बलिउड अभिनेत्री श्रद्धा कपुर आफ्ने आगामी फिल्म ‘ईठा’ का कारण चर्चामा छिन्। फिल्मको टिजर आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमा टिजरका केही दृश्यहरू भाइरल भएका थिए र श्रद्धाको अभिनयको व्यापक प्रशंसा गरिएको थियो। अब फिल्मका निर्माताहरूले टिजर औपचारिक रूपमा सार्वजनिक गरेका छन्।
यो फिल्म प्रसिद्ध मराठी लावणी तथा तमाशा कलाकार विठाबाई नारायणगांवकरको जीवनकथामा आधारित छ। फिल्मका निर्देशक लक्षमण उतेकर हुन्, जसले यसअघि छावा जस्तो सफल फिल्म निर्देशन गरेका थिए।
टिजरमा ईठाबाईको जीवन संघर्षलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ। एक दृश्यमा उनी नौ महिनाको गर्भवती अवस्थामा पनि कार्यक्रमका लागि तयारी गरिरहेकी देखिन्छिन्। कठिन परिस्थितिमा समेत मञ्चमा उभिएर उत्कृष्ट प्रस्तुति दिने उनको दृढता टिजरको मुख्य आकर्षण बनेको छ।
श्रद्धा कपूरले ईठाबाईको भूमिकामा आफूलाई पूर्ण रूपमा ढालेकी देखिन्छिन्। उनको नयाँ लुक, भावभङ्गी र अभिनयले दर्शकहरूलाई प्रभावित पारेको छ। टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकहरूको उत्साह र अपेक्षा अझ बढेको छ। फिल्म भने २८ अगस्तदेखि सिनेमाघरमा प्रदर्शनको तयारीमा छ।