जोडी जुराइदिने लमी महादेव
१७ पौष २०७८
•
३ मिनेट पाठ
जोडी जुराइदिने लमी महादेव
हाम्रो देशमा जोडी जुराइदिने लमीजस्तै महादेव पनि छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। यी महादेवको नाम पनि प्रसिद्ध छ। नुवाकोट जिल्लाको राउतेवेसी गाविसमा रहेको यो महादेवको नाम हो दुप्चेश्वर। विशेष गरेर जोडी जुराइदिने भएरै यहाँ धेरैको संख्यामा युवायुवती आएर पूजापाठ गर्ने र भाकल गर्ने पनि गर्छन्। विवाह नभएका युवायुवतीले आफूलाई योग्य, लायक र आकर्षक महिला वा पुरुष जुराइदेऊ भगवान् भनी माग्ने गर्छन्।




विवाह भइसकेकाले सन्तान प्राप्तिका लागि पनि यस दुप्चेश्वर महादेव स्थानमा आउने गर्छन्। जोडी पनि जुराइदिने अनि सन्तान नभएकालाई सन्तान दिने विश्वास धेरैले गर्छन्। भक्तजनको यो आकर्षणले गर्दा केही समय अघिदेखि नै यहाँ सांस्कृतिक र धार्मिक आस्था बढाएर त्यसको महत्वलाई पनि बढाइरहेको देखिन्छ।

हरेक वर्ष पुसको धान्य पूर्णिमाका दिनदेखि सात दिनसम्म विशेष मेला लाग्दछ, यस दुप्चेश्वर महादेव स्थानमा। त्यसको अलावा यहाँ शिवरात्रिमा, साउन महिना र हरेक सोमबार मेला लाग्ने गर्दछ। यी दुप्तेश्वर महादेवले जसले जे मागे पनि पूरा गरिदिन्छन् भन्ने धार्मिक विश्वास छ।

त्यसैले यस महादेव स्थानमा हिन्दू र बौद्ध धर्मावलम्बीले अर्को अर्थात् दोस्रो पशुपतिनाथका रूपमा मान्दै आइरहेको पाइन्छ। विशेषतः निःसन्तान दम्पतीको इच्छा पूरा गरिदिने भएकाले पनि यहाँ भक्तजनले भाकल गर्ने र भाकल पूरा भएपछि पनि महादेवको दर्शन गर्न आउने गर्छन्।

छोराछोरी नभएकालाई सन्तान, विवाह नभएकाको विवाह भएको र अन्य इच्छा पूरा भएको अनुभव यहाँ आउनेबाट सुन्न पाइन्छ। दुर्गम क्षेत्रमा पर्ने यो दुप्चेश्वर महादेवको मन्दिर ७०० मिटरभन्दा अग्लो चट्टानको पहरामा अवस्थित छ।

दुप्चेश्वर महादेवको उत्पत्ति ४०० वर्षअघि एक स्थानीय तामाङको गाई हराएकाले खोज्दै खोज्दै जाँदा छंगासुरको पहरामा आफ्नो चारै थुनबाट दूध झारेर चढाइरहेको भेटिएकाले उक्त स्थानमा दुप्चेश्वर महादेव रहेको विश्वास भरिएको हो। सोही बेलादेखि हरेक वर्ष धान्य पूर्णिमाका दिनदेखि ७ दिनसम्म विशेष किसिमको मेला चलाउँदै आएको हो भनिन्छ।

अर्को कथन अनुसार, समुद्र मन्थनपछि निस्केको कालकुट विष पिएर रन्थनिएका महादेव गोसाईंकुण्डमा जाँदा दुप्चेश्वरमा गएको र सोही स्थानमा महादेवको उत्पत्ति भएको थियो। सुरुमा दुधेश्वर महादेव भनिए पनि पछि अपभ्रंश भएर दुप्चेश्वर नाम रहन गएको हो भनिन्छ।

दुप्चेश्वर महादेवको मेलामा भाग लिन काठमाडौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवनका साथै विभिन्न स्थानबाट भक्तजन लाखौँको संख्यामा आउने गर्छन्। धेरैले भाकल गर्न आउने र भाकल पूरा भएपछि पनि पूजा गर्न आउने गर्छन्।

धार्मिक पर्यटनका लागि पनि यो स्थान धेरै नै राम्रो छ। मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृति र संस्कारका धेरै नै रोचक र आश्चर्यलाग्दा प्रदर्शन हेर्न पाइन्छ। दुप्चेश्वर महादेवलाई सन्तानेश्वर महादेवका रूपमा पनि मान्दै आएका भक्तजनको संख्या दिनप्रति दिन बढ्दै गइरहेको पाइन्छ। यसको मूल कारण भक्तजनको भाकल पूरा भएकैले हो भनिन्छ।

दुप्चेश्वर महादेवलाई सबै धर्मको आस्थाका केन्द्रका रूपमा पनि मान्दै आएको पाइन्छ। यो क्षेत्रको विकासमा विशेष पहल गर्नुपर्ने स्थानीय बासिन्दाको भनाइ छ। सरकारी स्तरबाट हालसम्म यहाँ कुनै पनि किसिमको पर्यटकीय महत्त्वको प्रचारप्रसार नभएकाले मेलामा बाहेक अन्य समयमा यहाँ आउने भक्तजनको संख्यामा कमी हुने गर्दछ।

दुप्चेश्वर महादेवजस्ता धार्मिक र ऐतिहासिक सम्पदाको संरक्षण,  संवर्द्धन र प्रचारप्रसार गरेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकेमा नुवाकोटको मात्र नभई राष्ट्रियस्तरमै पनि महत्त्वपूर्ण देन हुन सक्ने विश्वास स्थानीयले गरेका छन्।

यो महादेवको यही आकर्षणले गर्दा यहाँ सांस्कृतिक र धार्मिक महत्त्वले भरिएको वातावरण बढ्दै गएको देखिन्छ। यहाँ दिनप्रति दिन आन्तरिक पर्यटनको विकास गर्न सबैले साथ दिनुपर्छ भन्ने सबैले ठानेका छन्। अझ विशेष गरेर यहाँ स्थानीयवासीको पहलमा ‘होम–स्टे’को व्यवस्था हुन सकेमा र त्यसका लागि स्थानीय सरकारले पनि भरपूर सहयोग गरेमा पक्कै पनि यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने थियो।
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस