हजुरआमाको डर
१७ साउन २०८२
•
२ मिनेट पाठ
हजुरआमाको डर
छोरीले मास्टर्स डिग्री सकेको उपलक्ष्यमा रोहनले घरमा ठूलो पार्टी राखेको थियो।आफूहरू समयमा अमेरिका आएकाले छोराछोरी यही जन्मिएर "अमेरिकन बाई बर्थ" बन्ने मौका पाए भनेर उनीहरूलाई  गौरव लाग्छ। त्यसैले यो पार्टीमा दिल फुकाएर खर्च गरेको छ्न्। पार्टी आफ्नै घरमा छ। छोरीको अमेरिकन व्यायफ्रेण्ड र उसका परिवारहरू, उनीहरूका साथीहरू र बुबाआमाका स्वदेशी तथा विदेशी साथीहरू गरेर धेरै पाहुना थिए। भित्र बैठक, किचन हल र बाहिर व्याक यार्डनमा रङ्गीचङ्गी बत्तीले झल्झलाकार बनाइएको थियो। खानेकुरामा पिज्जा, बर्गरदेखि पुलाउ, खसीको कवाफ, दही, मिठाई सेलाद अनन्त परिकार पस्किएको थियो।




ड्रीन्कमा सफ्टदेखि हार्डसम्म सबै किसिमका थिए। अझै उज्यालो बनाइएको बैठकको एकातर्फ अर्केस्ट्राको संगीतमा नाचगान हुँदै थियो। एकैछिन बीचमा बाजा रोकेर ग्राजुएट केटी र उसकाे केटा साथीको परिचय दिंदै केटीको बुबाले बधाई दिए र ताली बजाए।

तालमा ताल मिलाएर सबैले त्यो प्रक्रिया दोहाेर्‍याए। "खाना तयार छ" भन्ने आवाजले सबैलाई त्यतै तान्यो। म पनि पार्टीमा निम्त्याइएको केटीतर्फको नातेदार भएकाले मोटो ज्यान भएकी केटाकी आमासँग कुरा गर्न मन लाग्यो। हातमा खानाको प्लेट समाएर खाँदै गरेकी उनीसँग कुरा गर्न म छेवैमा गएँ। उनी अंग्रेजी पनि राम्रो बोल्न जान्दिन रहेछिन्।

"हाई हल्लो" पछि उनले नै टुटेफुटेको अंग्रेजीमा आफ्नो चार पुस्ता अगाडि जर्मनीबाट अमेरिका न्यूयाेर्क बसाइँ सरेको र त्यसपछि हामी कतै गएका छैनौ" भनिन्।

कतै मतलब "अमेरिकाको अरू राष्ट्र पनि जानुभएको छैन?" यहाँका कोही अन्तरिक्षामा पुगिसके भन्छन् तर म मोटर चलाएर यतै घुमघाम गर्न पनि सक्दिनँ। सपिङ पनि हिँडेर जान मिल्ने नजिकै मात्र गर्छु तर हवाईजहाज चढेर आकाशको बाटोबाट कतै पुगेको छैन। मलाई हवाईजहाजमा उड्न असाध्य डर लाग्छ। अब छोरोको बिहे गरेपछि एकपटक हवाईजहाजमा बसेर आकाशमा उड्दै ऊ बसेको शहर हेर्न जान्छु भन्ने सोचेको छु। हेरौं, सक्छु कि सक्दिनँ! 
अर्को समाचार
हजुरआमाको निधनपछि अभिजितलाई घर फर्कन प्रहरीले दियो विकल्प
२४ असोज २०८३
•
१ मिनेट पाठ
हजुरआमाको निधनपछि अभिजितलाई घर फर्कन प्रहरीले दियो विकल्प
ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिप्केलाई ८५ वर्षीया हजुरआमा सावित्रीबाई शंकर दिप्केको निधनपछि घर फर्कन सहजीकरण गर्ने प्रस्ताव दिल्ली प्रहरीले गरेको छ।




प्रहरी स्रोतका अनुसार महाराष्ट्रको हिंगोली जिल्लास्थित परिवारको पैतृक गाउँमा हजुरआमाको निधन भएको खबर प्रहरीले दिप्केलाई संवेदनशीलतापूर्वक जानकारी गराएको थियो। साथै, अन्त्येष्टिको समयबारे बताउँदै मानवीय आधारमा उनलाई घर फर्कन आवश्यक सहजीकरण गर्ने प्रस्ताव गरिएको दिल्ली प्रहरीका अधिकारीले बताएका छन्।

जानकारी अनुसार अब हिरासतमा बसेर प्रदर्शन जारी राख्ने वा अन्त्येष्टिमा सहभागी हुन घर फर्कने भन्ने निर्णय दिप्के आफैंले गर्नुपर्नेछ।

सीजेपीले शनिबार बिहान १० बजे दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। तर, प्रहरीले प्रदर्शनको अनुमति नदिएको भन्दै पार्टीका संस्थापक दिप्केसहित सौरभ दास र आशुतोष रान्कालाई विमानस्थलमै नियन्त्रणमा लिएको थियो। प्रहरीले विभिन्न स्थानमा अवरोध लगाएपछि प्रदर्शनकारी साँझ ५ बजेसम्म पनि प्रदर्शनस्थल पुग्न सकेनन्।

भारतमा मतदाता नामावली र विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर विरोध प्रदर्शन भइरहेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस