बलिउड अभिनेता सोनू सूद गत बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न काठमाडौं आएका छन्। उनको संस्था ‘सूद च्यारिटी फाउन्डेसन’को टोली भारतबाट कम्बल, खाद्यान्न तथा अन्य आवश्यक सामग्री लिएर नेपाल मंगलबार पुगेको छन्।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सोनूले प्रभावित परिवारलाई पुनःस्थापित गर्न आगामी केही महिनासम्म निरन्तर राहत सामग्री पठाइरहने बताएका छन्।
सोनू सूदले आफ्नो टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढीपीडितहरूको वास्तविक आवश्यकता बुझिरहेको बताए।
उनले भने, “हामी यहाँ बाढीपीडितहरूलाई भेट्न आएका हौं। भारतबाट धेरै राहत सामग्री, खाद्यान्न र कम्बल ल्याएका छौं। संकटको यस घडीमा आवश्यकतामा परेका मानिसहरूको साथमा उभिनु हामी सबैको कर्तव्य हो।”
उनका अनुसार भारतबाट नेपालसम्म राहत सामग्री ल्याउनु केही कठिन भए पनि उनको फाउन्डेसनले आगामी महिनाहरूमा पनि पीडितहरूसम्म आवश्यक सहयोग निरन्तर पुग्ने सुनिश्चित गर्नेछ। साथै एएनआईसँग कुरा गर्दै ‘बाढीका कारण घरबारविहीन बनेका नागरिकको आवास निर्माणका लागि ‘एक घर बनाउने संकल्प’ अभियानको प्रस्ताव’ सोनूले गरे।
रसुवा, नुवाकोटलगायतका विभिन्न जिल्लामा नेपाली सेना र स्थानीय प्रशासनको उद्धार तथा खोजी कार्य जारी रहेको छ। बाढीमा ज्यान गुमाएका भारतीय नागरिकहरू समतेको शव पहिचानका लागि नेपालस्थित भारतीय दूतावासले पनि आवश्यक प्रक्रिया अघि बढाएको छ।