‘आइएमई नेपाल लिटरेचर फेस्टिभल’ सराङकोटमा
०४ पौष २०७७
•
३ मिनेट पाठ
‘आइएमई नेपाल लिटरेचर फेस्टिभल’ सराङकोटमा
पोखरामा हुने नवौं संस्करणको आइएमई नेपाल लिटरेचर फेस्टिभलबारे शनिबार जानाकारी गराउँदै आयोजक । तस्बिरःउमेश पुन÷नागरिक
कोरोना भाइरस महामारी अझै कम भईसकेको छैन । मुख्य सहरमा अझैपनि कोरोनाको त्रास उस्तै छ । तर, यही त्रासबीच पनि ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल’ ले यो पटक पनि निरन्तरता पाउने भएको छ । यो पटक हुने नवौं संस्करणमा सर्वसाधारणको भौतिक उपस्थिति भने हुनेछैन । महोत्सवस्थलमा भौतिक उपस्थिति आयोजकको मात्र हुनेछ ।  




आयोजक बुकवर्म फाउन्डेसनले यो पटकको साहित्य महोत्सवलाई पोखराको भीडभाडभन्दा केही दुरीमा रहेर आयोजना गर्ने तयारी गरिरहेको छ । पुस १४ र १५ गते हुने महोत्सव पोखराभित्रकै पर्यटकीय क्षेत्र सराङकोटमा आयोजना हुनेछ । सराङकोटमा आयोजना गरिने यो महोत्सवमा सर्वसाधारणको भौतिक पहुँच भने हुने छैन । महोत्सवका सबै सत्रको बहस सराङकोटमा हुने र साहित्यमा रुची राख्ने जोकोही व्यक्तिले भर्चुअल माध्यमबाट महोत्सवका सत्रमा रम्न पाउने आयोजकको भनाई छ ।  

नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बरालले भने, ‘सबै सत्रहरु भर्चुअल रुपमा गरिने भएकोले यो पटक दर्शकको उपस्थिति भने भौतिक रुपमा रहने छैन । फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ ।’ चारवर्ष अघि पहिलो संस्करण पोखरामा गरेपछि उत्साह बढेकोले अहिलेको अप्ठेरो अवस्थामा पनि पोखरा भन्दा टाढा जान नसकेको उनले बताए ।  

‘यो संस्करण कोरोनाको कहरमा परेकै हो । संसारभरको जनजीवन ठप्प भएको अवस्थामा महोत्सवबारे कल्पना गर्न सकिने अवस्था पनि थिएन,’ उनले भने, ‘तर अन्तर्राष्ट्रियस्तरमा ठुला आकारका महोत्सव अनलाइन माध्यमबाट भएपछि हामीले पनि आँट गरेका हौ । महोत्सवको उर्जालाई कायम राख्नका लागि अहिलेको अप्ठेरोमा हामीले प्रयास गरेका छौ ।’ भर्चुअल रुपमै भएपनि महोत्सवलाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि आफुहरु जुटेको उनले बताए ।  

फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीका अनुसार महोत्सवका दुईदिन अवधिमा १६ वटा सत्र चल्नेछन् । कोरोनाको यो अप्ठेरोमा महोत्सव आयोजना गर्न सहज नहुँदा नहुँदै पनि आफुहरुले आँट गरेको उनले बताए । ‘सराङकोटमा हुने कार्यक्रमको प्रत्यक्ष दर्शक आयोजक मात्र हुनेछन,’ उनले भने, ‘किनकी त्यहाँ अरु सर्वसाधारण जान पाउने छैनन् । महोत्सवको उर्जा मर्न नदिन यो पहल गर्दैछौ ।’ उनका अनुसार यो पटक महोत्सवमा सहभागि वक्ता कतिपयका लागि नयाँ अनुहार हुन् । तर ती अनुहार आफ्नो क्षेत्रमा भने अब्बल छन् । ‘महोत्सवका वक्ता धेरैका लागि नौलो लाग्न सक्छन । तर, ती वक्ता बाहिरमात्र नदेखिएका हुन, उनीहरु आफ्नो क्षेत्रमा भने दख्खल छन,’ उनले भने ।  

कोरोनाले गर्दा पर्यटन क्षेत्र सुस्ताएपनि सौन्दर्यता भने उस्तै रहेकोले पोखराको त्यही सुन्दरतालाई अन्तर्राष्ट्रियस्तरमा पस्किनका लागि पनि पोखरामै महोत्सवको निरन्तरता दिएको भारीले बताए । ‘पृष्ठभूमिमा माछापुच्छ«े हिमाललाई साक्षी राखेर यो वर्ष साहित्यिक चर्चा हुनेछ,’ उनले भने, ‘कम्तिमा पोखराको सौन्दर्यता विदेशी पाहुनाले पनि अवलोकन गर्न पाउन् ।’ भौतिक रुपमै दर्शकलाई उपस्थित गराएर फेस्टिभल गर्ने धोको रहेपनि कोरोनाको बढ्दो संक्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नका लागि यो सम्भव नभएको उनले बताए ।  
महोत्सवमा वरिष्ठ अर्थशास्त्री तथा स्तम्भकार विश्व पौडेलको विद्वत प्रवचन पनि हुनेछ । महोत्सवमा साहित्यको अर्थ, कोरोनाकालिन उद्योग बाणिज्य, युवाको नजरमा नेपाल, पढ्ने हुटहुटी, कोरोनाले गलाएको जनस्वास्थ्य, सम्पदा, कर्मठ केटी, अद्भूत व्यक्तित्व, असाधारण लेखन, संघीयताका अवसर, जनवायु परिवर्तन लगायतबारे बहल चल्नेछ ।  

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्रांगणबाट सुरु भएको लिटरेचर फेस्टिभलले नवौं संस्करणसम्म आइपुग्दा निकै नै ठुलो उचाई हासिल गरेको आयोजकको भनाई छ । ‘जहाँ शब्दहरु जीवन्त हुन्छन,’ भन्ने मुल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्र प्रवद्र्धन नभई बिचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाई दिएको आयोजकको भनाई छ ।  

महोत्सवस्थल सराङकोट पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । पोखरा सहरदेखि करिब ६ किलोमिटर दुरीमा रहेको सराङकोट सुर्याेदय र सुर्यास्त अवलोकनका लागि चर्चित गन्तव्य हो । त्यसबाहेक प्याराग्लाइडिङ उडान हुने मुख्य क्षेत्र पनि सराङकोट नै हो । पोखरा आएका करिब ८० प्रतिशत पाहुना सुर्याेदय अवलोकन गर्नका लागि सराङकोट उक्लिने व्यवसायीको अनुमान छ । सराङकोटबाट उत्तरतिर फर्किदा माछापुच्छ«े र अन्नपुर्ण हिमश्रृंखला आँखैमा ठोकिए झैं देख्न सकिन्छ । फेवाताल, पोखरा सहर, हिमाली श्रृंखला अवलोकन गर्नका लागि सराङकोटमा पाहुनाको भीड लाग्ने भएपनि यो पटक कोरोनाले सराङकोट क्षेत्र सुस्ताएको छ ।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
२ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस