स्रष्टा र चेतना-सौन्दर्यको अर्थ
०४ असोज २०८२
•
५ मिनेट पाठ
स्रष्टा र चेतना-सौन्दर्यको अर्थ
नेपालमा गीतसङ्गीत र गायनको कुरा गर्दा जहिले पनि रेडियो नेपालको अहं भूमिकाको चर्चा आउँछ। रेडियो नेपालको स्थापनासँगै नेपालमा नेपाली भाषाका गीतहरूको प्रसारण र प्रस्तुति बढ्दै गयो। रेडियो नेपालमा गीतसङ्गीतको प्रवर्धनमा सबै भाषाभाषीले योगदान पुर्‍याउँदै गए।




रेडियो नेपाल राणाकालको अन्त्यसँगै स्थापना भएको र राणाकालकै विरोधमा गीत गाउँदै आएकी गायिका रानुदेवी अधिकारीकै गीतहरू प्रसारण गरेर कार्यक्रम सुरु भयो।

रानुदेवी, नातिकाजी, हरिप्रसाद रिमाल, शिवशंकर आदिको योगदानबाट रेडियो नेपाल प्रसारणको इतिहासमा अघि बढ्यो। गीतसङ्गीत क्षेत्रमा सुरुदेखि नै काठमाडौं, विराटनगर, पाल्पा, पोखरा, वीरगन्जका कलाकारको योगदान बढ्दै गयो।

अध्ययन, अनुभव र सक्रियताको आधारमा राणाको दरबार र परिसरमा गाउने–बजाउने कलाकारहरू पनि रेडियो नेपालभित्र आबद्ध भए। त्यसमध्ये विशेषतः वाद्यवादकका रूपमा भारतको बनारस, गोपालपुर, ग्वालियरका दरबारमा आबद्ध अनि नेपालकै तराईका वाद्यवादक सक्रिय देखिए।

सन्दर्भ र प्रसङ्गका हिसाबले २०१३ सालमा भारतीय वाद्यवादकले बिस्तारै नेपाल छोडेर गए। यसपछि नेपालकै वाद्यवादक सक्रिय रूपमा देखिए। त्यसपछि बिस्तारै नेपालबाहिर भारतको पश्चिम–बङ्गालको दार्जिलिङ, कालिम्पोङ, खरसाङका भारतीय मूलका नेपाली वाद्यवादक पनि सक्रिय देखिए।

दार्जिलिङ र नेपालका वाद्यवादकजस्तै गीतलेखन र गायनमा पनि दुवैतिरका सङ्गीतकर्मी, स्वरकर्मी अनि रचनाकार देखिए। भाषागत रूपमा नेपाली भाषाका गीतसङ्गीतको विकास हुँदै गर्दा २०२१ सालपछि रेडियो नेपालले नेवार भाषामा प्रसारण भइरहेको साङ्गीतिक कार्यक्रम ‘जीवन या दबू’ र हिन्दी भाषाको समाचार प्रसारण बन्द गरिदियो। यी दुई भाषाको प्रसारण बन्द भएपछि हिन्दी र अंग्रेजी भाषा गीत र समाचारमा सीमित रहे भने नेवार भाषा रेडियोको विद्युतीय तरङ्गबाट विलयको आकाशमा हरायो।

नेवार भाषाका प्रसिद्ध गीतकार दुर्गालाल श्रेष्ठ, पद्मरत्न तुलाधर, गिरिजाप्रसाद जोशी अनि भृगुराम श्रेष्ठ, रामप्रसाद मानन्धर, जुजुकाजी रञ्जितहरू बिस्तारै हराउँदै गए तर अरू बाँकी जो नेवार भाषाबाहेक नेपाली भाषाका गीत पनि गाउन सक्ने र गाउन इच्छुक हुन सक्ने स्रष्टासाधक फत्तेमान राजभण्डारी, सत्यनारायण राजभण्डारी, सुशीला कंसाकार, योगेश वैद्य, रमेश ताम्रकार, मदनकृष्ण श्रेष्ठ मूलधारमा मिसिए तर कैयन अन्य प्रतिभा आफ्नो मातृभाषाकै निम्ति डटिरहे।

त्यस समयका सशक्त गीतकार जो अहिलेका चर्चित नेपाली भाषी गीतकार भए, दुर्गालाल श्रेष्ठ । गीतकार, कवि, अनुवादक श्रेष्ठ  अरू नेवार भाषी साहित्यकार चित्तरञ्जन नेपाली, विजय मल्ल, गोविन्द गोठालेजस्तै तुरुन्तै नेपाली भाषामा आउन सकेनन्। उनी आउन चाहेनन् वा उनलाई आउन सक्ने वातावरण भएन, त्यो धेरै समय लाग्यो अरूका निम्ति।

नेपाल भाषामा जनकविको दर्जा पाइसकेका कवि दुर्गालालले लामो समयपछि विक्रमाब्द चालिसको दशकमा महको प्रस्तुतिमा ‘सय थरी गोडा एउटै चाल’ गीतसँगै नेपाली गीतलेखनमा प्रवेश गरे। यसपछि मात्र नेपाली जनले उनलाई गीतकारका रूपमा चिने अर्थात् उनी गीतकार पनि हुन् भनेर परिचित भए। आनी चोइङ डोल्माले गाएको ‘फूलको आँखामा फूलकै संसार’पछि उनी लोकप्रसिद्ध भए।

दुर्गालाललाई चिनाउन न्ह्यू बज्राचार्यका सङ्गीतका यी दुई गीतले विशेष भूमिका खेल्यो। सङ्गीतकार न्ह्यू बज्राचार्य पनि नेपाल भाषाका प्रसिद्ध भाषासेवी परमानन्द बज्राचार्यका छोरा हुनुका साथै उनका भिनाजु द्वारिकालाल जोशी र उनकी दिदी नगिना जोशी सक्रिय रूपमा नेपाल भाषाबाट नेपाली गीतसङ्गीतमा आइसकेका थिए। न्ह्यूका काका देव बज्राचार्य जो पहिलेदेखि गीतकारका रूपमा स्थापित नै थिए।

भाषा आन्दोलनकै समय दुर्गालालको गीत ‘घा जुया जक ख्वाइगु खः जि... स्यागु लिँ सः तइगु...’ पञ्चायत र रेडियो नेपालको षड्यन्त्रविरुद्ध लेखिएको खास गीत थियो। यही गीतको बलमा नेवार भाषी बेला बेलामा आन्दोलनमा उत्रिन्थे। यस गीतका स्रष्टा रेडियो नेपाल प्रवेश गर्नु एक प्रकारको विरोधाभास हुन सक्थ्यो। सोही कारणले दुर्गालालले रेडियो नेपाल पुनरागमनलाई आफ्नै अभीष्टि बनाएनन्।

यसलाई स्रष्टाहरूमा हुने प्रतिज्ञा वा अहं केका रूपमा बुझ्ने हो, त्यो शोधको विषय हुन सक्छ। भारतमा हिन्दी फिल्म जगत्का प्रसिद्ध उर्दुभाषी गीतकार साहिर लुधियानवीले पनि यस्तै एउटा आन्दोलन छेडेका थिए। उनले भारतको प्रमुख प्रसारण संस्था ‘प्रसार भारती’ले रेडियोबाट गीत प्रसारण गर्दा गायकगायिकाको नाम दिएजस्तै गीतकारको  पनि नाम दिनुपर्ने दबाब दिए। आफ्नो नाम सम्मानसहित नलिने हो भने प्रसार भारतीलाई आफ्नो र आफ्ना साथीका गीत बजाउन उनले प्रतिबन्ध लगाए।

भारत सरकारको प्रसार भारती र सर्जकबिचको यो लडाइँमा साहिरको जित भयो। आज उनकै कारण भारतमा फिल्मी गीत प्रसारण गर्दा गायकगायिकासँगै सङ्गीतकार र गीतकारको पनि नाम लिइन्छ।

त्यति मात्र होइन, साहिरले चलचित्र प्रदर्शन गर्दा बनाइने पोस्टरमा समेत फिल्म निर्देशक, सङ्गीतकारका जस्तै गीतकारको नाम  पनि बोल्ड अक्षरमा दिनुपर्ने सर्त राखे र उनी नै पहिलो गीतकार भए, जसको नाउँ फिल्मको पोस्टरमा ससम्मान तेस्रो स्थानमा राखिन थाल्यो।

साहिरले भारतमा चलाएको आन्दोलन र दुर्गालाल श्रेष्ठले नेपालमा चलाएको आन्दोलन पृथक् भए पनि स्रष्टाको अभिव्यक्ति र शैलीमा एकरूपता देखियो। त्यो एकरूपता समाज वा शासकीय मार्गचित्र  बदल्न स्रष्टाले सधैं अहं भूमिका निर्वाह गर्नुपर्छ भन्ने इतिहासगत चेतनाको अर्थमा थियो।

दुर्गालाल, साहिर र कवि गिरिजाप्रसाद जोशीजस्ता स्रष्टाले ल्याएको चेतनाको त्यो लहर आजका स्रष्टामा धेरै अभाव छ।

यही सन्दर्भ कुनै समय कवि, गीतकार ईश्वरवल्लभले बारम्बार उठाएका हुन्। नेपाली गीति साहित्यका पाङ्क्तेय ईश्वरवल्लभले पञ्चायती रबैयाका कारण पछि गीतै लेख्न छोडे र उनी लगभग गीतकारका रूपमा बहिष्कृतजस्तै भए तर पछि उनले पनि नेपाली चलचित्र ‘अन्याय’को शीर्षगीत लेखेर पुनः गीति लेखनमा पुनरागमन गरे।

नारायणगोपाल, अम्बर गुरुङ, तारादेवी, कमला श्रेष्ठ वा दीप श्रेष्ठजस्ता कलाकारहरूले ससम्मान  गाएका ईश्वरवल्लभ गीतकार दुर्गालालजस्तै लामो समयपछि परे। उनको लेखन र विचारको जग रेडियो नेपालको पञ्चायती शासकीय दर्शनमा थिचियो।

यो र यसप्रकारको खेलबाट हाम्रा स्रष्टासाधक सदैव शोषित पीडित छन्, दुर्गालाल, ईश्वरवल्लभ त उदाहरण मात्रै हुन्। रामेश, रायन, मञ्जुल, अरिम, श्याम तमोट, प्रमोद हमालका कथा त बाँकी नै छन्।  
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस