चलचित्र विकास बोर्डले सेन्सर पास भएर मुभी कोड नआएसम्म सिनेमाघरले अग्रिम बुकिङ नखुलाउन अनुरोध गरेको छ।
बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न अनुरोध गर्दै पत्र पठाएका छन्।
क्यूएफएक्सले शुक्रबारदेखि रिलिज हुने बलिउड फिल्म ‘विक्रम विधा’को शो बिहीबार सार्वजनिक गरेपछि बोर्ड अध्यक्ष केसीले पत्रचार गरेका हुन्।
चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन्। ‘बद्रीबहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ। शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेको ‘बद्रीबहादुर’ हास्य विधामा आधारित चलचित्र हो। निर्देशक बस्नेतले ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नु होला’ भन्दै प्रचारसमेत गरेका छन्।
‘बद्रीबहादुर अहिलेको समाजमा देखिने पात्र हो, जसको भोगाइले मनोरञ्जनसँगै विविध पक्षलाई उजागर गरेको छ। यसले दर्शकलाई केही न केही सन्देश अवश्य दिन्छ’, निर्देशक बस्नेतले भने।
चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजङ्ग बस्नेत, धीरेन शाक्य, वर्षा चौलागाईंलगायतका कलाकारले अभिनय गरेका छन्।
‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ आजदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। आपत्कालीन रुपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको चलचित्रलाई लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन्।
‘जात्रा शृंखलाको मनोरञ्जनसँगै यसपटक राष्ट्रिय विषय जोडेका छौं, तीन पात्रहरूको जात्रामा कलाकार थपेर यसपटक महाजात्रा गरेका हौं, चलचित्र हेर्दा मनोरञ्जनसँगै सन्देश पनि ग्रहण गर्नुहुने छ’, निर्देशक भट्टराईले भने।
चलचित्रमा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेललगायत कलाकारले अभिनय गरेका छन्। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेको ‘महाजात्रा’ नेपालसँगै विश्वभर व्यावसायिक रुपमा समेत सफल भएको छ। –रासस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...