१) ह्याप्पी बर्थडे
सुनेथेँ कतै
जन्मदिनको शुभकामना बाँड्यो भने
आफ्नै आयु बढ्छ रे!
अचेल
पाएसम्म सबैलाई
दिने गरेकी छु
जन्मदिनको शुभकामना
शंका छैन मलाई
आयुको खाता लम्बिँदै जानेमा।
पर्खनुस् है
आज पनि दिनु छ
केहीलाई
जन्मोत्सवको शुभकामना।
यसरी पो बाँचेका रहेछन् मान्छे
दीर्घायु।
२) तुवाँलो
माथि आकाशतिर
निधार खुम्च्याई
नहेरे हुन्छ मौसम।
प्राकृतिक बदलावले
पार्दैन रहेछ त्यति फरक
जति पार्छ असर
देशको शासन पद्धतिले।
हेर्नुस् त
सरकारभित्र
कसरी मडारिँदै छ
तुवाँलो।
सुनेथेँ कतै
जन्मदिनको शुभकामना बाँड्यो भने
आफ्नै आयु बढ्छ रे!
अचेल
पाएसम्म सबैलाई
दिने गरेकी छु
जन्मदिनको शुभकामना
शंका छैन मलाई
आयुको खाता लम्बिँदै जानेमा।
पर्खनुस् है
आज पनि दिनु छ
केहीलाई
जन्मोत्सवको शुभकामना।
यसरी पो बाँचेका रहेछन् मान्छे
दीर्घायु।
२) तुवाँलो
माथि आकाशतिर
निधार खुम्च्याई
नहेरे हुन्छ मौसम।
प्राकृतिक बदलावले
पार्दैन रहेछ त्यति फरक
जति पार्छ असर
देशको शासन पद्धतिले।
हेर्नुस् त
सरकारभित्र
कसरी मडारिँदै छ
तुवाँलो।