मगर समुदायमा आस्था, माया, पर्खाइ र सम्झनाको प्रतीकको रूपमा बनाइने ढुङ्गाको स्तम्भलाई ‘जलाकी’ भनिन्छ। चलचित्र ‘जलाकी’ को कथा पनि यी नै विषयवस्तु वरपर घुमेको छ। जहाँ त्रिकोणात्मक प्रेम, माया, पर्खाइ, आस्था, सम्झनालाई नै अशोक थापा मगर चलचित्र ‘जलाकी’ मार्फत सिनेमा घरमा पस्केका छन्।
यसको प्रचार शैलीलाई देखेर धेरैलाई कथा कलेज पढिरहेको युवा युवतीहरूको मात्र होला लाग्न सक्छ, तर यहाँ विषय अलि फरक रहेको छ। कथामा देशको त्यो तीतो सत्यलाई पनि समेटिएको छ, जहाँ वर्तमान समयमा यो भाष्य नै बनिसक्यो, ‘आफ्नो आर्थिक स्थिति सुधार्नु छ भने विदेश नै जानु पर्छ यहाँ रहेर केही हुँदैन।’ विदेश पलायन त नेपालीहरूको नियतीनै बनी सक्यो। जसलाई हामीले अस्वीकार गर्न पनि मिल्दैन। युवाहरूको मनोविज्ञान तथा ‘टे«न्ड’ नै आएको छ। केही गर्नु छ, भने विदेश खाडी मुलुक भएपनि जाने तर स्वदेशमा केही गर्न सकिन्न भन्ने भाष्य राष्ट्रको लागि घाटतक बन्दै गएको छ। यही बाट नै सुरु हुन्छ, ‘जलाकी’ को कथा।
घरको आर्थिक स्थिति सुधार्न तथा छोरी लिसारा (उपासना सिंह ठकुरी) को सुन्दर भविष्यको सपना बोकेर विदेश गएकी उषा खड्की केही वर्षमा गर्भवती भएर घर फर्किछिन्। आफूले विदेशमा जुन घरमा हेरचार को काम गरिरहेकी थिइन त्यही घरधनिबाट उनी बलात्कृत हुन्छिन्। स्वदेश फर्किँदा उनको गर्भमा भएका बच्चाका कारण उनीलाई परिवारले अस्वीकार गरेपछि उनी आत्महत्या गर्न बाध्य हुन्छिन्।
त्यसपछि सुरु हुन्छ लिसाराको कथा आमाको मृत्यु पछि उनी मामाघरमा बस्न थाल्छिन्। कथामा लिसाराको बाल्यकालदेखि युवा अवस्था तथा प्रेम जीवनलाई प्रस्तुत गरिएको छ।
निर्देशन
मगर तथा गुरुङ समुदायको पृष्ठभूमिमा तयार रहेको ‘जलाकी’ कतिपय चलचित्र समुदायको प्रचारकै लागि बनाइएको हो। तर ‘जलाकी’ विषय भने केही हदसम्म फरक रहेको छ। समुदाय बाहिरको धेरैलाई थाह नहुन सक्छ ‘जलाकी’ को अर्थ। तर जब निर्देशनको कुरा आउँछ, उनी चुकेको कथा देखेर महसुस गर्न सकिन्छ। उदाहरणको लागि पात्रको बलियो प्रस्तुति नहुनु। कथामा हिरोलाई ‘हिरो’ कै पहिरन तथा मेकअप। जस्तै अभिनेता सोनम तोप्देन जब एक वर्षपछि बिरामी भएर स्वदेश फर्कन्छन्। न त उनको त्यस्तो अवस्था देखाइन्छ कि उनी बिरामी भएर फर्केका हुन्। चत्त परेर उनी एक्कासि राम्रो पहिरनमा लिसाराको अगाडी आइपुग्छन्। उनको अनुहार तथा हाउभाउ बिरामी जस्तो नै देखिन्न। जस कारण दर्शक उनको त्यो दुःखमा डुब्न सक्दैनन्। यो नै यसको मुख्य कमजोरीको रूपमा लिन सकिन्छ। जहाँ कथामा हिरोलाई ‘हिरो’ कै पात्रमा देखाइएको छ। कथा अनुसार उसको पहिरन तथा मेकअपमा कुनै काम नै गरिएको छैन। नपत्याए आउनुहोस् अर्को उदाहरण सुनौँ भेडा बाख्रा चराउन गएको व्यक्ति कस्तो देखिन्छन् होला ? सामान्य पहिरन तथा केही फोहोर लुगा तर यहाँ नजीमका बुवाका पात्रमा देखिएका बुद्धि तामाङको लुगाले उनी भेडा गोठालो देखिँदैनन्। अनि कहाँ बाट दर्शकले आफूलाई सिनेमामा बाँध्न सक्नु। यसको अर्को कमजोरीको रूपमा हामीले लिसाराको पात्रलाई लिन सक्छौँ मुख्य पात्र भनेर चिनाइएको उक्त पात्र पर्दामा फितलो देखिन्छ। उनलाई चाहिएको कुरा उनले सहजै पाइएकी हुन्छिन्।
यसमा कथा भन्दा पनि अन्य विषयवस्तुमा बढी केन्द्रित निर्देशक देखिन्छ। यति धेरै स–साना कथाहरू यसमा राखिएको छ, कि दर्शक अलमलमा परेको देखिन्छ। आखिर कसको कथामा डुब्नु पर्ने हो ? अनावश्यक ठाउँमा गीतको प्रयोगले दर्शकलाई झर्को लाग्नु, चोटिलो संवादको कमी, पटकथा कमजोर, अनावश्यक क्लोजसर्ट यहाँ निर्देशकलाई सुधारको आवश्यकता देखिन्छ।
अभिनय
अब कुरा गरौँ कलाकारको अभिनय तर्फ, लिसाराको पात्रमा देखिएकी उपासना सिंह ठकुरीको अभिनय भने कमजोर देखिन्छ। यद्यपि उनको अभिनयमा सुधारको आवश्यकता स्पष्ट देखिन्छ।
उषा खड्की आर्थिक स्थिति सुधार्नु बिदेसिनु परेको र परिवारको अवहेलना सहनु परेको पात्रमा उनले निकै राम्रो काम गरेकी छन्। उनको अभिनय तथा पात्रले दर्शकको मन छुन सक्छ।
त्यस्तै अभिनेता तथा गायक सोनम तोप्देनले नजीमको पात्रमा देखिएका छन्। पढाई सकेपछि आर्थिक स्थिति सुधारको लागि बिदेसिनु परेको उनको पात्रले देखाउँछ। उनको अभिनय भने नाटकीय देखिन्छ
कुरा गरौँ डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको उनको ‘जलाकी’ पहिलो चलचित्र हो। उनी अस्मिताको पात्रमा देखिएकी छन्। तर अभिनयमा भने सुधारको आवश्यक्ता छ। बाकी कलाकारहरुको अभिनय भने राम्रो देखिन्छ।
निष्कर्षमा भन्नु पर्दा कमजोरीको बाबजुद पनि केही सबल पक्ष पनि छन्। उपासना र सोनामको मायामा गरेका एक अर्काप्रतिको वर्षौँको पर्खाइ र विश्वास हेर्न लायक छ। उषा खड्कीको कथाले यसलाई मजबुत बनाउँछ। बिदेसिनु परेको पिडा यसमा समावेश छन्। यसका दृश्य तथा गीत सङ्गीत राम्रो बनेको छ। त्रिकोणात्मक प्रेम, माया, सम्झना तथा बिछोडको पिडा यसमा समावेश छन्। सामान्य मनोरञ्जनका लागि हेर्न योग्य छ।