उमेरले होइन, इच्छाशक्ति र आत्मविश्वासले सफलता निर्धारण गर्छ : यास्मिन बेगम शेइद
११ कार्तिक २०८३
•
४ मिनेट पाठ
उमेरले होइन, इच्छाशक्ति र आत्मविश्वासले सफलता निर्धारण गर्छ : यास्मिन बेगम शेइद
सफलता हासिल गर्न उमेर वा अन्य कुनै कारणले रोकिनु हुँदैन भन्ने सन्देशसहित गैरआवासीय नेपाली संघकी पूर्वउपाध्यक्ष तथा सल्लाहकार यास्मिन बेगम शेइद यतिबेला मिसेस नेपाल वर्ल्डमा प्रतिस्पर्धीका रूपमा अगाडि बढेकी छन्। साउदी अरबलाई कर्मथलो बनाएकी बेगम छोरीको प्रेरणा र परिवारको साथले मिसेस नेपाल वर्ल्डमा सहभागी भएकी हुन्। उनै बेगमसँग उनको जीवन, प्रतियोगितामा सहभागी हुनुको कारणलगायतका विषयमा गरिएको अन्तर्वार्ताको सम्पादित अंशः




प्रश्न: तपाईंलाई अचानक अन्तर्राष्ट्रिय स्तरको ‘मिसेस नेपाल वर्ल्ड’ प्रतियोगितामा सहभागी हुन कसरी मन लाग्यो? यसमा सहभागी भएपछि अनुभव कस्तो भइरहेको छ?

-मेरो लागि यो एकदमै फरक यात्रा हो। आगामी दिनका लागि म उत्साहित छु।

प्रश्न: प्रायः सौन्दर्यलाई बाहिरी सुन्दरताका रूपमा लिइन्छ। शारीरिक बनावट वा रूपरङका हिसाबले तपाईं यसलाई कसरी लिनुहुन्छ?

- बाहिरी सौन्दर्य भनेको बाहिरी कुरा नै हो। वास्तविक सौन्दर्य के हो भन्ने कुरा मैले पनि भर्खरै बुझेँ। हामीले जे सोच्छौँ, सुन्छौँ र बुझ्छौँ, वास्तविक सौन्दर्य त्योभन्दा एकदमै फरक रहेछ।

प्रश्न: यो मञ्चको कुन कुराले तपाईंलाई आकर्षित गर्‍यो? यसका चुनौतीहरू के–के रहेछन्?

- यसअघि पनि म अन्य मञ्चहरूमा सहभागी भएकी थिएँ। यो मञ्चबारे भने मलाई एकपटक बुझ्न मन लाग्यो। यहाँबाट माया र सहयोग पनि पाइरहेकी छु। त्यस कारण पनि म यसमा अघि बढ्न सक्छु कि भन्ने लागेर सहभागी भएकी हुँ। मिसेस नेपाल वर्ल्डमा महिलाको भावना र आमाको भावनालाई सम्मान गरिन्छ। यसमा अहिलेसम्म कुनै नकारात्मक कुरा अनुभव गरेकी छैन।

प्रश्न: एनआरएनएको महिला उपाध्यक्ष हुँदा नेपाली महिलाका समस्या नजिकबाट देख्नुभयो। आज मिसेस नेपाल वर्ल्डको प्रतिस्पर्धीका रूपमा ती अनुभवले तपाईंलाई कसरी फरक बनाएका छन्?

- बाहिरबाट सुनिएजस्तो वास्तवमा होइन रहेछ। बाहिर देखिएजस्तो सजिलो पनि छैन। जब म यो प्रतिस्पर्धामा प्रवेश गरेँ, तब यसको चुनौती महसुस गरेँ। एनआरएनएमा महिला सशक्तीकरणका विषय समावेश थिए भने यसमा सौन्दर्यका कुरा आउँछन्। त्यस कारण यी दुई क्षेत्र एकअर्काभन्दा फरक छन्।

प्रश्न: विदेशमा बसेर नेपाललाई हेर्नु र नेपालमै बसेर नेपाललाई हेर्नुमा कस्तो फरक पाउनुभयो?

- नेपालमा मलाई छुट्टै प्रकारको आत्मीयता महसुस हुन्छ। महिलाका हकमा यहाँ दिइने मान–सम्मान प्रशंसनीय छ। मैले यहाँ सकारात्मक अनुभव गरेकी छु।

प्रश्न: तपाईं अर्थशास्त्रको पृष्ठभूमिबाट आउनुभएको छ। यदि तपाईंलाई नेपालका महिलाको आर्थिक स्वतन्त्रताका लागि एउटा मात्र नीति बनाउने अवसर दिइयो भने कस्तो नीति बनाउनुहुन्थ्यो?

- यी सबै कुराको आधार शिक्षा नै हो। युवादेखि महिलासम्म सबैले शिक्षामा जोड दिएको खण्डमा अवस्थामा सुधार आउन सक्छ। शिक्षामा सुधार भयो भने अवसरहरू पनि बढ्न सक्छन्।

प्रश्न: आज पनि विवाहित महिलाले अब परिवारमै सीमित हुनुपर्छ भन्ने सोच समाजमा छ। तपाईंको आफ्नै यात्राले त्यो सोचलाई के जवाफ दिन्छ? तपाईंलाई जीवनको कुन क्षणले यहाँसम्म पुग्न मद्दत गर्‍यो?

- मभित्र केही गर्न सक्छु भन्ने हुटहुटी र परिवारको समर्थनले मलाई यहाँसम्म पुग्न मद्दत गरेको हो। मैले विभिन्न संस्थामा महिलाको सशक्तीकरणलाई बढावा दिने उद्देश्यले काम गर्दै आएकी छु। विभिन्न मञ्चमा महिला हिंसा तथा दोहोरो नागरिकताको विषयमा आवाज उठाउने गरेकी छु।

प्रश्न: तपाईंले अहिलेसम्म पाएको सबैभन्दा ठूलो सफलता केलाई मान्नुहुन्छ ? पद, पहिचान, सम्बन्ध वा आफूलाई प्रमाणित गरेर देखाउने कुरालाई?

- म यसलाई एउटा कुरामा मात्रै सीमित राख्न चाहन्नँ। मैले विभिन्न पदबाट प्राप्त गरेको मान–सम्मान र विश्वव्यापी पहिचान पनि मेरा उपलब्धि हुन्। समग्रमा भन्नुपर्दा, मैले यी सबै कुरा प्राप्त गरेकी छु। यही नै मेरो सन्तुष्टि र उपलब्धि पनि हो। सबैले दिनुभएको माया, हौसला र विश्वासलाई नै म आफ्नो सबैभन्दा ठूलो उपलब्धि मान्छु।

प्रश्न: सुन्दर देखिनुभन्दा सुन्दर सोच राख्नु कत्तिको कठिन छ?

- एकदमै कठिन छ। सुन्दरता भनेको हामीले झट्ट हेर्दा देखिने कुरा मात्रै हो। यसले सशक्ततालाई साथ दिँदैन। जब हामीभित्र सुन्दर सोच हुन्छ, त्यसको प्रभाव हाम्रो अनुहारमा पनि देखिन्छ।

प्रश्न: सौन्दर्य प्रतियोगितामा सहभागी हुनुभएको छ। तपाईंको यात्रा मुकुट जित्नका लागि मात्रै हो कि छुट्टै पहिचान बनाउने उद्देश्य पनि छ?

- म जुन समुदायबाट आएकी छु, त्यसलाई समग्र नेपालको प्रतियोगिताका सन्दर्भमा हेर्दा यसले एउटा इतिहास पनि रच्न सक्छ जस्तो लाग्छ। मेरो उपलब्धिले आगामी पुस्तालाई प्रेरित गर्न सक्छ।

प्रश्न: विदेशमा बसेका नेपाली महिलालाई के सन्देश दिन चाहनुहुन्छ?

- वैदेशिक रोजगारीमा जानुभएका दिदीबहिनीहरू पक्कै पनि बाध्यताले जानुभएको होला। विदेशमा रहरले जानुभएका महिलाहरूका आफ्नै उद्देश्य र लक्ष्य हुन्छन्। अशिक्षित भएर कामदारका रूपमा विदेश जानुभएका महिलाहरूले पनि आफूलाई सुरक्षित र सक्षम बनाउनुपर्छ। यसले नेपाल फर्किएपछि पक्कै पनि लाभ पुर्‍याउनेछ।

विदेशमा सिकेका सानातिना सीपलाई नेपाल फर्किएपछि जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ। त्यसरी विदेशमा सिकेका सीपलाई स्वदेशमै उपयोग गर्न सकिन्छ।

प्रश्न: तपाईंलाई मानिसहरूले कसरी चिनून् भन्ने लाग्छ?

मलाई सक्षम, सशक्त, शालीन र शिक्षित महिलाका रूपमा चिनून् भन्ने लाग्छ। धेरैले मलाई त्यसरी नै लिनुहुन्छ, र त्यही पहिचान मेरा लागि प्रिय छ।
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
१९ घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस