नेपाल भ्रमणमा नेपथ्य
१४ कार्तिक २०७९
•
४ मिनेट पाठ
नेपाल भ्रमणमा नेपथ्य
लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्नेभएको छ।




आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले यसैपालादेखि नयाँ अठोटका रुपमा ‘मानवता प्रवर्द्धन अभियान’ मा सहभागी हुँदैछ।

यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरुको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्तगर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरु नेपथ्यकै सक्रियता एवं सहभागीतामा अघिबढेको थियो। यस्ता अभियानमा श्रोताहरुका प्रिय ब्याण्ड नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अथ्र्याउने प्रयास पनि गरेकाे थियाे।

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोँच लिएको छ। यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानवसेवा आश्रम’ सँग हातेमालो गरेको छ।

घर परिवार र आफन्तविहीन भइ वा परिवार र समाजबाट अपहेलित भइ मानशिक रोग लागेका मानिसहरुको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दसकयता सक्रिय छ। यो संस्थाले तीन वर्ष भित्रमा सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ।

‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुती बिराटनगरमा हुनेछ। मंसिर १६ गते शुक्रबारका दिन हाटखोला मैदानमा नेपथ्य गुञ्जिनेछ। त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ। मंसिर १९ गते वीरगन्जको आदर्शनगर रंगशालामा ब्याण्ड प्रस्तुत हुनेछ। त्यसैगरि मंसिर २२ गतेका दिन हेटौंडाको भूटनदेवी स्कुल मैदानमा लोक रक गीतहरु सुनाइनेछन्।

हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो। त्यहाँबाट विस्तारभएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ।

‘साँगीतिक क्षेत्रमा लागेका संस्थाहरुमध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक वल अत्यन्त उच्च देखिएकै कारण हामी सहकार्यका लागि हौसिएका हौं’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘यो सहकार्यले हाम्रो अभियानमा मुलुकभर विशेषतः तन्नेरी पुस्तालाई जोड्न महत्वपूर्ण योगदान मिल्ने अपेक्षा गरेका छौं।’

हेटौंडापछि २५ मंसिरका दिन नारायणघाटको क्याम्पाचौरमा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम शो भने नेपालगन्जमा २९ गतेका दिन आयोजना गरिनेछ। त्यसपछि पुसको ३ गते ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ।

त्यसपछि ब्याण्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरु सुनाउनेछ। त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित रामनगर खेलमैदानमा आफूलाई प्रस्तुत गर्नेछ।

त्यसपछि नेपथ्य यात्राले ब्याण्डलाई उसको होम ग्राउण्डमा प्रवेश गराउनेछ। पुसको १२ गते मंगलबारका दिन ब्याण्डले पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आफूलाई उभ्याउने भएको छ।
यसरी मुलुकका सम्पूर्ण प्रदेशहरु घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ।

काठमाडौंमा भने पुस १६ गते शनिबारका दिन भृकुटी मण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ। नेपथ्यले यसभन्दा अघिल्लोपटक पनि काठमाडौंका श्रोता दर्शकसामु आफूलाई भृकुटी मण्डपमै उभ्याएको थियो।

ब्याण्डले यि प्रदर्शनहरु मार्फत् बेसहारा बन्नपुगेका नेपालीहरुको आवाज बनिदिने मात्र नभइ उनीहरुको सहयोगार्थ अर्थ संकलनमा समेत हातेमालो गर्नेछ। ‘हामीले गीत संगीत मात्र नभइ सामाजिक दायित्वलाईसमेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नुनपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्नलागेका छौं।’

द्वन्द्वकालमा साँगीतिक कार्यक्रम लिएर देशब्यापी यात्रा गर्दा ठाउँ ठाउँमा मानशिक सन्तुलन गुमाएका मानिसहरु अलपत्र परेको दृश्यले अमृतलाई नरमाइलो लाग्थ्यो। अब भने त्यस्ता नेपालीहरुको उद्धारमा खटिएको संस्थासँग हातेमालो गर्नपाउँदा मनमा सन्तोष लागेको उनी बताउँछन्। यो अभियानसँगै अब नेपथ्यका गीतहरु ‘मानवताको लागि संगीत’ बन्नपुगेको अमृतको धारणा छ।

नेपथ्यको यो भ्रमणलाई नेपालयले व्यवस्थापन गर्न लागेको हो। मुलुकभरका कन्सर्टहरुको आयोजक मानवसेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रहरुले ती–ती स्थानमा यसलाई सघाउनेछन्।
‘हामीले सबैतिर उच्चस्तरको प्रविधिसहित खुला आकाशमुनी शो आयोजना गर्नलागेका छौं,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘एकातिर यसले सर्वत्र एकरुपता झल्काउनेछ भने कतिपय स्थानमा यस किसिमको पहिलो मञ्चका रुपमा पनि स्थानीय श्रोता दर्शकले कन्सर्टको आनन्द लिनपाउने छन्।’

यसका टिकट मानवसेवा आश्रमकै सम्वन्धित केन्द्रहरुबाट उपलब्ध गराइनेछ।
अर्को समाचार
एक महिने नेपाल भ्रमणमा नेपथ्य
१९ कार्तिक २०७९
•
२ मिनेट पाठ
एक महिने नेपाल भ्रमणमा नेपथ्य
नेपथ्य ब्यान्डले ‘मानवता प्रवद्र्धन’ को उद्देश्य लागि एक महिने सांगीतिक यात्रा गर्नेभएको छ। लामो समयदेखि ‘शान्तिका लागि शिक्षा’, ‘सुन्दर, शान्त नेपाल’ जस्ता अभियानमार्फत जनचेतना फैलाउँदै आएको नेपथ्यले आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म (डिसेम्बर २ तारिखदेखि ३१ तारिखसम्म) मानवता प्रवद्र्धनका लागि सांगीतिक कार्यक्रम गर्नेभएको छ।  




आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रूपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो। यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले सामाजिक संस्था ‘मानवसेवा आश्रम’सँग हातेमालो गर्नेभएको छ।

‘मानवताका लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुति मंसिर १६ गते विराटनगरमा हुनेभएको छ। त्यसैगरी मंसिर १९ गते वीरगन्ज, मंसिर २२ गते हेटौंडा, मंसिर २५ गते नारायणघाटमा सांगीतिक कार्यक्रम हुने छ। त्यस्तै मंसिर २९ गते नेपालगन्ज, पुस ३ गते धनगढी, पुस ६ गते सुर्खेत, पुस ९ गते बुटवलमा सांगीतिक कार्यक्रम गरी पुस १२ गते गृहभूमि पोखरामा कार्यक्रमका लागि उत्रने छ भने पुस १६ गते काठमाडौंको भृकुटी मण्डपमा कार्यक्रम गरी एक महिने सांगीतिक यात्रालाई टुङ्ग्याउने भएको छ।  

‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएका छौं,’ ब्यान्डका मुख्य गायक एवम् अगुवा अमृत गुरुङ भन्छन्, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नुनपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाँझ पुग्नलागेका छौं।’ यो अभियानसँगै अब नेपथ्यका गीतहरूले ‘मानवताका लागि संगीत’ को भाव बोल्न थालेको गायक अमृतको धारणा छ।

नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो। आयोजकका रूपमा मानव सेवा आश्रमले मुलुकभरका कार्यक्रमहरूको व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने जनाइएको छ। 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस