रोशनीको गायन यात्रा
०५ चैत्र २०७८
•
२ मिनेट पाठ
रोशनीको गायन यात्रा
लोकगायिका रोशनी बिके रसाइलीले गत डिसेम्बर १० मा श्रीलंकाबाट म्युजिक एन्ड इन्टरटेनमेन्ट इन्डस्ट्री क्याटगोरीअन्तर्गतको ‘बेस्ट ओमन लिडरसिप एक्सेलेन्स अवार्ड’ पाइन्। ‘साउथ एसिएन बिजनेस एक्सेलेन्स अवार्डस् २०२१’ नाममा दिइएको यस अवार्ड प्राप्त गर्न अनलाइन मार्फत आफ्नो बायोडाटासहित फर्म भर्नुपर्छ र छानिएपछि इन्टरनेटबाटै भिडियो कल गरी अन्तर्वार्ता दिनुपर्छ। यो लगायत उनले नेपालकै केही संघसंस्थाबाट सम्मान तथा अवार्ड पाएकी छन्। जसमध्ये एउटा हो– छाया छवि अवार्ड तीज उत्कृष्ट गायिका, २०७८।




भकुण्डे– २, बाग्लुङमा जन्मिएकी रोशनी यस्ता अवार्डले आफूलाई ऊर्जा मिलेको बताउँछिन्। उनको सांगीतिक यात्रा ०६६ सालदेखि सुरु भएको हो। ‘सपनाको भारी बोकेर काठमाडौं आएकी थिएँ। यहाँ आएलगत्तै ०६६ सालमा ‘मुर्छा परी छेउमै ढल्दा’ गीत रेकर्ड गरेँ,’ उनी भन्छिन्, ‘त्यसमा मलाई लोक गायक भोजराज काफ्ले दाइले धेरै सहयोग गर्नुभयो। त्यसपछि अझै आत्मबल बढेर आयो। अरू गीतहरू पनि निकाल्नुपर्छ भन्ने सोच आयो।’

काठमाडौं आएर आरआर क्याम्पसबाट उनले संगीत विषयमा प्रवीणता तह उत्तीर्ण गरिन्। अहिलेसम्म आफूले करिब ५० वटा गीत गाएको उनी बताउँछिन्। उनलाई गीत गाउने प्रेरणा र वातावरण गाउँसमाजबाटै मिलेको हो। गीत–संगीतप्रति सानैदेखि उनको औधि रुचि थियो। गाउँघरमा हुने सांगीतिक उत्सवमा उनी गाउन पुग्थिन्, स्कुलमा हुने कार्यक्रममा पनि गाउँथिन्। गाउँसमाजमा उनको स्वरको तारिफ गर्नेहरू थिए, पढाइमा पनि उनी अब्बल थिइन्।

गाउँमा छँदा उनले जातकै आधारमा हुने विभेद भोगकी थिइन्। ‘मैले पढ्ने स्कुललाई उच्च मावि बनाउन गाउँमा भैलोे खेल्न कुरा भयो। गीत गाउनेमा म लगायत अन्य साथी हुनुहुन्थ्यो। भैलो खेल्दै जाँदा गलुवा भन्ने ठाउँमा रात पर्‍यो र त्यहीँ बस्नुपर्ने भयो,’ उनी त्यो विभेदको घटना सम्झन्छिन्, ‘त्यो गाउँमा ठकुरीहरू धेरै रहेछन्। म सानो जात भएकाले मलाई त्यहाँ बस्न दिइएन। यो घटनाले अझै पनि दुःख लाग्छ।’

उनलाई त्यतिबेला गीत गाउने हुटहुटी थियो, तर हरेक क्षेत्रमा जातका आधारमा गरिने पक्षपातले उनको मन भारी हुन्थ्यो। यसैकारण पछि परिन्छ कि भन्ने डरमा उनी थिइन्। अझै पनि आफू संघर्षकै मैदानमा रहेको उनी बताउँछिन्। ‘जीवनभर मेहनत गर्छु। सिक्न अझै बाँकी छ,’ उनी भन्छिन्, ‘तर यति बेला गीत–संगीतमा विकृति भित्रिएको देख्दा दुःख लाग्छ ।’ उनका प्रायः गीत लोकभाकाका छन्। मौलिक भाकाको संरक्षण गर्नुपर्नेमा उनी दृढ छन्। उनले गाएका ‘काभ्रेमा घर छ’, ‘३३ किलो सुन’, ‘रक्सी गन्हायो’, ‘भट्टी पसल’, ‘साथीसँग सेल्फी खिचिन्छ’ जस्ता गीत चर्चा छन्। 
अर्को समाचार
रोशनीको गायन यात्रा
०६ चैत्र २०७८
•
२ मिनेट पाठ
रोशनीको गायन यात्रा
लोकगायिका रोशनी बिक रसाइलीले गत डिसेम्बर १० मा श्रीलंकाबाट म्युजिक एन्ड इन्टरटेनमेन्ट इन्डस्ट्री क्याटगोरीअन्तर्गतको ‘बेस्ट ओमन लिडरसिप एक्सेलेन्स अवार्ड’ पाइन्।




‘साउथ एसिएन बिजनेस एक्सेलेन्स अवार्डस् २०२१’ नाममा दिइएको यस अवार्ड प्राप्त गर्न अनलाइनमार्फत आफ्नो बायोडाटासहित फर्म भर्नुपर्छ र छानिएपछि इन्टरनेटबाटै भिडियो कल गरी अन्तर्वार्ता दिनुपर्छ। यो लगायत उनले नेपालकै केही संघसंस्थाबाट सम्मान तथा अवार्ड पाएकी छन्। जसमध्ये एउटा हो– छाया छवि अवार्ड तीज उत्कृष्ट गायिका, २०७८।

भकुण्डे– २, बाग्लुङमा जन्मिएकी रोशनी यस्ता अवार्डले आफूलाई ऊर्जा मिलेको बताउँछिन्। उनको सांगीतिक यात्रा ०६६ सालदेखि सुरु भएको हो। ‘सपनाको भारी बोकेर काठमाडौं आएकी थिएँ। यहाँ आएलगत्तै ०६६ सालमा ‘मुर्छा परी छेउमै ढल्दा’ गीत रेकर्ड गरेँ,’ उनीड भन्छिन्, ‘त्यसमा मलाई लोक गायक भोजराज काफ्ले दाइले धेरै सहयोग गर्नुभयो। त्यसपछि अझै आत्मबल बढेर आयो। अरू गीतहरू पनि निकाल्नुपर्छ भन्ने सोच आयो।’

काठमाडौं आएर आरआर क्याम्पसबाट उनले संगीत विषयमा प्रवीणता तह उत्तीर्ण गरिन्। अहिलेसम्म आफूले करिब ५० वटा गीत गाएको उनी बताउँछिन्। उनलाई गीत गाउने प्रेरणा र वातावरण गाउँसमाजबाटै मिलेको हो। गीत–संगीतप्रति सानैदेखि उनको औधि रुचि थियो। गाउँघरमा हुने सांगीतिक उत्सवमा उनी गाउन पुग्थिन्, स्कुलमा हुने कार्यक्रमहरूमा पनि गाउँथिन्। गाउँसमाजमा उनको स्वरको तारिफ गर्नेहरू थिए, पढाइमा पनि उनी अब्बल थिइन्।  

गाउँमा छँदा उनले जातकै आधारमा हुने विभेद भोगकी थिइन्। ‘मैले पढ्ने स्कुललाई उच्च मावि बनाउन गाउँमा भैलोे खेल्न कुरा भयो। गीत गाउनेमा म लगायत अन्य साथी हुनुहुन्थ्यो। भैलो खेल्दै जाँदा गलुवा भन्ने ठाउँमा रात पर्‍यो र त्यहीँ बस्नुपर्ने भयो,’ उनी त्यो विभेदको घटना सम्झन्छिन्, ‘त्यो गाउँमा ठकुरीहरू धेरै रहेछन्। म सानो जात भएकाले मलाई त्यहाँ बस्न दिइएन। यो घटनाले अझै पनि दुःख लाग्छ।’

उनलाई त्यतिबेला गीत गाउने हुटहुटी थियो, तर हरेक क्षेत्रमा जातका आधारमा गरिने पक्षपातले उनको मन भारी हुन्थ्यो। यसैकारण पछि परिन्छ कि भन्ने डरमा उनी थिइन्। अझै पनि आफू संघर्षकै मैदानमा रहेको उनी बताउँछिन्। ‘जीवनभर मेहनत गर्छु। सिक्न अझै बाँकी छ,’ उनी भन्छिन्, ‘तर यति बेला गीत–संगीतमा विकृति भित्रिएको देख्दा दुःख लाग्छ।’

उनका प्रायः गीत लोकभाकाका छन्। मौलिक भाकाको संरक्षण गर्नुपर्नेमा उनी दृढ छन्। उनले गाएका ‘काभ्रेमा घर छ’, ‘३३ किलो सुन’, ‘रक्सी गन्हायो’, ‘भट्टी पसल’, ‘साथीसँग सेल्फी खिचिन्छ’जस्ता गीत चर्चा छन्।  

धुलिखेल ११ पात्ले खेतका इन्जिनियर रमेश शिवशंकरसँग २०६८ सालमा उनले लगनगाँठो कसिन्। एक छोरीकी आमा रोशनीलाई गीत–संगीत क्षेत्रमा अघि बढ्न परिवारबाट प्रेरणा मिलिरहेकै छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस