सालिक झुट बोल्छन् र?
२७ असार २०८३
•
६ मिनेट पाठ
सालिक झुट बोल्छन् र?
सालिकहरू मौन छन् किनकि ती निस्प्राण छन्। सालिकको प्रसङ्गमा बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ लागु हुन्छ। तर, नबोल्नुको अर्थ के नबोल्नेहरूभित्र कुनै अनुभूति हुँदैन? एउटा प्रश्न उब्जन्छ।  




सायद मौनताको पनि आवाज हुन्छ। हो, स्थिर छ सालिक, चुपचाप ! तर उसको त्यही मौनता नै उसको आवाज हो। त्यो मौन आवाजमा उसले आफ्नो इतिहास बताइरहेको हुन्छ।

सालिकको स्थापनालाई अस्वीकार गर्नेहरू भन्छन्– ‘मानव समाजमा सालिकको कुनै अर्थ छैन। त्यसको अस्तित्वलाई स्वीकार गर्न सकिन्न। जस्तो कि, तिनको तर्क छ– जुद्धशमशेरको सालिक राजधानीको मुटुमा किन राख्ने? जुन राणाहरूले नेपाली जनतालाई १०४ वर्षसम्म अन्धकारमा राखे, तिनका सालिक टुँडिखेलको चारै दिशामा सजाएर किन राख्ने?’

यसको प्रत्युत्तर सहज छ - ‘सालिकहरू स्वयं स्थापित भएका होइनन्, इतिहासले खडा गरिएका हुन् ती।’

यहींनिर फेरि अर्को तर्क छ -‘त्यो इतिहास हो तर कलङ्कित इतिहास। त्यस्तो खराब इतिहासको कुनै औचित्य छैन।’

यस्तो तर्क गर्नेलाई प्रतिप्रश्न गर्न सकिन्छ– ‘खराबको पनि त इतिहास हुन्छ। त्यस्तो खराब इतिहास वर्तमानले बुझ्नुहुँदैन भन्ने के छ?’

तर्क गर्ने चुप नबस्लान्, वितर्क गर्लान्– ‘होइन, खराब भनेको खराब नै हो। त्यो नराम्रै हो। वर्तमानले नराम्रोतर्फ किन आँखा लगाउनु? वर्तमानले राम्रो खोज्ने हो, राम्रै हेर्ने हो।’

अझ तिनले थप्लान्– ‘नराम्रो विषयको त जरा नै उखेल्नुपर्छ। त्यसमाथि जुद्धशमशेरको सालिकले केवल एउटा व्यक्तिको इतिहास बोल्छ। इतिहास वास्तवमा व्यक्तिको हुनुहुँदैन। यस अर्थमा पनि त्यस्तो सालिकको कुनै मूल्यमा औचित्य छैन।’

आफूमाथिको विश्लेषण सुनिरहन्छ सालिक। ऊ बोल्दैन, मौन छ।

तर्क गर्नेहरू उत्साहित होलान्, स्थापित सालिकको विषयमा बोलिरहलान्। भन्लान्– ‘किन राखिरहने खराब इतिहास झल्काउने सालिक? सहर सजाउनुको नाममा जुद्धशमशेरजस्तो निरङ्कुश शासकको सालिक नयाँसडकमा उभ्याएर त्यो बाटो हिँडेर मोडिने बटुवाहरूले उसको परिक्रमा गर्न किन बाध्य हुने? जबकि सालिकको केही अर्थ खोज्ने हो भने देशका लागि प्राण आहुति गर्ने गंगालाल, दशरथहरूको सालिकलाई पो बढी मान्यता दिनुपर्ने !’

यस हिसाबले हेर्दा यो भनाइलाई यसरी बुझ्नुपर्ने हुन्छ– ऐतिहासिक अत्याचारका इँटाहरूले उठाइएका पर्खाल ढल्नुपर्छ, इतिहासका दमनकारी काँडेदार तारहरू चुँडिनुपर्छ। अर्को शब्दमा भन्ने हो भने समाजमा रहेका खराब इतिहास प्रतीकहरू सबै मेटिनुपर्छ।

यो तर्क सुन्दा एक किसिमले शतप्रतिशत सही भनाइ हो जस्तो लाग्न सक्छ। दुवै हात उचालेर वा मनमनै थपडी बजाउन मन लाग्छ। तर, त्यही मनभित्र नजानिँदो पारामा थुप्रै खुल्दुली पक्कै उठ्छन्। के जुद्धशमशेरको सालिक उखेल्दैमा राणाकालीन इतिहास बिर्सन सकिन्छ? बिर्सन चाहेर बिर्सन सकिने इतिहास हो त्यो? त्यो षड्यन्त्र, त्यो धोखाघडी, त्यो अन्याय, त्यो अत्याचार इत्यादिको कुनै अर्थ लाग्दैन वर्तमानमा?

आजकै पुस्ता वा भविष्यको पुस्तालाई होसियारी अपनाउन त्यस्ता सालिकले बाटो देखाउँदैनन्? त्यस्ता सालिकले कुबाटोमा हिँड्ने राजनीतिज्ञलाई थप हौसला त पक्कै दिँदैनन् होला। तिनले ‘म त्यस्तो थिएँ, तिमी पनि त्यस्तै चरित्रको हुनुपर्छ’ भनेर पाठ पनि त पक्कै पढाउँदैनन् होला।

कदाचित्, खराब इतिहास नै हो भने पनि त्यसको सत्यता पढाउन पनि त सालिकहरूको महत्त्व होला नि ! अन्यथा, खराब हुनु वा देखिनुको नाममा संसारमा कुनै पनि किसिमका खराबीहरूलाई महत्त्व नदिने हो भने त्यस खालका इतिहास एकलकाँटे हुन पुग्दैन भन्ने छैन। यस अर्थमा कुनै निश्चित विषयको इतिहासलाई सम्पूर्ण रूपमा थाहा पाउनका लागि अर्थात् सत्य–तथ्य बुझ्नका लागि त्यससँग सम्बन्धित असल र खराब दुवै पक्षलाई समान रूपले अङ्कित गर्न आवश्यक हुन्छ।

त्यसो त, सालिक नरहनासाथ इतिहास मेटिई जान्छ र? कदाचित् त्यस्तो हुने हो भने लेनिनको सालिक ढल्दै जानुको अर्थ लेनिन स्वयम्को वा लेनिनकालको इतिहास मेटिनु हो? अथवा चीनमा माओपछिको शासनसत्ताले, इराकमा सद्दाम हुसेनपछिको शासनसत्ताले, बंगलादेशमा सेखमुजिबपछिको शासनसत्ताले तिनका सालिक भत्काउँदैमा तत्–तत् व्यक्तिका वा तत्कालीन कालका इतिहास मेटिइसके र? प्रस्ट छ, ती त अब वर्तमानमा इतिहासका पात्र र विषय हुन्, अझ स्पष्ट भन्ने हो भने, अत्यन्तै चाखलाग्दा विषय ! कसैले तिनलाई महत्त्व दिनु या नदिनु आफ्नो सुविधाअनुसारको ठाउँमा होला। तर इतिहास हुन् ती, इतिहास। हिटलर इतिहास हो, नेपोलियन इतिहास हो, लेनिन इतिहास हो, माओ इतिहास हो, गान्धी इतिहास हो, त्योसँगै गोड्से पनि इतिहास हो। यसरी नै हाम्रै देशका बलभद्र, अमरसिंह, कालु पाण्डे सबै इतिहास हुन् भने राणाकालका जङ्गबहादुर या तिनका सन्तान जुद्धशमशेरहरू चाहिँ किन अछुत? निजहरू र तिनका सालिकलाई ‘माइनस’ गर्नु भनेको राणाकालको इतिहास जान्न चाहनेका लागि अन्याय गर्नु हो। जोड दिएर भन्नुपर्छ– सालिकहरू जसरी जुन प्रकारले स्थापित भएका छन्, ती कायम नै रहनुपर्छ, चाहे तिनका इतिहास कालो कलङ्क नै किन नहोस् !

स्पष्ट छ– इतिहास भनेको इतिहास हो। इतिहासले भविष्यको बाटो पहिल्याउँछ। अर्को वाक्यमा भन्ने हो भने इतिहासमा भविष्यको द्वार खोल्ने शक्ति हुन्छ। यसरी, आफैंमा गरिमा बोक्ने इतिहासलाई अपहेलना गर्नु, घृणा गर्नु वा तिरस्कार गर्नु इतिहासमाथि अन्याय गर्नु हो। त्यसै पनि, इतिहासको कालखण्डको प्रतीकका रूपमा सालिकहरूलाई जसरी जुन स्थितिमा स्थापना गरिए, त्यसबखतको समय–परिस्थिति र त्यतिखेरको आर्थिक लगानीको हिसाबले हेर्ने हो भने त्यसमाथि गर्व पो गर्नुपर्ने हुन्छ, कहाँ तिनलाई मास्ने कुरो? राजनीतिक आँखाबाट पूर्वाग्रही ढङ्गले हेर्ने हो भने कुरो बेग्लै। अन्यथा, सालिकहरूको उपस्थितिले कसैको मनमा न त कुनै किसिमको ठेस पुग्छ, न त तिनले कसैलाई दुःख दिन्छन्। कदाचित्, कुनै आवेगले स्थापित भएर रहेका सालिकहरूलाई राख्न नहुने तर्क गर्ने हो भने भोलि आउने सन्ततिले पनि त यही तर्क गरिदेलान् र आज स्थापना गरिएका सालिकलाई धमाधम ढालिदेलान्। अनि त्यस्तो अवस्थामा जवाफ कोसँग माग्ने? क्षतिपूर्ति कसबाट दिलाउने?

कम्तीमा समयको प्रमाण हो सालिक। जे देखिन्छ, देखिनुबाहेकको सत्य अर्को छैन भनिएझैं सालिकले सत्य बोलिरहेको हुन्छ। अर्थात् सालिकको अस्तित्वले सही प्रमाण पेस गरिरहेको हुन्छ। यस अर्थमा सालिकहरू झुट बोल्दैनन्, बोल्न जान्दैनन्। कदाचित् झुट बोल्न चाहे पनि बोल्न सक्तैनन्। किनकि आफू जे छ त्योबाहेक अर्को रूपमा प्रस्तुत हुने अधिकार सालिकमा निहित हुन्न। यथास्थितिको रूपमा रहनुको अलावा अर्को विकल्प नै छैन सालिकमा। त्यही रूप नै सालिकको चारित्रिक गुण हो।

सालिकको अवस्थितिको अर्को पनि अर्थ छ। सांस्कृतिक रूपले सालिक भनेको कलाकारद्वारा सिर्जित कलाकृति पनि हो। त्यसमा कलाकारको पसिना बगेको हुन्छ, मेहनतले सिर्जिएको हुन्छ। मुख्य कुरो, सालिकको निर्माण गर्दा कलाकारको सिपले सबैभन्दा बढी भूमिका निर्वाह गरेको हुन्छ। यस दृष्टिकोणले कुनै पनि कला राष्ट्रको सम्पत्ति हो र यस्तो कलाको जगेर्ना गरिनुपर्छ।

सत्य हो, सालिकहरू मौन छन्, बोली प्रस्फुटन गर्न सक्ने तिनको शक्ति छैन, सामथ्र्य छैन। तर, नबोल्दैमा त्यसको अर्थ यो हुँदैन कि बोल्न नसक्नेहरू कमजोर हुन्छन्। कदापि होइन, जीवित मान्छेको झैं प्राण नभए पनि निस्प्राण सालिकहरूले आफ्नो अस्तित्व जाहेर गरिराखेका हुन्छन्, मौनतामै स्वयं अभिव्यक्त भइराखेका हुन्छन्। मनन गर ! सालिकको सम्मान गर !
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस