कोही बरबाद नहोस् !
१५ जेष्ठ २०७८
•
९ मिनेट पाठ
कोही बरबाद नहोस् !
एक्काइस वर्षको उमेरमा ब्रिटिस आर्मीमा प्रवेश गरेर १२ वर्ष सैनिक जीवन व्यतीत गरी अवकाशप्राप्त जीवन बिताइरहेको व्यक्ति हुँ म । स्कुले जीवनबाटै जान अन्जान साहित्य सिर्जनामा लाग्दै आएको हुँ । मेरो पल्टने जीवनमा पनि उब्रेको समय साहित्य सिर्जनामै व्यतित भयो ।  




अवकाशपछि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवद्र्धन गर्ने असल उद्देश्यसहितका विभिन्न साहित्यिक, सांस्कृतिक अभियानहरूमा संलग्न हुँदै आएको छु । नेपाली भाषामा लेखिएका कृतिहरूलाई अङ्ग्रेजी भाषाको माध्यमबाट विश्व साहित्यमा विस्तृत गर्ने असल उद्देश्य अनुसार केही काम गर्ने प्रयासहरू गरियो ।

मेरो आफ्नै पुस्तक ‘फियरले वरिवर’ बेलायतको कुनै प्रकाशन गृहबाट प्रकाशन गर्ने महŒवाकांक्षा पालियो । मजस्तो तेस्रो मुलुकको, त्यो पनि सामान्य लेखकले बेलायतको प्रकाशन गृहसँग जोडिनु पाउनु सगरमाथा चढ्नु जतिकै महसुस रहेछ, गरियो । कसरी पुस्तक छाप्नुपर्ने हो, कुनै ज्ञान थिएन । पहिलो काम ‘एजेन्ट’हरूकहाँ पठाउनुपर्ने रहेछ । एजेन्टहरूको सम्पर्क नम्बर र इमेल खोजेर बल्लतल्ल पठाइयो । एजेन्टहरूले लामो समयसम्म रेस्पोन्स गरेनन् । जसोतसो केही एजेन्टहरूले रेस्पोन्स गरे । प्रकाशन ‘हाउस’मा पठाएका छौं, केही समय पर्खिनू भनेर इमेल र फोनमार्फत जानकारी दिन्थे । एक प्रकारले मनमा कुतूहल भइरहन्थ्यो । निकै लामो प्रतीक्षापछि ‘ओलम्पिया पब्लिकेसन’ले ‘फियरलेस वरिवर’ सम्पादन गरेर मात्र लिने जानकारी दियो । सम्पादनका लागि दुई हजार पाँच सय पाउन्ड (नेपाली रुपैयाँ चार लाख) दिनुपर्ने भयो । निकै महँगो लाग्यो । के गर्ने भनेर दोधारमा परेँ, अन्तमा म तयार भएँ । सम्पादन र प्रकाशनका लागि प्रकाशन हाउससँग सहमति गरियो । सायद यो निर्णय ‘नेम’ र ‘फेम’का लागि गरेँ कि भन्ने लाग्छ । र पुस्तक प्रकाशन भयो ।

समय बित्दै गयो । ‘एमाजन डटकम’ र ‘ईबे’ मा पुस्तक कति बिक्री भयो भनेर दिनहुँ हेर्न थालेँ । वाटरस्टोनस, डब्लु एच स्मित, युज्ड कमिक, द वर्क आदि पुस्तक पसलहरूमा पनि हेर्न जान थालेँ । तर आफ्नो पुस्तक कुनै पनि पुस्तक पसलमा देख्न पाइनँ । एक दिन वाटरस्टोनस पुस्तक पसलमा गएर ‘फियरलेस वरिवर’को फोटो देखाउँदै त्यहाँको स्टाफलाई ‘यो बुक यहाँ पाइन्छ’ भनेर सोधेँ । उसले भन्यो, ‘कहिले प्रकाशन भएको हो ?’ मैले मिति भनेँ । उसले भन्यो, ‘पहिले अनलाइनमा बिक्रीमा राख्छ त्यसपछि अडर अनुसार प्रिन्ट गर्छ । अनलाइनमा राम्रो बिक्री हुन थालेपछि मात्र बुक सपहरूमा पठाउँछ ।’ मैले आफैँ लेखक भएको बताएँ । उसले मलाई मज्जाले नियालेर हे¥यो र ‘फिङगर क्रस’ गर्दै ‘गुडलक फियरलेस वरिवर’ भन्यो ।

