नेपाली सिनेमा उद्योगमा पछिल्लो समय एउटै जनरामा चलचित्र बन्ने क्रम बढेको छ। त्यही सन्तानले बा–आमालाई दुःख दिने छोडेर विदेश जाने, अभिभावकलाई दुःख दिने जस्ता विषयवस्तुको चलचित्रको वर्चस्व बढेको छ। यो प्रवृत्ति एकाएक आएको भने होइन यसको सुरुवाद २०८१ म प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पछि विस्तार भएको बुझिन्छ। उक्त चलचित्र सिनेमा हलमा आक्रामक व्यापार गर्न सक्यो। कम लागतमा निर्माण भएको यो चलचित्र नेपालकै सर्वाधिक कलेक्सन गर्न सफल भयो। त्यसपछिको चलचित्रहरू प्रायः यही विषयवस्तुमा बन्न थाल्यो। उदाहरणको लागि गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ त्यसको अर्को सिक्वेल बन्ने क्रम पनि जारी छ। अर्को त्यही वर्ष प्रदर्शनमा आएको नीर शाह अभिनीत चलचित्र ‘परान’ यस्ता कैयौँ चलचित्रहरू यही कथावस्तुमा आधारित बनेका छन्।
यही बिच सामाजिक ड्रामा जनरामा रहेको चलचित्र ‘बा: एक योद्धा’ पनि यही शुक्रबारदेखि प्रदर्शनको तयारीमा छ।
कथाको सुरुवाद हुन्छ, एक मध्यम वर्गका परिवारदेखि जहाँ छोरी कृपा (सुहाना थापा) को विवाहको तयारी भइरहेको छ। हेर्दा सबै सामान्य खुसहाल परिवार तर यसमा डाह र ईर्ष्याको बिउ उम्रिसकेको छ। दाजुले बहिनीसँग गरेको यो ईर्ष्यादेखि नै कथाको मुख्य कथावस्तुको सुरुवाद भएको छ। ‘आफ्नो औकात भन्दा बढी श्रण लिएर किन कृपाको विवाह गर्नु पर्थो’ भाइ विशाल (सागर खनाल) को बासँगको गुनासो। भन्ने संवादले कथाले लय समातेको छ। छोरीको धनी परिवारमा विवाह गराएर बा रुद्र प्रसाद अधिकारी खुसी हुन्छन्। तर यो खुसी भने धेरै समय टिक्दैन। घरको एक्लो छोरा बुहारीको क्यानडा जाने रहरले कसरी सम्पूर्ण परिवारलाई नै बाटोमा ल्याइदिन्छ। हेर्न लायक छ। बाकीका कथा हेर्नलाई तपाई सिनेमा हल नै पुग्नु पर्ने हुन्छ।
निर्देशन
निर्देशनको कुरा गर्ने हो भने यसमा हरि लम्सालले दर्शकलाई चलचित्रमा बान्न सफल भएका छन्। एक दृश्य छ,जहाँ छोरा बुहारीलाई विदेश पठाउनका लागि आमा (झरना थापा) ले सुन पसलमा आफ्नो कानको झुम्का बेच्नका लागि निकालिरहेकी छिन, ठिक त्यही समय फरक ठाउँमा उनकी बुहारीले नयाँ झुम्का किनेर लाउँदै छिन्। यो दृश्य साँचै मै मार्मिक छ। यहाँ आएर दर्शकलाई ‘समाजमा यस्ता पनि सन्तान’ भन्ने भाव आउन सक्छ। कथामा कमै ठाउँ छ, जहाँ दर्शकलाई ‘यो सिनेमा हो’ हो भन्ने महसुस गराउँछ। चलचित्रको कथा सरल रहेको छ। तर यसलाई लम्सालले वास्तविक देखाउन सफल भएका छन्। विशेषगरि क्लाइम्याक्स मजबुत बनेको छ। दर्शकहरू यहाँसम्म आइ पुग्दा सिनेमा हलमा रुवाउन सक्छ। तर क्लाइम्याक्स कै कुरा भन्ने हो, भने अन्त्यमा एउटा दृश्य छ, जहाँ कृपालाई जिउँदै जलाइएको छ, उक्त दृश्यमा बिफएक्सको प्रयोग गरिएको छ। त्यसमा प्राविधिक टिमले अझै काम गर्या भए उक्त दृश्य उत्कृष्ट बन्ने थियो।
अभिनय
सबै भन्दा पहिला कुरा गयौँ सिनेमाका प्राण दिव्य देव पन्थको उनको अभिनय प्राकृतिक छ। आफ्नो उमेर भन्दा २० वर्ष बढीका व्यक्तिको पात्रमा उनले आफूलाई ढाल्नु नै उनको सफल पक्ष हो।
सुहाना थापाको अभिनय सुध्रिदै गएको देखिन्छ। कृपाको पात्रमा उनले राम्रो काम गरेकी छन्। झरना थापाले आमाको भूमिकालाई न्याय दिएकी छन्। भने छाराको पात्रमा सागर खनालको अभिनय पनि ठिकै छ। बुहारीको पात्र निर्वाह गरेकी सप्रियाको संवाद कमनै छन्, तर उनले जति स्क्रिन पाएकी छन्, त्यसलाई न्याय दिएकी छन्। शिशिर सिवाकोटीको अभिनय भने कतिपय ठाउँमा नाटकीय लाग्छ। अर्को मुख्य कलाकार मध्य एक अनिल बुढाथोकी बाको धर्मपुत्रको रूपमा अगाडि आएका उनको अभिनय पनि ठिकै छ।
समग्रमा भन्नु हो भने, चलचित्र राम्रो बनेको छ। नेपाली समाजलाई ऐना देखाउने रूपमा। सन्तानले अभिभावकका मूल्य बिर्सेका, घरका एक सदस्यको बुद्धि बिग्रिए पछि घर कसरी नर्क बन्न पुछ, एक बाले आफ्नो सन्तानको लागि गरेका सङ्घर्ष र त्याग यसमा प्रस्तुत छन्। तपाईँलाई ‘परान’, ‘पूर्ण बहादुरको सारङ्गी’ मन परेको थियो भने ‘बा: एक योद्धा’ पनि मन पर्न सक्छ। तर तपाइ केही नयाँ कथावस्तुका अपेक्षा गरेर सिनेमा हल पुग्नु हुन्छ भने यसले निराश पार्न सक्छ।