शिखा श्रेष्ठ
एउटा सानो गाउँमा एकजना गरीब केटो थियो । उसको नाम सुरेश थियो । उसको आमाबुबा कोही थिएनन् । घरमा सुरेश एक्लो भएकाले आफ्नो लागि खानाको व्यवस्था आफै गर्नु पर्दथ्यो । सुरेश सधैं जङ्गलमा कन्दमूल र फलफूलहरू खोज्न जान्थ्यो । एकदिनको कुरा हो, ऊ जङ्गलमा फल खोज्न गयो । ऊ जङ्गलको बिचमा पुग्यो । उसले एउटा ठूलो रूख देख्यो । त्यो रूखमा एउटा सुनको छडी अड्किरहेको थियो । त्यो देख्नासाथै ऊ रूखमा चढ्यो र छडी लिएर ओर्लियो । सुरेश अचम्म मान्दै त्यो छडीलाई ओल्टाइपल्टार्इ हेर्यो । उसको मनमा त्यो छडी बेचेर आफू धनी हुने विचार आयो । सुरेश छडी लिएर घर जानका लागि हिडेको मात्र के थियो, त्यहा ठूलो हुरी आयो । सुरेश आफ्नो हातले आँखा छोप्दै थियो । जब हुरी रोकियो, उसले आफ्नो हात आँखाबाट हात हटायो । उसले आफ्नो अगाडि एउटी राम्री परी देख्यो ।
सुरेशलाई अचम्म लाग्यो । परीले आफ्नो मधुर स्वरमा भन्यो– ‘अचम्म मान्नु पर्दैन । म एउटा परी हुँ । अघिको जस्तै हुरीले गर्दा मेरो छडी यहाँ आइपुगेछ । मैले यसलाई धेरै ठाउँमा खोजें । तर छडी तिमीले भेटाएछो । मेरो छडी मलाई फिर्ता गर । म यो छडीबिना आधा अधुरो छु ।
सुरेशले भन्यो– ‘छडीको बदलामा तिमी मलाई के दिन्छौ ?’
परीले भनिन्– ‘म तिमीलाई एउटा धनी मानिस बनाइदिन्छु तर, त्यसका लागि मैले मेरो छडीको प्रयोग गर्नुपर्छ । सुरेशले भन्यो– ‘भयो पर्दैन । मलाई तिम्रो विश्वास लागेको छैन । कसरी तिमीले मलाई धनी मानिस बनाउँछौ । त्यसैले म तिमीलाई तिम्रो छडी फिर्ता गर्न सक्दिनँ । यो छडीले मेरो जीवन बदल्न सक्छ ।
परीले रुँदै भनिन्– ‘त्यस्तो नभन । मैले भनिहाले कि, म यो छडीबिना केही कामकी छुुइन । मेरो सबै शक्ति यो छडीमा सीमित छ ।
सुरेश केही नबोली त्यहाँबाट छडी लिएर हिंडे । सुरेश घर पुग्यो । उसलाई विश्वास लागेन । उसले त्यो छडीको जाँच लिने विचार गर्यो । उसले सानो झुपडीलाई ठूलो महलमा परिर्वतन गर्ने कोसिस गर्यो । उसले भन्यो – मेरो यो सानो झुपडीलाई ठूलो महलमा परिर्वतन गरिदेऊ ।
तर, उसले केही परिवर्तन पाएन । त्यो छडी परीको भएकाले त्यसलाई परीले मात्र प्रयोग गर्न सक्दथ्यो ।
उसले धेरै कोसिस गर्यो तर केही परिवर्तन भएन । अन्तमा उसले शहर गएर त्यो छडीलाई बेचेर धेरै पैसा कमाउने बल गर्यो । रात पर्यो । आज ऊ भोकै सुत्ने र भोलि बिहानै शहर जाने निर्णय गर्यो । मध्यराति ऊ निकै गहिरो निन्द्रामा सुतिरहेको थियो । त्यही बेला त्यो सुनको छडी आफै उडेर परीकोमा पुग्यो । जब ऊ बिहान उठेर हेर्यो, उसले छडी पाएन । सुरेश आत्तिदै छडीको खोजीमा लागे । छडी कहीं भेटिएन । उसको धनी हुने सपना सबै टुट्यो । ऊ सधैं जसो जङ्गलमा फलहरू खोज्न गए । जङ्गलको बिचमा सुनको छडी भेटिएको रूखको छेउमा पुग्यो । त्यो रूखबाट केही आवाज आयो ‘। मैले तिम्रो परिक्षा मात्र लिएकी थिएँ’ परी नजिकै आइन् र भनिन् ‘हो, मैले तिम्रो परिक्षा मात्र लिएका थिए । तर तिमी त्यो परिक्षामा पास हुन सकेनौ । मेले चाहे भने त्यो दिन तिम्रो हातबाट मेरो छडी लिन सक्थें । त्यो छडी जतिसुकै मबाट टाढा भए पनि म त्यसलाई आफ्नो बसमा लिन सक्छु । यदि तिमीले त्यो छडी त्यही दिन फिर्ता गरेको भए आज तिमी यसरी पेट पाल्न खानाको खोजीमा हिड्नु पर्दैन थियो । तिम्री आज एक धनी मानिस बनिसक्थ्यौ ।
शुरेसले परीसँग माफी माग्दै भन्यो, ‘मलाई माफ गरिदेऊ परी । म जस्तो गरीबब केटालाई सुनको छडीले लोभ्यायो । अब म अरूको सामान कहिल्यै उनीहरुको मर्जीबिना लिन्न ।’
यति भनेर सुरेश त्यहाँबाट गयो । समय बित्दै गयो । एकवर्ष पछि सुरेश सधैंझैं जङ्गलतिर खाना खोज्न गयो । उसले त्यहाँ कोही रोएको, चिच्याएको सुन्यो । त्यहाँ एउटा केटी इनारमा खस्न लागेकी थिइन् । ती केटीले इनारको डिलमा समाएर बसेको थियो । त्यो देखेर सुरेश छिटोछिटो गएर केटीलाई इनारबाट बाहिर निकालेर इनारमा खस्नबाट जोगायो । ती केटीले खुसी हुँदै भन्यो, ‘मेरो ज्यान बचाइदिनुभएकोमा तपाइँलाई धन्यवाद छ । म आज तपाइँलाई मेरो घर लान चाहन्छु । के तपाइँ मसँग जान सक्नुहुन्छ ?’
‘हुन्छ अवश्य भन्दै उनीसँग गए । केटीले उसलाई जङ्गलको बिचमा लिएर गए । सुरेसले त्यहाँ ठूलो सुन्दर अति चित्ताकर्षक महल देख्यो । उसलाई सपनाजस्तै लाग्यो । त्यो केटीले भनिन्, ‘यो मेरो घर हो, म तिमीलाई मेरो आमासँग पनि भेटाउँछु ।’
केटीले सुरेशलाई भित्र लगिन् । उनले उसको आमासँग सुरेसलाई भेट गरायो । सुरेस केटीको आमालाई देखेर छक्क परयो । किनकि ती केटीकी आमालाई सुरेसले पहिले नै भेटिसकेका थिए । परी ती केटीकी आमा अरू कोही नभएर सुरेसको परीक्षा लिएकी परी थिइन् । परीकी छोरीलाई बचाएकोमा परी खुसी हुँदै धन्यवाद दिइन् । केटीकी आमाले सुरेशलाई आफ्नै घरमा बस्न दिने निर्णय गरिन् । सुरेश पनि सुन्दर महलमा बस्न पाउँदा खुसी भयो ।
सुरेश महलमै हुर्कियो । समय बित्दै गयो । ऊ ठूलो भयो । परीकी छोरी पनि ठूली भइन् । परीले उसको छोरी र सुरेशको विहे गरिदियो । सुरेश सधैंका लागि त्यहीँ बस्न थाल्यो । उनीहरू सबैजना खुसी र सुखका साथ रहन थाले