समय बित्दै गयो । ‘किन्डल्स’सहित अनलाइनमा एक तीसप्रति बिक्री भयो । १९ जनाले प्रतिक्रिया दिएका रहेछन् । धेरैजसो त चिनेका नेपालीले नै । म आफैँले आफ्नो पुस्तक प्रकाशन गृहबाट ४० प्रतिशत डिस्काउन्टमा ४५ प्रति किनेँ र चिने जानेकाहरूलाई ‘पुस सेलिङ’ गरेँ । सोचेजस्तो पुस्तक बिक्री भएन । ‘फियरलेस वरिवर’को अनुवाद र सम्पादन गराउँदा नेपाली रुपैयाँ सात लाख खर्च भयो । तर पनि नेपाली साहित्यलाई विश्व साहित्यमा पुर्‍याउने कोसिस जारी राखियो । आँत हारेन ।

छापामार युवतीको डायरी

सन् २०१२ को कुरो हो । वागबजारको एउटा पुस्तक पसलमा अन्य पुस्तकसँगै तारा राई ‘अनमोल’द्वारा लिखित ‘छापामार युवतीको डायरी’ पनि किनेँ । बेलायतमा लगेर पढेँ । लाग्यो– नेपाली बाल छापामारको कथा विश्वका पाठकका लागि आवश्यक छ । तब अप्जसे कान्छासँग कुरा भयो । उनले पनि पुस्तक पढे । त्यसपछि तारा राई ‘अनमोल’ बहिनीको सम्पर्क नम्बर खोज्न लागियो, कुराकानी हुन थाले ।

म तारा बहिनीलाई भेट्न विर्तामोड पुगैं । बहिनीसँग पुस्तक प्रकाशन र सम्पादनको बारे बाचचित भयो ।  

कसैको पुस्तक अनुवाद, सम्पादन वा प्रकाशन गर्दा/गराउँदा मौखिक सहमतिले मात्र हुँदैन, लिखित सहमति गर्नुपर्छ भन्ने कुरा मेरो एउटा कविता ‘हिरोज् बुक’मा प्रकाशन हुँदा नै थाहा पाएको थिएँ । ‘हिरोज’का सम्पादक ‘जोन जेफकक’लाई केही वर्षको लागि सर्वाधिकार ‘कपिराइट’ दिनुपर्‍यो । बेलायतको कानुन नै यस्तो छ । विलियम शेक्सपियरको कविता सङ्ग्रह ‘शेक्स्पियर’को सर्वाधिकार ‘कपिराइट’ इभ्र्रिमेन लाइबे्ररीलाई दिइएको छ । नोबेल पुरस्कार विजेता माललाको बुक ‘आई एम मालला’को सर्वाधिकार (कपिराइट) ‘सलारजाई लिमिटेड’सँग छ । सन् २०१९ मा ‘बुकर प्राइज’को ‘सर्टलिस्ट’मा पर्न सफल पुस्तक ‘द टेस्टामेन्टस्’को सर्वाधिकार ‘ओ. डब्लु टोड एलटिडी’लाई दिइएको छ । उक्त पुस्तक विश्वको उत्कृष्ट ७९८ नम्बरमा रहेको छ ।

रिभ्यू मात्र २४,६५३ जनाले गरेको तथ्य पाइन्छ । यस्तै कैलाश लिम्बूको चर्चित पुस्तक ‘गोर्खा’को सर्वाधिकार ए.आर. नरमानलाई दिइएको छ । क्रिस्टोफर बुलकद्वारा लिखित पुस्तक ‘ब्रिटेन गोर्खाज्’को सर्वाधिकार ‘द गोर्खा म्युजियम’लाई दिइएको छ । तब ‘छापामार युवतीको डायरी (गुरिल्ला गर्ल)’को सम्पादन र प्रकाशनका लागि म काङमाङ नरेश राई र अप्जसे कान्छाले लेखक तारा राई ‘अनमोल’बाट ११ अप्रिल सन् २०१४ मा लिखित सम्झौता गरी सर्वाधिकार (कपिराइट) लिएका हौं । अंग्रेजीमा सम्पादन र प्रकाशन गर्नका लागि मात्र म स्वयं, तारा राई र अप्जसे कान्छाबीच सहमति भएको हो । जहाँ ‘रोयल्टी’को सर्वाधिकार (कपिराइट)को विषयमा केही पनि उल्लेख गरिएको थिएन र छैन । यो सहमति गर्दा ५० हजार रुपैयाँ बहिनीलाई हातमा थमाइदिएको हुँ । प्रकाशन गृहले नलिइदिएको भए त ‘गुरिल्ला गर्ल’ बुक बजारमा आउने नै थिएन । हामीले त्यो ५० हजार ‘रोयल्टी’ नभएर लेखकको सम्मानका लागि मात्र दिएका थियौँ । प्रकाशन गृहले नलिएको भए हामी आफैँ पुस्तक छपाउनेमा तयार थिएनौँ ।

करिब तीन वर्षमा हामीले अनुवाद र सम्पादनको काम सकायौँ । यी कार्य गर्दा ६ लाख ५० हजार रुपैयाँ खर्च भयो । त्यसपछि मात्र ‘कन्राड पे्रस’ले प्रकाशनको जिम्मा लिने भयो ।

रोयल्टीको कुरा

तारा राई ‘अनमोल’ बेलायतमा बसोबास नगर्ने भएको, बेलायतमा लेखकको बैंक एकाउन्ट नभएको र ‘कन्राड प्रेस’को नेपालमा शाखा नभएका कारण ‘थर्ड पार्टी एग्रिमेन्ट’ गर्नुपर्ने भयो । ‘थर्ड पार्टी एग्रिमेन्ट’ गर्नुको कारण पुस्तक बिक्री भएपछि आएको ‘रोयल्टी (पाउन्ड)’ जम्मा गर्नका लागि गरिएको हो । त्यही कारण रोयल्टी पाउने सर्वाधिकार अप्जसे कान्छाले लिएको र तारा राई ‘अनमोल’ले दिएको हो । ‘एग्रिमेन्ट’को कागज बनाउँदा बेलायतको ‘सिस्टम’ र चलिआएको नियम अनुसार नै बनाइएको हो । बेलायतमा सामान्य कार इन्सुरेन्स, फोन कन्ट्याक्क गर्दा पनि कतिपय अवस्थामा ‘थर्ड पार्टी एग्रिमेन्ट’ गर्नुपर्ने हुन्छ । यदि विश्वास नलागे बेलायतको कानुनका विज्ञसँग परमर्श लिन वा बुझ्न सकिन्छ । उहाँलाई ‘एग्रिमेन्ट (सम्झौता)’ कागजमा हस्ताक्षर गराउनु अगाडि कागजमा के लेखिएको छ भनेर मैले पढेर सुनाएकै हो । ‘तपाईं हस्ताक्षर गर्न तयार हुनुहुन्छ’ भनेर सोधेको पनि हुँ । ‘म खुसी छु दाजु’ भनेर तारा बहिनीले हस्ताक्षर गर्नुभएको हो । अंग्रेजी भाषामा प्रकाशन गर्नुपर्ने भएकाले अंग्रेजी भाषामा सर्वाधिकारको सहमति गरिएको हो । बेलायतमा बिक्री भएको पुस्तकको ट्याक्स तिर्नु अनिवार्य हुन्छ । त्यसैले अप्जसे कान्छाले सर्वाधिकार लिँदा थोरै ट्याक्स तिर्न मिल्ने भएकाले अप्जसेसँग सहमति गरिएको हो । अप्जसे कान्छा बेलायतमा भएका कारण कागज मैले ल्याएर विर्तामोडको सूर्योदय टेलिभिजन अगाडिको चियापसलमा सहमति (एग्रिमेन्ट) गरिएको हो । सहमति गराउँदा उहाँको भाइ र मेरी श्रीमतीको पनि उपस्थिति रहेको थियो । अप्जसे कान्छा र तारा बहिनी बीचको ‘रोयल्टी सम्बन्धी’ सहमतिपत्र नबनाई ‘कन्राड प्रेस’ले बुक प्रकाशन गर्न नसक्ने भएकाले उक्त ‘थर्ड पार्टी एग्रिमेन्ट’ बेलायतको नियम अनुसार गरिएको हो ।

तारा राईको ‘छापामार युवतीको डायरी’ ‘कन्राड प्रेस’ले सन् २०१७ मा ‘गुरिल्ला गर्ल’को नामबाट प्रकाशन गरी बजारमा ल्यायो । हामीलाई प्रकाशन हाउसका प्रमुख जेम्स इजिङ्गरले भनेका थिए, ‘फिल्म बन्ने खालको छ । एउटा डाइरेक्टरसँग कुरो हुँदै छ तर नट कन्फर्म । फिल्म बन्ने भयो भने तारा राई बेलायत आउन सक्छ ?’ मैले उनलाई भनेको थिएँ, ‘यदि तपाईं स्पोन्सर गर्न सक्नुहुन्छ र भिसा लागे अवश्य । लजिङ फुडिङको व्यवस्था हामी गर्छौं ।’  

जेम्ससँग भएको सबै कुरा तारा राई ‘अनमोल’ बहिनीलाई मैले सुनाएँ । जेम्सले भनेको कुरो सूर्योदय टेलीभिजनको ‘सुसेली’ कार्यक्रममा मैले बोलेको पनि छु । पुस्तकको बिक्रीबाट आएको २० प्रतिशत ‘रोयल्टी’ प्रेसले दिने र उक्त रोयल्टीबाट ४० प्रतिशत तारा राई ‘अनमोल’ बहिनीलाई दिने हाम्रो सहमति भएको हो । मैले यो कुरा सूर्योदय टिभीको सुसेली कार्यक्रममा प्रस्टसँग भनेको छु । यहाँ स्मरण रहोस् कि जुन दिन तारा राई ‘अनमोल’ र मैले सूर्योदय टेलीभिजनको ‘सुसेली’ कार्यक्रममा अन्तर्वार्ता दियौँ, त्यही दिन सूर्योदय टेलिभिजन अगाडिको चिया पसलमा सर्वाधिकार (कपिराइट)को सहमति (एग्रिमेन्ट) गरिएको हो ।

हालसम्म ‘गुरिल्ला गर्ल’को बिक्रीबाट दुईपटक गरी रोयल्टी आएको छ । १ जुलाई सन् २०१७ देखि ३१ डिसेम्बर २०१७ सम्म तीनवटा बुकको ८ पाउन्ड ५१ पेन्स र १ जनवरी सन् २०१९ देखि ३० जुन २०१९ सम्म चारवटा पेपर बुक र १२ वटा ईबुकको ३० पाउन्ड ७९ पेन्स गरी जम्मा ३९ पाउण्ड ३० पेन्स । जसको नेपाली रुपैयाँ ६ हजार दुई सय नौ रुपैयाँ ४० पैसा मात्र हिसाब हुन आउँछ । यसपछि कुनै पनि पुस्तक बिक्री भएको छैन । सन् २०२० सम्म मात्र सर्वाधिकार (कपिराइट) अप्जसे कान्छासँग भएकाले अहिले पुस्तक कहीँकतै पनि किन्न पाइँदैन । सबै रोयल्टीको स्टेटमेन्ट तारा राई ‘अनमोल’ बहिनीलाई १३ फेब्रुअरी २०२१ मा मैले पठाइसकेकै छु ।

उत्कृष्ट सयको कुरा

सोचेजस्तो पुस्तक बिक्री नभएको बारे हामीले तारा राई ‘अनमोल’लाई जानकारी गराइरहेकै थियौँ । सन् २०२१ फेब्रुअरीसम्म हाम्रो निरन्तर संवाद भइरहेकै थियो । के के संवादहरू भएका थिए, हुन्थे, तारा राई ‘अनमोल’ बहिनीलाई थाहा छँदै छ । ‘गुरिल्ला गर्ल बिक्रीका आधारमा विश्वको उत्कृष्ट सयमा परेको समाचार सुनेँ, लिङ्कहरू पाएँ, मन खुसीले गदगद भयो’ भनेर तारा राई ‘अनमोल’ले नागरिकमा लेख्नुभएको छ । एमाजन डटकमले विश्वमा बेचेका किताबहरूमध्ये यो आलेख तयार पार्दासम्मको अपडेटमा ४१ लाख ६७ हजार चार सय ८३ पछि ‘गुरिल्ला गर्ल’को र्‍याङक/स्थान रहेको छ । ब्राकेटमा टक्र्वोेइज कलरमा ‘सी टप वान हन्ड्रेड ईन बुक्स’ भनेर लेखेकै छ । त्यहाँ क्लिक गर्दा ‘गुरिल्ला गर्ल’ अटेको छ त ? छैन । त्यसभन्दा मुनि टक्र्वोेइज कलरमा लेखेको छ कि ‘९९,९९० इन हिस्टोरिकल बायोग्राफिज् बुक ।’ त्यहाँ तारा राईको पुस्तकको स्थान ‘९९,९९०’औँ रहेको छ । बरु प्रस्टै देख्न सकिन्छ कि ‘गुरिल्ला गर्ल’माथि तीनजना नेपालीहरूले प्रतिक्रिया गरेका छन् । टप एक सयमा परेको पुस्तकको ‘रिभ्यु’ सरदर नै पनि २० हजारले गरेको भेटिन्छ । यस हिसाबले त कम्तीमा नेपाली करोड रुपैयाँ आम्दानी हुनुपर्छ । एकपल्ट उत्कृष्ट सयमा परेको पुस्तकको रोयल्टी वर्षौं आइरहन्छ नै । कुन साल ‘गुरिल्ला गर्ल’ विश्वको उत्कृष्ट सयमा पर्न गएको हो भन्ने समाचार र लिङ्कहरू तारा बहिनी वा कसैले नै पनि सार्वजनिक गरिदिनु भए म÷हामी असाध्यै आभारी हुने थियांै । र त्यसबाट रोयल्टी ठगिएको र सर्वाधिकार (कपिराइट)को सहमति (एग्रिमेन्ट) बेलायतको नियमभन्दा फरक गरिएको भन्ने पुष्टि भए जस्तोसुकै सजाए भोग्न पनि म÷हामी तयार छौं ।  

अन्तमा,

तारा बहिनी ! १३ फेब्रुअरी २०२१ सम्म तपाईं हाम्रो संवाद भएकै थियो । पुस्तकको विषयमा लेखेर र बोलेर सबै डिटेल्स भनेकै छु, हुँ । ‘कन्राड प्रेस’कै फोन नम्बर पनि उपल्ब्ध गराएकै हुँ । पुस्तकमार्फत रोयल्टी आएको कुरा हेर्न चाहनुहुन्छ भने पनि अप्जसे कान्छाको बैंक स्टेटमेन्ट सन् २०१७ देखि २०२० सम्मको सबै उपलब्ध गराउन हामी तयार छौं । तर सन् २०२० मै ‘कपिराइट’को ‘एग्रिमेन्ट (सहमति)’ सकिएपछि अकल्पनीय शब्दहरू पढ्नुपर्दा निको लागेन ।  

म तपाईंको एक दाजु मात्रै होइन, एक असल पाठक हुँ । तपाईंको नयाँ कृति पढ्न आतुर छु । नयाँ कृतिका लागि सधैं हार्दिक शुभकामना !
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
५ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस