कैलालीको टीकापुर। एक समय देशव्यापी राजनीतिक तनाव र पीडाको प्रतीक बनेको यो सहर आज फेरि शान्ति, सद्भाव र सहअस्तित्वको नयाँ कथा लेखिरहेको छ। थारु आन्दोलनको घटनापछि असहजता, अविश्वास र त्रासको वातावरण बनेको यही सहर अहिले फेरि मिलन र सहकार्यको उदाहरण बन्दै गएको देखिन्छ। समयले धेरै घाउलाई बिस्तारै निको बनाउँदै लगेको छ।
थारु समुदायको बाहुल्य रहेको टीकापुर आन्दोलनपछि केही समयसम्म असहजताको घेरामा थियो। बाहिरबाट हेर्दा सहर शान्त देखिए पनि मनभित्र अविश्वासको हल्का छाया थियो। राजनीतिक घटनाक्रमले यहाँका सामाजिक सम्बन्धमा पनि असर पारेको थियो।
समयसँगै मानिसहरूले बुझ्दै गए। सहरलाई शान्त बनाउन राजनीतिक नाराभन्दा पनि सामाजिक सद्भाव चाहिन्छ भन्ने बोध भयो। स्थानीयले एकअर्कासँग संवाद बढाए। समुदायबिचको सम्बन्ध सुधार्न विभिन्न पहल भए।
आज त्यो प्रयासको परिणाम देखिन थालेको छ। टीकापुर फेरि पुरानै पहिचानतिर फर्किंदै छ - शान्त, सुन्दर र सद्भावले भरिएको सहर।
यस पटकको निर्वाचनले टीकापुरको बदलिँदो मनोविज्ञानलाई झन् स्पष्ट बनाएको छ। थारु समुदायको बहुलता रहेको यस क्षेत्रमा गैरथारु समुदायका उम्मेदवारले जित हासिल गर्नु केवल राजनीतिक परिणाम मात्र होइन, यो सामाजिक विश्वासको संकेत पनि हो। अब टीकापुरमा चुनाव प्रतिस्पर्धा हुन्छ तर मनभित्र वैमनस्य हुँदैन।
चुनावको तयारी र मतदान प्रक्रिया पनि यहाँ शान्तिपूर्ण रूपमा सम्पन्न भयो। सडकमा ठुलो भिडभाड थिएन, नाराबाजी कम थियो तर मतदाताको सहभागिता उत्साहजनक देखिन्थ्यो।
बजार, चोक र गल्लीहरूमा चुनावको चर्चा भए पनि त्यो बहस कटु थिएन। स्थानीय चिया पसलहरूमा राजनीतिक बहस चल्थ्यो, तर अन्त्यमा सबैले हाँस्दै चिया पिएर छुट्टिन्थे।
टीकापुर केवल भौगोलिक सहर मात्र होइन, यहाँको सामाजिक मन पनि बिस्तारै फराकिलो बन्दै गएको छ। समुदायबिचको दुरी घट्दै गएको छ। कुनै समय विभाजनको रेखाले चिनिएको ठाउँ अहिले सहअस्तित्वको प्रतीक बन्ने बाटोमा छ।
बगैंचामा खेलिरहेका बालबालिका, साइकल चढेर विद्यालय जाँदै गरेका विद्यार्थी र साँझपख बजारतिर हिँडिरहेका परिवार देख्दा यो सहर फेरि सामान्य जीवनमा फर्किएको स्पष्ट देखिन्छ।
काठमाडौंको राजनीतिक हलचलबाट टाढा बसेर हेर्दा टीकापुरले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ। समाजमा भएका घाउहरू समय, संवाद र सहकार्यले निको पार्न सक्छ। राजनीतिक आन्दोलनले क्षणिक विभाजन ल्याउन सक्छ तर दीर्घकालीन शान्ति भने सामाजिक समझदारीबाट मात्र सम्भव हुन्छ। सुन्दर र सद्भावयुक्त यो सहरलाई राजधानीबाट ढोगदिया!
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।
नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्याइएको अध्यक्ष अधिकारीले जनाए।
तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।
उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।
प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।
उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...