‘द एज ब्याण्ड’ विराटनगरमा प्रस्तुत हुने
१२ चैत्र २०७८
•
१ मिनेट पाठ
‘द एज ब्याण्ड’ विराटनगरमा प्रस्तुत हुने
नयाँ वर्षको अवसर पारेर विराटनगरमा कन्सर्ट कार्यक्रम हुने भएको छ। कोरोना महामारीले गर्दा धेरै समयदेखि विराटनगरमा साँगीतिक कार्यक्रम भएको छैन।  




कोरोना महामारीले तनाव पूर्ण जीवनयापन गर्दै आएकोमा सबैलाई संगीतमार्फत पुनर्ताजगी गराउने उद्देश्यका साथ नयाँ वर्षको उपलक्ष्यमा कन्सर्ट आयोजना गर्न लागिएको हो। श्रष्ठा नेपाल र सोलिस इन्टरटेन्टमेन्टले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

चैत १९ गते विराटनगरको एयरपोर्ट रोडस्थित तृष्णा रेष्टुरेन्टमा ‘द एज ब्याण्ड’ले आफ्नो प्रस्तुति दिने छ। नेपालकै उत्कृष्ट ब्याण्डको रुपमा रहेको ‘द एज ब्याण्ड’का नचाहेको हैन, सम्झिने मुटुहरूलगायतका थुप्रै  चर्चित गीतहरु रहेको सोलिस इन्टरटेन्टमेन्टका रविन श्रेष्ठले जानकारी दिए।  

पत्रकार सम्मेलनमा प्रदेश १ को प्रदेशसभा सदस्य विन्दिया कार्कीले श्रष्ठा नेपालको उद्देश्य नै समाज परिवर्तन र युवालाई कसरी रोजगारी दिन सकिन्छ भन्ने रहेको बताइन्। उनले श्रष्ठा नेपालले स्थापना कालदेखि नै महिला, बालबालिका र युवाका लागि काम गर्दै आएको जानकारी दिइन्।  

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, कोरियोग्राफर साजिद आलमलगायतले मनतव्य राखे। कन्सर्टमा करिब ३ सय ५० जना दर्शकहरू सहभागी हुने आयोजकले बताएको छ।
अर्को समाचार
शुक्रबार विराटनगरमा ‘नेपथ्य’ को प्रस्तुती
१४ मंसिर २०७९
•
३ मिनेट पाठ
शुक्रबार विराटनगरमा ‘नेपथ्य’ को प्रस्तुती
नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएको ‘नेपथ्य’ ब्याण्डले विराटनगरमा लाइभ कन्सर्ट गर्ने भएको छ। विराटनगरको हाटखोला मैदानमा मंसिर १६ गते शुक्रबार ‘नेपथ्य’ब्याण्ड प्रस्तुत हुने भएको हो।  




विराटनगर, विरगञ्ज, हेटौंडा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटबल, पोखरा र काठमाडौंमा ‘नेपथ्य’ब्याण्डले आफ्नो साँगीतिक प्रस्तुती गर्ने छ। सहयोगापेक्षी सडक आश्रितहरुको उद्दार गर्दै आइरहेको मानसेवा आश्रमले ‘नेपथ्य’ब्याण्डसँगको सहकार्यमा साँगीतिक कार्यक्रम गर्न लागेको हो।    

मानसेवा आश्रमले आफ्नो निर्माणाधीन भवनको निर्माण कार्यलाई अघि बढाउनका लागि सहयोग स्वरुप सागीतिक कार्यक्रम गर्न लागेको मानसेवा आश्रम विराटनगरका संयोजक नवराज केसीले बताए। ‘सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरी मानसेवा आश्रममा राख्दै आएका छौं,’ संयोजक केसीले भने, ‘अहिले यो संस्था नेपालका विभिन्न स्थानमा घर वहालमा लिएर त्यस्ता व्यक्तिहरुलाई राख्दै आएको छ। त्यस्ता सडकका मानवहरुका लागि स्थायी संरचना बनाएर सेवा गर्नका लागि सहयोग स्वरुप साँगीतिक कार्यक्रम गर्न लागिएको हो।’  

‘नेपथ्य’ब्याण्डसँगको सहकार्यमा लाइभ कन्सर्ट विभिन्न १० सहरमा हुनेछ। ‘नेपथ्य’ब्याण्डले साँगीतिक कार्यक्रम प्रस्तुत गरे वापत कुनै रकम नलिने गरी सेवाका लागि गर्न लागेको संयोजक केसीले बताए। ‘उहाँहरुले हाम्रो प्रपोजललाई सहज स्वीकार गर्दै मानवसेवा आश्रमको भवन निर्माणका लागि सहयोग गर्ने भनेपछि कार्यक्रम तय भएको हो,’ संयोजक केसीले भने, ‘साँगीतिक कार्यक्रम लाग्ने अन्य प्राविधि शुल्क मात्रै तिर्नु पर्छ। अन्य उहाँहरुले कुनै रकम लिनु हुन्न।’

आश्रमको विराटनगर, सर्लाही, विरगञ्ज, लमजुङ, बाग्लुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ। शाखा रहेका सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एवं भवन निर्माणको चरणमा रहेको बताइएको छ।

नेपाललाई विक्रम संम्वत् २०८२ भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल भइरहेको छ। विराटनगर–५ मा रहेको डम्बर सत्सङ सदुगुरु कविर सेवा आश्रमले मानसेवा आश्रमलाई १३ कठ्ठा ५ धुर जग्गा उपलब्ध गराएको छ। मानसेवा आश्रमले जग्गा प्राप्ती गरेपछि प्रदेश १ सरकार, विराटनगर महानगरपालिका लगायत विभिन्न समाजसेवीको सहयोगमा २० करोडको लागतमा भवन निर्माण भइरहेको छ। भवन निर्माण गर्नका लागि प्रदेश १ सरकारले ८० लाख र विराटनगर महानगरपालिकाले १ करोड रुपैयाँ दिएर काम भइरहेको छ। यस वर्ष पनि प्रदेश सरकार र स्थानीय सरकारले बजेट विनियोजन गरेको गरेको छ।  

विराटनगरमा १४ औं शाखाको रुपमा २०७६ भदौबाट सेवा सुरु गरेको हो। विराटनगर–१४ मा महिला र बाबुनानीहरु र विराटनगर–३ मा पुरुषहरुलाई संरक्षण गर्दै आएको छ। दुवै सेवा केन्द्रमा गरेर ४ बालक, ३ बालिका, ८५ पुरुष र ५६ जना महिला आश्रित रहेका छन्।  

विराटनगरमा हालसम्म ५ सय ५०  जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरिएको संयोजक नवराज केसीले बताए। उद्दार गरिएकामध्ये २ सय ३५ जनालाई पारिवारिक मिलन, २५ जनाको सामुदायिक पुनस्र्थापना र ६९ जनाको निधन भएको छ।  १ सय २० जना परामर्श र उपचार पश्चात आफ्नो जीवन निर्वाह आफैंले गर्ने गरी घर फर्किएको संयोजक केसीले बताए।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस