कुशल प्रस्तुति!
०८ कार्तिक २०८२
•
४ मिनेट पाठ
कुशल प्रस्तुति!
सामाजिक सञ्जालतिर देखाउँदै - सविना! हेर न मान्छेहरू कहाँकहाँ पुग्छन् है! कार्यक्रम भ्याउँछन्। फेरि मानसम्मान पाेक्याउन पनि उस्तै चटाराे के! कति सिपालु मान्छेहरू! जहाँसुकै उनै उनैकाे भिडभाड!




सविनाले देखाएतिर फर्केर अजिाले - किन यसमा यत्रोविघ्न आश्चर्य के भाे र? भन्दै थिइन्। उता सविनाले - ती ठाउँठाउँ पुगेर विज्ञापनमा व्यस्त रहने स्वघाेषित वरिष्ठ स्रष्टातिर औंला तेर्स्याएकाे देखेर अजिताले थपिन् - त्यै त भन्दै छु यसलाई याँ - माकाे अनौठो ठान्नुपर्ने के छ र? ल, मेचीमहाकाली वारिपारि यात्रामा निस्केर कार्यक्रम गर्दै हिंड्छन् नि साहित्यकारहरू याे कसरी सम्भव भाे? यी क्या यी! मानसम्मान थाप्दै हिंड्ने सर्जकले साँच्चै सञ्जालमा तस्बिर साटिए जस्तै स्वतस्फूर्त मनदेखि सम्मान पाएका हुन् कि प्रायाेजित? मैले ठम्याउन नसक्या नि! सविनाले प्रस्ट्याउने चेष्टा गरिन्।

ए.. बुझेंबुझें। याे त चलेकै छ नि खुला गाेप्य! (ओपनसेक्रेट) अर्थव्यस्था स्वयंले गर्ने बाँकी आयोजनाका लागि स्थानीय स्राेत परिचालन हुने याे त आधुनिक कला प्रदर्शनी हाे नि! कस्तो कुराे नबुझ्या कि बुझ्न नखाेज्या तिमीले? अजिताले प्रतिप्रश्न गरिन्।

त्यै त सिर्जनामा साख नभेटा मान्छे पनि धमाधम कविता वाचनदेखि पुरस्कार थापनसम्मका झाेला बाेकेर कुदेका कुद्यै छन् अनि लाग्दैन त अचम्म! सविनाकाे तर्क।

मैले तिमी गलत छौ भन्या हाेइन महाशय! मेरो भनाइ छताछुल्ल छ नि! मान्छेले चर्चामा आउन आफैँ खाम, दाेसल्ला र सम्मानपत्रकाे चाँजाे मिलाएर पाँजा सुकाउने हाेडबाजीमा देश दौडाहा गर्छन्।

निवेदन मागेर पुरस्कार दिने र बढाइचढाइ सिफारिस सहितका निवेदन ठाेकेर पुरस्कार हत्याउने महामारी छ नि! तिमी यसबाट परिचित छैनौ? मैले कसरी कम आँक्नु त तिमीलाई! यत्रो बजार तातेकाे बेला तिमी ताजगी (अपडेट) छैनौ भनेर।

मैले साेझै व्याख्या गरें भनें ठानौली य, मलाई यतिसाराे पछौटे ठानेकाे? के चलिराछ समाजमा? थाहै नपाउने मनहुस मानेकाे? प्रश्न ठाेकेर मलाई तर्साउली भनेर सुरुमा बेलीविस्तारतिर हाम नफाल्या नि मैयाँ! यदि यसाे भयाे भने ममाथि आइलागेन त अर्को आपत्? अनि म कहाँ जाने काेसँग ठाेक्किने?

भन तिमी आफैं। कुरा गरिसाध्य छैन है! नेता माला किन्न पैसा बाँड्छन्। स्रष्टा पुरस्कार पाउन पैसा बाँड्छन्। फरक के छ भने नेता राज्यको धुकुटी बाँड्छन् स्रष्टा बाउबाजेकाे जेथा, बाँड्न त दुवैले बाँड्ने नै हुन्। बाँड्नुकाे गूढ भने - आफू ठुलाे मान्छे भएको स्वघाेषणालाई जनपक्षीय घाेषणा बनाउने प्रायाेजित अन्तरकथा हुने रहेछ हाेइन त? यसमा द्विविधा हुनुपर्ने क्यै छैन जे छ छर्लङ्गै छ यहीं हाे यस्तै अभ्यास छ चल्तीमा। त्यसैले आश्चर्य नमाने हुन्छ बरु कार्यक्रमहरूमा प्रमुख अतिथि हुने कतै पुरस्कार पाेक्याउने मनसाय हाे भने मन मिल्ने तन मिल्ने साथीहरू जुटाई धन पुग्ने गरी एउटा समूह बनाइहाल्ने आलाेपालाे मिलाउने चर्चामा आइहाल्ने हाे।

शुभस्य शीघ्रम्, शुभ कार्यमा ढिलाे नगर्ने हाे। समय अनुसार हिंड्ने भनेको यै हाे, मादल बजेसरि कम्मर मर्काउने कलापारखीहरू कहाँकहाँ पुगिसके! तिमी कुन जमानमा छौ? उइ बासी चिन्तन मुलाबारीमा। हाे नि है! यत्रो लेनदेन चलिरहेको वर्तमान परिप्रेक्ष्य साटासाट पद्धति नबुझेर त हाेला कतै कार्यक्रममा सहभागी हुनै नपाइने।

सामाजिक सञ्जालका निम्तो पत्याउँदै कति ठाउँ कुद्नु? फेरि मान्छेहरू पनि के भा भन्या! उइउइ प्रमुख अतिथि, उइउइ वक्ता! अरू मान्छे छैनन् झैं। नयाँ पात्र, नयाँ शैली र नयाँ विश्लेषण सुन्न पाइन्छ कि भन्ठान्याे! अहँ छैन, सबैतिर उइ बासी!

एक दिन त ३ कार्यक्रममा पुगेको ३ ओटैमा उनै वक्ता! लाग्याे वक्ताहरूकाे खडेरी परेछ। हुन त अचेल कसकाे कुरा कसले सुन्छ र! हातमा माेबाइल छँदा छँदै फेरि कानेखुसी गर्ने प्रिय मित्रकाे खाँचाे हुन्न छेउमै हुन्छन्। फेरि अचेलका भाषण, भाषण त हुन् खास नवीन विषय विश्लेषण हुन्न। दिने हाे भाषण, बाेले अनुसार व्यवहार गर्नुपर्ने भए पाे विचार गरेर उपयोगी कुरा गर्नुपर्ने हुन्थ्यो।

यहाँ त बाेल्नका लागि बाेल्ने हाे औपचारिक हुने हाे। पूरा गर्नुपर्ने जिम्मेवारी हुँदैन। हाे, आयोजकलाई भने स्वाद पर्नुपर्छ नत्र अर्कोपल्ट अरूलाई बाेलाउला भन्ने पिर हुन्छ। विचरा वक्तालाई कस्तो भ्याइनभ्याइ! यसमा एउटा कुरा भने राम्रो हुने रहेछ - प्रमुख अतिथि र वक्ता दुवैले तयारी भाषण सुनाउन मिल्ने!

धेरै कार्यक्रम भएर तयारी पुगेन भन्न पनि पाइने र सबैतिर मैलाई बाेलाउँछन् तिमीहरूले पनि नछाेड है! भन्ने स्वविज्ञापन पनि हुने। अर्को महत्त्वपूर्ण कुराे बाेल्ने विषय एकपटक तयार गरेपछि थाेरै परिमार्जनसहित जहाँ पनि जहिले काम लाग्ने। बाेल्ने कला भएसी जति ठाउँको वक्ता भए नि फरक नपर्ने। छैन त याे गजबकाे अवसर? यसलाई भनिन्छ- चतुर वक्ताकाे कुशल प्रस्तुति!
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस