आजसम्म
काठमाडौं र बन्चरेडाँडा आआफ्नै ठाउँमा छन्
आआफ्नै संस्कृति र पहिचान
आआफ्नै परम्परा र भूपरिस्थिति
भोलिको कथा कसलाई के थाहा?
इतिहासले लेख्ला
ती ठाउँमा केवल रगत, आँसु र कङ्काल भेटिए!
- - -
हिजो
काठमाडौंको सभ्यता-सौन्दर्यले मोहित कविले
भनेका थिए
अमरावती कान्तिपुरी नगरी
बन्चरेडाँडा देखेका भए
लेख्ने थिए कविले
सौन्दर्यलाई रङ भरेर कविता, पक्कै!
आजका
सौन्दर्य र सभ्यता वञ्चित कविले भने
बाध्यतापूर्वक लेख्नुपरेको छ
विकृत समयको विडम्बना र विसङ्गत कविता
बन्चरेडाँडा, काठमाडौं र देशको विषम परिस्थितिको
सौन्दर्य र रसविहीन कविता
अशान्त वा विभत्स रसले भरेर
आँसु र रगतको कविता
भग्नावशेष देशको
मन्द बुद्धि राजनीतिक माफियाराजले थिच्चिएर
भयानक रस र करुण रसले भिजेको कविता
जसमा सञ्चार भइरहन्छन्
जुगुप्सा (घृणा) र निर्वेद (ग्लानि) का स्थायीभाव !
सभ्यतामाथि गरिएका बलात्कारको रगत
उछिट्टिएर पुगेको हो सिसडोल र बन्चरेडाँडामा!
के गर्नु?
यो अधःपतनको समय हो
निर्लज्ज समय हो
भोलि जन्मिने कविले
लेख्नुपर्ने हुन्छ बलात्कारबाट थिलथिलो देशमाथि कविता
- - -
आऊ
नष्ट गरौँ कवि हृदयहरू
भोलि जन्मिने समयमा उपत्यका र बन्चरेडाँडा,
हिमाल, पहाड र तराई
सबै-सबै थिलथिलो भइसकेपछि
कविता लेख्न कुनै रस नभेटेर
रेगिस्तान नेपालको खण्डहर वाङ्मयमा
नलेखियून् निरस-निरस कविता!