अफिस कलेक्सनमा असर पर्नुको।
अर्को चलचित्र कम कलेक्सन गर्नुको कारण हुन सक्छ, प्रचार–प्रसारमा कमी कमजोरी। वर्तमान समयमा जस्तै प्रदर्शनमा रहेको चलचित्र ‘गौंथली’ ले राम्रो व्यापार गरिरहेको छ। यो अहिले सम्मकै नेपाली चलचित्र मध्ये सर्वाधिक कमाउनेको दोस्रो स्थानमा आएको छ। ‘गौंथली’ को प्रचार शैली थाहै होला यहाँहरूलाई। कपिल रिजाल निर्देशित चलचित्र ‘गौथली’ प्रदर्शनको केही दिन अघिदेखि नै यसको मुख्य अभिनेत्री सिम्रन खड्का वसन्तपुरलगायतका पर्यटकीय क्षेत्रमा चलचित्रकै भूमिकामा डोको बोकेर प्रचार प्रसार गरिन। यही शैली अपनाएको छ, चलचित्र ‘पार्वती’ ले।
फरक जनरा नेपाली चलचित्र उद्योगमा प्रायः ग्रामिण तथा विदेशिने लगायतका चलचित्रहरु बन्ने गरेको छ। जसमा क्राइम जनरा एकदमै फरक भयो। र यी जनराको दर्शकमाझ चलचित्रको प्रचार नपुग्नु।
अर्को भने रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढी। जसले राष्टलाई नै ठूलो क्षति पुर्याएको छ। यस्तो विपत्तिको अवस्थामा चलचित्र हेरेर मनोरन्जन लिने समय नहुनु।