प्रकाश सिग्देल
१) सद्दे मान्छे
सद्दे मान्छे जिउँदो हुँदा तारिफ गर्नेहरूको यथार्थता मर्छ,
जब सद्दे मान्छे मरिसक्छ तारिफ गर्ने बल्ल बिउँतिने गर्छ।
उसको सस्तो खाँचो टारिदिने पनि कोही थिएनन् त्यतिबेला,
जब दियो बचाउन हुरी छेक्ने हत्केलाहरूको खाँचो पर्छ।
मर्ने बेलामा आडैको गाग्रीले घाँटी समेत भिजाइदिएन उसको,
म¥यो भन्ने सुनेपछि मान्छे बल्ल पानी खुवाउन अघि सर्छ।
तेह्र दिनसम्म समवेदनाका शब्दहरूले कैयौं पन्ना भरिएछन्,
घिट्केसो थमाउँदै गर्दा न कसैको मुखबाट एक शब्द झर्छ।
बेसहारा मरेपछि नाटक र जात्रै जात्रा मन्थन भयो त्यो घरमा,
अन्तिम मृत्युलाई देखे सबै जनाले त्यो अघि ऊ कैयौं पटक मर्छ।
२) चुनावको बेला
चुनावको बेला मात्रै होइन अरू बेला पनि देश हुन्छ, देश दुखेको हुन्छ,
चोर आउँदा मात्रै होइन, नआओस् भनेर मेरो घरको भोटे भुकेको हुन्छ।
अस्तित्वको गर्धनलाई अचानो बनाई चोक्टाचोक्टा पार्यौ मेरो देशलाई,
एक ढिक्का भई चोक्टाका लागि लड्नेहरूमा देशको भविष्य लुकेको हुन्छ।
अहिले तिमी एक्लै आऊ झूटको पोको घोषणापत्र कोसेलीमा नल्याऊ,
यो गर्छु त्यो गर्छु भनेकै हुन्छन् प्रत्येक नेता प्रत्येक पटक चुकेको हुन्छ।
मासु, पैसा, पेट्रोल र रक्सीमा बिक्ने हामी जनता पनि त कम छैनौ,
बेलामा होस नपु¥याउँदा पछि आफैंले आकाशतिर फर्केर थुकेको हुन्छ।
कमजोर स्मरणशक्ति लिएर पाँच वर्षमा एकपटक गाउँमा झुल्किन्छौ,
तिम्रो राजनीतिले जहिले जहाँसुकै आफ्नै फाइदा र स्वार्थ ढुुकेको हुन्छ।
३) प्रमाणबिनाको साक्षी
बिहेमा बोलायौ आऊँ कि नआऊँ निर्णय लिन अप्ठेरो थियो,
मण्डपमा बलेको आगो मेरो दिल, तिम्रो सात फेरो थियो।
हेर्दाहेर्दै मेरो बर्बादीमा तिमी प्रमाणबिनाको साक्षी बन्यौ,
चोखो प्रेम चिनेनौ तिमीले सायद तिम्रो नजर डेरो थियो।
आमा कहिले आउली र चारा ल्याउली भन्दै कुरी बसेको,
उस्तै बेहालमा म अनि गुँडको टुहुरो भोको बचेरो थियो।
बेलैमा जवानीको उन्मादलाई लगाम दिन सकेनौं हामीले,
आखिर यो हुनुमा न दोष तिम्रो थियो न दोष मेरो थियो।
सीतालाई नजरले धोका दिंदा रामराज्यले नै धोका खायो,
हैसियतमा बस्न सकेको भए त्यहाँ लक्ष्मणको घेरो थियो।
४) बुलाकी
पहिले नाता दाइ पछि मुटु खाई, त्यसमा तिम्रो चलाखी लाग्यो,
मन त थियो सिधै दिल मागूँ तर बारम्बार हातमा राखी लाग्यो।
तिम्रो मन जस्तो कालो रुमाल चिनो देको भए जाती हुन्थ्यो,
मेरो याद जस्तो सफेद दियौ आँसु पुछ्दा पुछ्दै माखी लाग्यो।
बीच बाटोमा पुगेसी खाट्टी खुट्टालाई बनावटीले छेक्कर काट्यो,
रफ्तारमा जिन्दगी गुड्दागुड्दै एक्कासि हातमा वैशाखी लाग्यो।
गन्तव्यमा पुग्ने आशै आशमा बाटोभरि छिरलिएको यो जिन्दगी,
रजिष्टरी गरी पठाएको चिठी हराइदिने बेइमानी हुलाकी लाग्यो।
एकातिरको आँधी अर्कोतिरको झोलुङे कस्तो परिस्थिति बन्यो,
नाक र मुखको सम्बन्धमा एउटा बाधक बनेर बुलाकी लाग्यो।
५) भाग्यमानी
तिमीलाई हेरीहेरी सधैं सपना देख्ने बानी परेछ,
बिउँझिंदा सपना, बगरमा पानीको लगानी परेछ।
सर्वस्व रित्तिदा नि खालबाट उठ्न मानेन यो मन,
लाग्छ आशाको खेतीमा जुवाडे जिन्दगानी परेछ।
फूलले आफ्नो खुट्टा टेकाउने ठाउँसम्म पाएन,
हावाहुरीको भुमरीमा चर्किएको फूलदानी परेछ।
मायामा जीवनको सार खोज्दै भौतारिरहे सधैं,
रित्तो ठेकीमा फन्फनी घुमेको मदानी परेछ।
झेल्दै गरेको दोस्रोले आजित हुँदै आज भन्यो,
साँच्चि त्यो पहिलो बरु कति भाग्यमानी परेछ।