'बले'माथि अनुसन्धान गर्न पाँच दिन म्याद थप: कलाकारले के भने ?
२२ चैत्र २०८२
•
५ मिनेट पाठ
'बले'माथि अनुसन्धान गर्न पाँच दिन म्याद थप: कलाकारले के भने ?
कलाकार सागर लम्साल ‘बले’ यतिबेला प्रहरी हिरासतमा छन् । शनिबार पक्राउ परेका उनलाई प्रहरीले आइतबार अदालतमा हाजिर गराइँ पाँच दिनको म्याद थप गर्दै सोधपुछ र अनुसन्धान जारी राखेको छ । उनीमाथि जबर्जस्ती करणी गरेको आरोप छ ।




अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफूलाई जबर्जस्ती करणी गरिएको दाबी गर्दै सामाजिक संजालमा आफ्ना भोगाइहरु सार्वजनिक गरेपछि कलाकारहरुको फरक फरक प्रतिक्रिया आउन थालेको हो ।

आरोप पुष्टि वा खण्डनको प्रक्रिया कानुनी रूपमा अगाडि बढ्न बाँकी रहेपनि, कलाकारहरूले भने समाजको संवेदनशीलता, पीडितप्रतिको व्यवहार र न्याय प्रणालीबारे आफ्ना धारणा राखेका छन् ।

अभिनेत्री रेखा थापाले महिलाको आवाज सुन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएकी छन् । उनले लेखेकी छन्, ‘यदि हामी आफ्नी छोरी-बहिनीलाई माया गर्छौं भने, त्यसको सबैभन्दा राम्रो तरिका उनीहरूको कुरा सुन्नु हो । परम्परा र पूर्वाग्रहको चश्मा हटाएर हेर्ने हो भने, हरेक युवतीभित्र परिवर्तन ल्याउने शक्ति रहेको उनले संकेत गरेकी छन् ।’

अभिनेत्री केकी अधिकारीले समाजको विडम्बनालाई औंल्याउँदै पीडितले नै शिर झुकाएर हिँड्नुपर्ने अवस्थामाथि प्रश्न उठाएकी छन् । उनले अपराधी डराउने र पीडित सुरक्षित हुने समाज निर्माण सम्भव छ कि छैन भन्ने प्रश्न आज झन् सान्दर्भिक बनेको बताएकी छन् । यस्तो विषयमा बोल्न साहस चाहिने भन्दै उनले पीडितलाई सम्मान र सुरक्षा दिन तथा दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, ‘हाम्रो समाजको विडम्बना नै यही हो कि यहाँ पीडितले शिर झुकाएर हिँड्नुपर्छ र अपराधी कतिपय अवस्थामा ‘हिरो’ बनेर घुमिरहेका हुन्छन् । एउटा यस्तो समाज जहाँ अपराधी डराओस्, पीडित होइन, के यो कल्पनामा मात्र सिमित छ कि हामी साच्चै निर्माण गर्न सक्छौं रु अनि सुन्नुस् त, यस्तो किसिमको कठोर समाजमा नि बोल्न ठुलो सहास चाहिन्छ ,अनि त्यो सहास बटुल्न समय लाग्छ।कम्तीमा यस्तो घटनामा अलिक संबेदनसिल बनेर सोचौं , लेखौँ। पीडितलाई सुरक्षा र सम्मान दिऔँ, अपराधीलाई सामाजिक बहिष्कार र कानुनी कठघरासम्म पुर्‍याऔँ ।’

यसैगरी अभिनेत्री ऋचा शर्माले बलत्कार हो भनेर सावित हुन वा मान्न मात्र पनि पीडित महिला विभत्स तरिकाले मारिनै पर्ने हो र भन्दै प्रश्न गरेकी छन् ।

उनले लेखेकी छन्, ‘भनेपाछि “बालत्कार हो’ भनेर सावित हुन (वा मान्न मात्र पनि), पीडित महिला विभत्स तरिकाले मारिनै पर्ने हो?’

त्यस्तै, अभिनेत्री आँचल शर्माले कवितात्मक शैलीमा आफ्नो प्रतिक्रिया दिँदै ‘राम्रो’ र ‘नराम्रो’ छुट्याउन समाजले देखिने आवरणभन्दा पर जानुपर्ने सन्देश दिएकी छन् । बाहिरी व्यवहार, बोली, पहिरन र व्यक्तित्वले मात्रै मानिसको वास्तविक चरित्र नबताउने भन्दै उनले प्रश्न उठाएकी छन् कतै नराम्रो कुरा राम्रोको भेषमा त आएको छैन ?

उनले लेखेकी छन्, ‘राम्रो-नराम्रो कसरी छुट्याऊँ म यहाँ? मुकुट लगाएकाहरूलाई कसरी चिनौं म यहाँ? राम्रो-किन र कसरी ? नराम्रो-किन र कसरी भनौं म यहाँ? मिलनसार, हाँस्ने, मिठो बोली-यी राम्रो हुन् कि नराम्रो ? रुखो बोली, नमिल्दो चालढाल, रिसाहा अवतार- यी राम्रो हुन् कि नराम्रो ? यी सबै देखिने चिज मात्र हुन् कि ? सफा कपडा, टल्केका जुत्ता, सँधै मगमगाउने शरीर-भित्र लुकाइएका त्यो कालो मसाणलाई बुझौं म कसरी ? आँखाले देखेको सत्य हो कि भ्रम मात्रै? कि यहाँ नराम्रो सँधै राम्रोको भेषमा आउँछ?’

गायिका एलिना चौहानले छोटो तर स्पष्ट सन्देश दिँदै न्यायप्रतिको अपेक्षा व्यक्त गरेकी छन् । उनले नयाँ सरकार आयो अब कुनै अपराधी बच्ने छैन भन्दै लेखेकी छन् । ‘निर्दोष नफसोस्, अपराधी नबचोस्,’ भन्ने उनको भनाइले निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियाको माग झल्काउँछ ।

यसैगरी प्रिज्मा खतिवडाको स्टाटसले पनि व्यापक ध्यान खिचेको छ, विशेषगरी किनभने यसअघि उनी र लम्सालबीच विवादसमेत चर्चामा आएको थियो ।

प्रिज्माले आफ्नो स्टाटसमार्फत समाजको सोचमाथि गम्भीर प्रश्न उठाएकी छन् । उनी लेख्छिन्, ‘हामी सधैं सोध्छौं,‘किन ढिलो बोलिन ?’ तर कहिल्यै बुझ्न खोज्दैनौं- ‘बोल्न कति गाह्रो थियो’ हिम्मत गरेर आवाज उठाउनेलाई कमजोर बनाउने होइन, साथ दिने बनौँ।’ छोरी मान्छे बाहिर आएर आफू माथि भएको अपराधबारे बोल्दा, उल्टै उसकै चरित्र हत्या गर्न छोडौँ। पीडितलाई होइन, दोषीलाई प्रश्न गरौँ। न्याय मिलोस्, दोषीलाई कडा सजाय होस्।’

यो घटनाले फेरि एकपटक नेपाली समाजमा लैंगिक हिंसा, पीडितप्रतिको दृष्टिकोण र सार्वजनिक व्यक्तिहरूप्रति अन्धविश्वासजस्ता विषयहरूलाई बहसको केन्द्रमा ल्याएको छ ।

अभिनेत्री लक्ष्मी बर्देवाले अपराधको कुनै पेशा नहुने सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् । ‘अपराधको कुनै पेशा, क्षेत्र हुँदैन । देखेर नदेखे जस्तो र सुनेर नसुने जस्तो गर्ने स्थीतीबाट माथी उठ्न सके मात्रै मेरो पेशा भनेर खुसी हुने दिन आउछ्। पीडितको सुरक्षा गर्दै पीडकलाइ कानुनी दायरामा ल्याइनु पर्छ। यथाशिघ्र छानबिन हुनेछ भन्नेमा बिश्वस्त छु’, उनले भनेकी छन‍् ।

पीडकलाई कानुनी दायरामा ल्याउनु  पर्ने उनले उल्लेख गरेकी छिन्। यस्तै गायिका समीक्षा अधिकारीले स्टाटसमार्फत आफू पीडितको पक्षमा सधैं रहेको र आफू पनि कुनै बेला त्यही परिस्थितिबाट आएको उनले उल्लेख गरेकी छिन्।

अर्को तर्फ कलाकार दीपकराज गिरीले यस्तो संवेदनशील विषयमा कुनै पनि प्रतिक्रिया दिदा सोचेर मात्र दिऔँ, ‘बलात्कार जस्तो बिषयमा हाम्ले आफ्नो धारणा राख्दा एकदमै होसियार हुनु पर्छ । किनकि एउटा गलत शब्दले पिडित पक्षलाइ झन् ठूलो चोट दिन सक्छ  

न्यायको लागि आबाज उठाऔँ । आफैँ न्यायाधीश नबनौँ’ उनले उल्लेख गरेका छन्।

आफूलाई जर्बजस्र्ती करणी गरेको आरोप लम्सालमाथि लगाएपछि युवतीको चौतर्फी आलोचना हुन थाल्यो । किन एक वर्षसम्म केही बोलिन्न, लम्सालसँग ‘बार्गेनिङ’ वा अरु केही भन्ने प्रश्नले आउन थालेपछि उनले आफ्नो पहिचान खुलाएकी छन् । उनले आफू पनि कलाकारिता क्षेत्रबाटै आएको बताएकी छन् ।  

आरोपित लम्साल पक्राउ परेका छन् । प्रहरीले पाँच दिनको म्याद थप गरी लम्सालमाथिको अनुसन्धान अघि बढाएको छ ।  
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
५ मिनेट अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस