मदन पुरस्कार बिजेता स्वर्गीय भवानी भिक्षु स्मृति पुरस्कार बाल स्रष्टा जेशिका कंडेल ‘निशा’ लाई प्रदान गरिएको छ। ११२ औ पुण्य स्मृतिमा नव कपिलवस्तु साहित्यिक समाजले रुपक स्मृति प्रतिष्ठान काठमाडौँको सहयोगमा कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा १३ वर्षीया बाल कवियत्री जेशिकालाई ११ हजार १११ रुपैयाँ राशीकोे पुरस्कार प्रदान गरेको हो।
पूर्वमन्त्री तथा पूर्व राजदुत दीपकुमार उपाध्यायले जेशिकालाई सो नगद, अभिनन्दन पत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे। कम उमेरमै ३ वटा कविता संग्रह प्रकाशित गरी कपिलवस्तु साहित्यको विकासमा उल्लेखनीय योगदान दिएवापत बाल स्रष्टा जेशिकालाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ।
जेशिका बाणगंगा नगरपालिका– ८ चप्पर गाउँकी हुन्। उनी अहिले कक्षा ७ मा अध्ययरत छिन्।